जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

प्रथम र द्धितियलाई एके ४७, तृतियलाई हाते ग्रिनेड

तपाईले कहिले पुरस्कार जित्नु भएको छ ? जित्नु भएको छ भने पुरस्कार भन्ने बित्तिकै के सम्झनु हुन्छ ? मैले पनि निकै पुरस्कार जितेको छु । गफ होइन, साँच्ची । हाजिरीजवाफ, कविता वाचन, निबन्ध प्रतियोगितामा खुब पुरस्कार जितेको छु । पढाईमा पनि नजितेको भने होइन । तर मलाई पुरस्कार भन्ने बित्तिकै हाजिरीजवाफ प्रतियोगितामा कसैले नमिलाएर बाहिरिएका प्रश्नको उत्तर दिनेले पाएको चकलेट सम्झन्छु । हामी केटाकेटी छँदा सिनियर दाईदिदीहरु उफ्रिउफ्रि जवाफ दिएर हानाथाप गर्दै चकलेट लैजान्थे । मेरो मन कटक्क खान्थ्यो । सायद त्यसैको असर हुनु पर्छ, पुरस्कार भन्नेसाथ हाजिरीजवाफको त्यो चकलेटको सम्झना हुन्छ । बालापन पो हो कि । बालापनमा जे मनमा बिझ्यो त्यो सायदै हट्छ । यसैले बालबालिकालाई पुरस्कारस्वरुप उनीहरुको मनमा बिझ्ने पुस्तक तथा खेलौनाहरु दिईन्छ ता कि तिनीहरु पछि सृजनशिल बनुन् । तर सँधै सबै ठाउँमा यस्तो नहुँदो रहेछ । म यहाँ त्यस्तो सन्दर्भको बारेमा लेख्दैछु, जहाँ बालबालिकालाई पुरस्कारस्वरुप हतियार दिइन्छ, प्रथम र द्धितियलाई एके ४७ अनि तृतियलाई हाते ग्रिनेड ।



कुरा सोमालियाको हो । त्यहाँको एक रेडियोले कुरान वाचन प्रतियोगितामा पुरस्कारस्वरुप प्रथम र द्धितिय विजेतालाई एके ४७ त्यस्तै तृतियलाई दुईवटा हाते ग्रिनेड दिएको रहेछ । यसका अतिरिक्त पहिलोलाई ७ सय, दोस्रोलाई ५ सय र तेस्रोलाई ४ सय डलर नगद पुरस्कार पनि दिइएको रहेछ ।

अलकायदा समर्थित सोमालियाको विद्रोही अल सबाब इस्लामिक समूहले राजधानी मुगादिसु नजिकै चलाएको रेडियो कार्यक्रममा विभिन्न क्षेत्रबाट बालबालिका बोलाएर कुरान वाचन कार्यक्रम राखिएकोमा विजेतालाई सो पुरस्कार दिइएको थियो ।

सोमालियामा विद्रोहका कारण बर्षौ देखि भोकमरी रहदै आएको छ । सयुंक्त राष्ट्रसंघले बाडेको राहत कार्यक्रममा राजनीतिक मुद्दा बनाएको भन्दै विद्रोहीले रोक्ने गरेको छ । यसबाट भोकमरी थप जटिल भएको छ ।

यस्तोमा भोकमरी र गरिबीबाट आक्रान्त बालबालिकालाई विभिन्न अपराधिक जत्था तथा विद्रोहीले प्रयोग गर्ने गरेका छन्, यसको पछिल्लो कडी हो यो पुरस्कार वितरण ।

बालमष्तिस्कमा कुभावना र कलुषित चेतना हालिदिए पछि बालबालिका मात्र होइन, एउटा पुरै पुस्ता बिग्रन्छ । सोमालियामा बालबालिकाको अवश्था हेर्नुहोस् (तस्विर साभार)

सोमालिया भोक र बन्दुकको दर्दनाक सम्बन्ध (तस्विर : साभार)

भोकमरीले ग्रस्त सोमालियाका बालबालिका खाना माग्दै (तस्विर: साभार)

हतियार मोह


यो खेलमात्र होला त !




2 comments:

Pawan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

So, they are poor. This is the picture of their poverty.

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यस्ता हालमा बढेका केटाकेटीको मनोदशा कस्तो होला ? यीनीहरुको भविष्य के होला ? बिचराहरु

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।