जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

तस्विर हेर्नुहोस्, भावना पोख्नुहोस्

यो तस्विर मैले करिब डेडबर्ष अघि पशुपतिनाथमा खिचेको हुँ । त्यसबेला यी वृद महिला शनिबारको दिन पशुपतिमा तिर्थयात्रीको चप्पल जुत्ता रुङ्ने काम गर्दै थिइन् । उनी यसबाहेक अरुबेला सडकमा तरकारी पनि बेच्थिन् रे । बुढेसकालमा रिटायर्ड जिन्दगी बाँच्नेबेलामा अझै परिश्रम गर्नुपर्ने उनको बाध्यतामा पनि उनी खुसी थिइन् । मलाई उनको कुराले निकै छोएको थियो । आज कविता, गीत र गजल लेख्ने चुनौतिमा तिनै वृद महिलाको तस्विर राखेको छु । मनमा जे भावना आउँछ निर्धक्क पोखिदिनुस् है ।
उनको बारेका थप पढ्न भने भित्र आउँनुहोस्

पशुपतिमा एक बिहान




2 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

साट्न खोज्दैछु
समयसँग अनुभव र अनुभुति
बेच्न खोज्दैछु मुठा पारेर
बोकेका केही सपनाहरु

कोही छ किन्ने ?
यहाँ सारा उमेर बिक्रीमा छ ।

रीता लामा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

छोडेनछ आमै तिमीलाई
दुखको भारीले
छाडिदेउ भन्न पनि सक्दिन म
भोक त मार्ने पर्छ नि

कोही छन् कि तिम्रा
एक्लै हौ संसारमा
कहाँ गए एक्लो पारी
तिमीलाई बढेसकालमा

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।