जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

प्रमको रेडियो संवादमा कस्ता प्रश्न र उत्तर आए, पुरै संवाद सुन्नुहोस्

प्रधानमन्त्रीको बाबुराम भट्टराईले प्रत्यक्ष रेडियो संवादको नयाँ जग बसाले । आज आइतबार उनले रेडियो नेपालबाट जनतासँग टेलिफोन वार्तालाप गरेका छन् । टेलिफोन वार्ता भनिएपनि इमेलबाट पनि प्रश्नहरु समेटिएका थिए भने यसलाई एभिन्युज टेलिभिजनले पनि प्रत्यक्ष प्रसारण गरेको थियो । पहिलो कार्यक्रम भएकाले केही कमजोरी भएपनि यो कदम निकै नै सकारात्मक छ ।
प्रधानमन्त्री भएपछि अथवा पदमा पुगेपछि सार्वजनिक उपस्थितीमा नजोगिए सस्तो होइन्छ भन्ने सोचाईलाई पनि बाबुरामले यसै कार्यक्रमबाट लोप्पा लगाईदिएका छन् । निकै अगाडीदेखि विश्वका धेरै मुलुकहरुमा यस्ता किसिमका कार्यक्रमहरु आएपनि नेपालमा भने आजबाट मात्र सुरुवात भएको छ । यसलाई पछिका प्रमहरुले पनि निरन्तरता दिनु पर्छ । कस्तो रह्यो त पहिलो प्रत्यक्ष रेडियो संवाद ? सुन्न भित्र आउँनुहोस्



राम्रो सुरुवात
ढिलो भएपनि यसलाई राम्रो सुरुवात मान्नु पर्छ । प्रधानमन्त्रीले यसरी नियमित रुपमा जनतासँग प्रत्यक्ष संवाद गर्ने आँट गर्न सके प्रधानमन्त्रीलाई उत्तरदायी बन्न दबाब हुन्छ । यस्तो किसिमको संवादमात्र होइन, संसद बैठक तथा विभिन्न आयोग वा समितिहरुको बैठकको पनि प्रत्यक्ष प्रसारण हुनु पर्छ । त्यस्तो भएमा थाहा हुन्छ, को कति पानीमा छ ।

यस्ता गल्ति पनि देखिए
पहिलो कार्यक्रम भएकाले होला तुरुन्त महसुस गर्न सकिने केही गल्तिहरु पनि देखिए । ति गल्तिहरुलाई सुधारेमा कार्यक्रम अझ चुस्त र उत्पादक हुन्छ ।

१. कार्यक्रम नेपाल टेलिभिजनबाट पनि प्रत्यक्ष प्रसारण भएमा धेरै जनताले हेर्न पाउँने थिए ।

२. छोटो समयको कार्यक्रम छ भन्ने जान्दा जान्दै पनि कसैकसैले लामो कथा नै सुनाएको सुनियो । कार्यक्रम प्रस्तोताले पनि तिनलाई रोक्न खोजेनन् । प्रश्न सोध्ने त एकोहोरो बौद्धिकता छरेका छरै भए । यसैले लामा प्रश्न र सन्दर्भहरुलाई सकेसम्म छोटो बनाईए कार्यक्रममा धेरैको सहभागिता हुन सक्थ्यो ।

३. प्रस्तोताले कल थोरै लिएर आफैले प्रश्न सोध्न थाल्दा बेलाबेला अन्तर्वार्ताको कार्यक्र जस्तो देखियो । प्रस्तोताले वार्ताकार नभएर सहजकर्ताको भुमिकामात्र लिए राम्रो हुन्थ्यो ।

४. इमेल पढिने भनिएको भएपनि समय हुँदा पनि इमेल कम पढियो ।

५. पारिवारिक कुरा जस्तै हिसिला यमीले गाडी चढेको आदि कुराको सट्टा अहिलेका मुख्य मुद्दाहरु जस्तै शान्ति प्रक्रिया र पार्टीभित्रैको विवादका विषयमा, रक्षामन्त्रीको अभिव्यक्ति विवाद, स्वास्थ्य मन्त्रीले पत्रकारलाई पैसा दिएको विवादका विषयमा प्रश्नहरु सोध्नु पथ्र्यो ।

प्रधानमन्त्रीले आइतबार गरेको रेडियो अन्तर्क्रिया पूरै सुन्नुस्‌-



6 comments:

Sagar Rai said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यसलाई सबै जनताले हामी सबैले सकारात्मक मान्नु पर्छ, थान्नु पर्छ । तपाईलाई कस्तो लाग्छ तर मलाई सकारात्मक लाग्छ ।

milan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अमेरिकाका राष्टप्रतिले रेडियोमा सँधै यस्तै कार्यक्रम चलाउँदा चै सस्तो नहुने ? हाम्रोमा चै सस्तो हुने ? यस्ता बेकारका कुरा सोच्नु पनि हुन्न । जे भएको छ, राम्रो भएको छ ।

K C Krishna said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कामको शुरुवात र अनन्तर क्रिया जो जनता संग भएको छ येस् बाट हामी लाइपानी थाहा हुन्छकी सरकारले काहा काहा के गर्दैछा र सरकार लाई पनि थाहा हुन पारो हामि काहा कम जोरी छौ येस्तई साजा सवाल प्रधान मन्त्रि संग भै रहने हो भने बिक्रेको देश बन्न बेर लाग्नी थिएन

आर्यन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

तल तल मैदानैमा धान को बल हौ झुल्लाना थाल्यो अब भने! नेपाल मा पनि केही परिवर्तन हुन्छ भन्ने आशा हरु हो जाग्न थाल्यो ! बाबुराम जी … हजुर को कदम लाई हार्दीक सलाम ! तर सुझाब घर को भन्दा ( काठमाडौँ ) बाहिर को कल लाई प्राथमिकता दिनु भाए राम्रो हुन्थो की…!

प्रकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

प्रधानमन्त्रि को अन्तर्मुखी विचार अनि राष्ट्र प्रति को बफादारित को जुन किसिम को संकल्प छ तो स्वागत गर्न लाएक छ आशा को संचार फैलियको छ कार्यक्रम को लागि पनि संचालक साथी हरु मा धन्यवाद र निरन्तर सफलताको कामना प्रधानमन्त्री को सोच र बिचार साझा सहमति कायम गरेर अगाडी बढ्ने हो भने हaमिजस्ता सिधा साधा नेपाली को भोलि को नया सुनौलो नेपाल को सपना साकार हुने छ ……जनता नै बल हो जनता को जनमत र जनता संग बढे बढे सामन्त सैनिक बल र सारा अस्र हरु निस्तेज भएका कुरा सम्झेर प्रधानमन्त्रिले जनता लै साथलिनुनै चिरस्थाई हुने राजनीतिक कदम हो भन्ने बिबेक र विद्वानता प्रयोग गर्नुहुन मेरो अनुरोध छ

Morgan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

malai chai ramro lagyo. baki kura pachhi dekhine chha.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।