जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

होस गरौं है ! चोरलाई पनि दशै लाग्छ

तस्विर : साभार
मेरो मोबाइल हराएर फेरि पनि पाएकोमा मैले ब्लग लेखिसकेको छु । दिनुहुने चेतनारायण शाहजीलाई फेरि पनि धन्यवाद । तर फेरि हिजो त्यही मोबाईलमा पाकेटमारको आँखा लाग्यो । हिजो बेलुका काठमाण्डौ, टेकुको काठमाण्डौ अस्पतालबाट निस्केर डेरा जान गाडी चढेँ । गाडीमा निकै भिड थियो । चढेको केही समयमा एउटा मान्छे ख्याक्क गर्दै थुक्न भनेर ढोका छेउमा आयो । म ढोकाकै छेउमा थिएँ, शरिर कोल्ट्याएर ठाँउ दिए । उसले थुक्यो तर मबाट केहीसमय पछाडीमात्र पर गयो ।
उसले पर जाने बित्तिकै उसको हातबाट निस्केको मोबाइलको उज्यालो देखेँ । हेर्छु, उसको अनुहार त्रसित छ । तत्काल गोजी छामेँ । गोजीमा मोबाइल नै छैन । च्याप्प उसको हात समातेर मोबाइल लिएँ । हल्ला भयो । र, पाकेटमार र उसको अर्को साथीले दामी चुटाई खाए, लडाई लडाई मुखमा लात हानेर रगत पच्छे बनाए अरुले । मैले त छुन पनि पाइन । अन्त्यमा माया लाग्यो र, अरुबाट छुटाएर मैले नै उसलाई भगाईदिएँ ।


खुसी हुँदै डेरा पुगियो । घटना अरुलाई सविस्तार सुनाएँ । उनीहरुले एकादेशको कथा झै मानेर सुनेँ ।

आधारातमा कुकुर भुकाईको चर्को आवाजले निन्द्रा खल्बलियो । बाहिर केही हल्ला छैन । भुकम्प आउँनु अघि जनावारहरु एकोहोरो कराउँछन् भन्ने सुनेको कुरा दिमागमा आयो । भर्खरमात्र भुकम्पको त्रासबाट गुज्रिएकाले लौ फेरि भुकम्प आएर मरिने भइयो भनेर मनमा चिसो पस्यो । तर निन्द्रादेवीको अगाडी डरदेवी टिक्न सकिनछिन् । बिहान थाहा भयो, डेरा छेउको पसलमा चोर आएको रहेछ । धन्न लैजान चै पाएनछ ।

आज अफिस आउँदै गर्दा थापाथलीमा एकजना बहिनी एक्कासी आफ्नै झोला अताल्लिएर खोतल्न थालिन् । हेर्दाहेर्दै उनको अनुहार असिनपसिन भयो । थाहा भयो, उनको ब्यागमा पर्स छैन । खोइ अगाडीको गाडीमा त यही व्यागबाट पर्स निकालेर पैसा तिरेको थिएँ । खसेको हो कि पाकेटमारेको हो ? उनले थरथर काप्दै भनिन् । खलासीभाईले भाडा पर्दैन दिदी भनेर जानु पर्ने ठाँउसम्म पुर्‍याईदिए । अलिक पर पुगेर हेरेँ, ति बहिनी गाडीबाट ओर्लिएर पनि ब्याग खोतल्दै थिइन् ।

यी घटनाहरु हिजो र आजका दिनमा मैले भोगेका र देखेका घटनाहरु हुन् । सरकारले सुरक्षास्थितीको बारेमा जतिसुकै भरपर्दा कुरा गरे पनि व्यवहारिकरुपमा तथ्याकंहरु फरक हुन्छन् । पुराना रिपोर्ट र हाम्रै अनुभवले पनि देखाउँछ चाडपर्वको सजायमा अन्यसमयको तुलनामा बढि अपराधिक घटनाहरु हुने गर्छन् ।

हुन त अहिलेको समयमा लुटेराहरु निकै शक्तिशाली हुन्छन् । केहीसमय अगाडी काठमाण्डौमा पूर्वप्रहरी अधिकृतका घरबाट लुटेराहरुले हात मिलाएर सौहार्दयीपुर्वक लुटेको पनि सुनिएको थियो । यति हुँदाहुँदै पनि जोगिनु पर्ने र जोगिनलाई चनाखो हुनु पर्ने हामीले नै हो । र, धेरैहदसम्म यस्ता चनाखोपनले हामीलाई फाईदा पु¥याउँछ । याद गर्नुहोस् थोरै पनि सावधानीले तपाईलाई जोगाउँन सक्छ । र, तपाईको कमजोरीले नजिकै आएको महान् पर्व दशैंलाई दशा बनाउँन सक्छ ।


मेलै सिकेका केही चोर र पाकेटमारसँग बँच्नका लागि गर्नुपर्ने केही कुराहरु यस्ता छन्
१. जस्तोसुकै अवश्था होस् तर भिड गाडीमा नचढ्नुहोस् ।

२. सार्वजानिक सवारीमा अनावश्यक भिड गर्ने समुहहरु पाकेटमार हुनसक्छन् । आफु सावधान भएर आफ्ना सामानको विचार गरिरहनुहोस् ।

३. कुनै पनि सवारीमा चढ्नु र ओर्लनु अघि आफ्नो सामान छ कि छैन याद गर्नुहोस् । चढेका वाहनको नम्बर नोट गर्नुहोला ।

४. सार्वजनिक स्थानमा आफ्ना कमजोरीलाई वहसको बिषय नबनाउँनुहोस् । अपरिचित मानिससँगको ज्यादा हिमचिम पनि हानिकारक हुनसक्छ ।

५. अनावश्यकरुपमा राती कुकुरहरु भुकेमा या हल्ला सुनिएमा छिमेकीलाई बोलाउँनुहोस् । एक्लै कुनै कार्य नगर्नुहोस् ।

तपाईले भोगेका या जानेका कुरा तथा अनुभवहरु तल कमेन्ट बक्समा लेख्नुहोस् है ।


4 comments:

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मलाई तपाईं कस्तो लेख्नु हुन्छ थाहा छैन...तर मैले तपैंको परिचय पढे....सब्दहरु माईसंसारका उमेशजीको चोर्नुभाको रछ....भनेसी तपाईं को ब्लग पढी राख्नु परो त?

दिपध्वनी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

@Anonymous पहिले त प्रतिक्रिया दिनु भएकोमा धन्यवाद । अनि मुख्य कुरा ब्लग गर्नु भनेको आफ्ना कुराहरु बाढ्नु हो । म मेरो ब्लगको प्रचारमा जान सक्छु तर तपाईले हेर्ने पर्छ भनेर बाध्य पार्न सक्दिन । अतः तपाईको ब्लग किन हेर्नु परो ? भन्ने प्रश्नको स्पष्ट उत्तर मसँग छैन । रह्यो कुरा अरुको शब्द चोरेको भन्ने उहाँको जुन ढाँचा छ, त्यसले सम्पुर्ण कुरा समेट्ने भएकाले त्यही राखेको हुँ । यसलाई चोरेको भन्नु भन्दा उहाँको ढाँचा अनुसार राखेको हो भन्ने बुझेमा राम्रो हुन्छ । अग्रजहरुबाट ढाँचा र बिषय लिनुलाई अनुसरण गरिएको भन्ने हो कि ? किनकी ब्लगमा ढाँचाहरु अर्कैको प्रयोग गरिन्छ । तपाई लिनु भएको ब्लगरको पुरा ब्लगको थिम नै उहाँको होइन, अब के तपाई उहाँलाई अर्काको थिम चोरेको मान्नुहुन्छ त ? यसैले सामान्यकुरालाई विशेष नबनाएको राम्रो मान्छु म ।

रोशन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बडा भाग्यमानी मोबाइल बोक्नु भएको रहेछ । यस्तो मोबाईल कहाँ किन्न पाईन्छ हामीलाई पनि भन्नुहोस् न ।

रितेश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

चोरेर भएपनि मज्जाले दशैं मनाउँनेहरुको संख्या निकै ठुलो छ देशमा । यसैले सबै जोगिकै राम्रो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।