जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

को थिए मुआमार गद्दाफी ?

एक सत्ताईस बर्षको ठिटोले कुनै पनि रगत नबगाई सानो सैनिक समूहको भरमा सम्पुर्ण लिबिया कब्जामा लियो र, मुलुकलाई नयाँ व्यवश्था दियो । वास्तवमा, सो ठिटोले मुलुकलाई नयाँ व्यवश्थामात्र दिएको थिएन, नयाँ व्यवश्थासँगै उसले तेल उत्खनन्मा सम्लग्न विदेशी कम्पनीहरुसँगको सम्झौतामा पुनर्वलोकन गरेर लिबियालाई विकाशको गतिमा फड्को मार्ने बनायो । उसको यस्तै कार्यले उसलाई एकाएक क्रान्तिकारीबाट मुलुकको नायक बनायो । तर उसको ४२ बर्षे शासनकालमा उसको सोही छवि कायम रहेन । उ शासनकालको ४२ बर्षसम्म पुग्दा क्रान्तिकारीबाट नायक र नायकबाट खलनायक बन्न पुग्यो । अन्तमा, अन्तराष्ट्रियरुपमा अछुत जस्तो अनि देशमा सत्ताच्यूत भएर लुकेको अवश्थामा उसको हत्या भयो । उ, अर्थात लिबियाका सैनिक शासक मुआमार गद्दाफी ।


सन् १९४२ को जुन ७ तारिखमा जन्मिएका गद्दाफी १८ बर्षको उमेरमा नै सेनामा भर्ति भएका थिए । आफूलाई मिश्रका जमाल अब्दुल नासिकका शिष्य बताउने गद्धाफी लिबियाली राजा इदि्रस उपचारका लागि टर्की गएको बेला सानो सैनिक समूहको मद्दतमा रक्तपात बिहीन सत्ता कब्जा गर्दै सन् १९६९ मा सत्तामा पुगेका थिए । सत्तामा आउँदा उनको उमेर मात्र २७ बर्षको थियो । सत्तामा पुगेसँगै आफूलाई कर्नेल घोषणा गरेका गद्धाफीले आर्थिक विकास गरे । उनले लिबियाका तेल उत्खननमा संलग्न विदेशी कम्पनीहरुको सम्झौतालाई पुनरावलोकन गरे । जुन सम्झौताले लिबियालाई भन्दा तेल उत्खननमा संलग्न कम्पनीहरुले धेरै कमाई गरेको थियो । सम्झौतालाई पुनरावलोकनसँग लिबियाले विकासमा फड्को मारेको थियो । गद्धाफीको यो कार्यशैलीलाई अन्य अरब मुलुकहरुले समेत अनुशरण गरेका थिए । गद्धाफीकै नेतृत्वमा मानव निर्तिम नदी बनाएर लिबियाको उत्तरी सुख्ख क्षेत्रमा पानी पुर्‍याइएको थियो ।
गद्दाफी यही लुकेर बसेका थिए रे । (तस्विर : रोयटर्स)
युवती अंगरक्षकबाट घेरिएर बस्ने गद्धाफी आफ्ना शासनकालको दौसन क्रान्तिकारी हिरोदेखि अन्तराष्ट्रिय जगतमा अछूतका रुपमा देखिए । संवैधानिक रुपमा लिबियाको पदमा नरहेका उनी अरब र अफ्रिकन देशहरुमा राम्रै प्रभाव पार्न सफल भएका थिए ।
विद्रोही सेनाको कब्जामा गद्दाफी । (तस्विर रोयटर्स)
उनी कुनै बेला आफूलाई शासकहरुको शासक भन्न पनि पछि पर्दैनथे । कुरान र सैन्य वाहेक उनले औपचारिक शिक्षा नलिएका उनले १९७० मा विश्वका सम्वन्धबारे तेश्रो सिद्धान्त विकास गरेको दावी गरेका थिए । जुन उनको नजरमा प्लोटो, माक्स लगायतको चिन्तनभन्दा धेरै अगाडी छ । यसबारे उनले गि्रन बुकमा ब्याख्या गरेका छन् । तर, उनलाई प्रजातन्त्रका यस्ता तानाशाही, जो अरुमाथि आफ्नो इच्छा लाद्ने शासक भन्दै आलोचना हुने गरेको थियो । गद्दाफीले २ बर्षअघि अरब देशहरुको सम्मेलनमा सम्बोधन गर्दै आफू अन्तर्राष्ट्रिय नेता, अफ्रिकाका राजाहरुको राजा र मुस्लिमहरुको इमाम रहेको घोषणा गरेका थिए ।
चरमपन्थी संगठनहरुको समर्थन गरेपछि उनीमाथि बर्लिना सन् १९८६ मा भएको आक्रमणको आरोप लाग्यो । अमेरिकी राष्ट्रपति रोनल्ड रीगनले त्रिपोली र बेनगाँजीमा आक्रमण गर्न आदेश दिए । तर गद्धाफी बाँचे । उनको छोरी भने आक्रमणमा मारिइन् । २ सय ७० जनाको ज्यान जाने गरी एक विमानमा भएको विस्फोटमा संलग्न रहेको आंशका गरिएका २ जनामाथि स्कटल्याण्डमा आक्रमण गर्न गद्धाफीले अस्वीकार गरेपछि संयुक्त राष्ट्रसंघले लिबियामाथि आर्थिक प्रतिवन्ध लगाएको थियो । पछि आरोपीहरु आत्मासमर्पण गरेपछि प्रतिवन्ध हटाइएको थियो ।
गद्दाफीको हत्या पछि खुसी मनाउँदै विद्रोही सेना (तस्विर रोयटर्स)
लिबियाका नागरिकहरु गद्दाफी सरकारको विरोधमा बोल्न डराउँथे किनकी जताततै सरकारी गुप्तचर फैलिएका हुन्थे । कसले कसको कतिखेर विरोध गर्छ भन्ने सबै हिसाब किताब गुप्तचरले राख्ने गर्थे त्यसैले कोही पनि गद्दाफी शासनको विरोधमा बोल्न चाहँदैनथे । सन् २०१० मा ट्युनिसिया र इजिप्टमा सरकार विरोधी प्रदर्शन सुरु भयो । ट्युनिसियाको आन्दोलन सफल हुँदै गएपछि लिवियाली नागरिक सडकमा उत्रिए । ६ महिनाअघि एक महिला मानवअधिकारकर्मीलाई सरकारले पक्राउ गरेपछि सुरु भएको आन्दोलनले अन्तत गद्दाफीको नै पतन भएको छ । गद्दाफीको सरकारमा कानुनमन्त्री रहीसकेका मुस्तफा मोहमद अब्दुल जलिलको नेतृत्वमा रहेको ३१ सदस्यीय अन्तरिम संक्रमणकालिन राष्ट्रिय परिषदले आन्दोलनको नेतृत्व गरेको थियो ।
गद्दाफीको हत्या पछि भेला भएर खुसी मनाउँदै लिबियाली जनता (तस्विर रोयटर्स)
सुरुमा बेनगाँजी शहरलाई आन्दोलनको केन्द्रबिन्दु बनाएका विद्रोहीहरुमाथि गद्दाफीले हवाई आक्रमण सुरु गरेपछि पश्चिमा मुलुक त्यसको विरोधमा उभिए । उनीहरुकै पहलमा राष्ट्रसंघ सुरक्षा परिषद्ले लिबियामाथि प्रतिवन्ध लगाएपछि लिबियाली नागरिकको सुरक्षाका लागि भन्दै नेटो सेनाको अगुवाईमा ५ महिनाअघि लिवियामा आक्रमण थालेका हुन् । सुरुमा फ्रान्सका युद्धक विमानले लिबियाली सैनिकका ट्याँक ध्वस्त पारे पछि बेलायत, अमेरिकी, क्यानडा, नर्वे, बेल्जियम, डेनमार्कका सैनिकले बिवियाली सैनिक माथि निरन्तर आक्रमण गरिरहेका थिए । देशको अधिकांश भाग विद्रोहीको कब्जामा गएपछि गद्धाफीले सेप्टेम्बरमा सत्ता छाडेर लुकेका थिए । लुकिरहेको अवश्थामा नै आज उनको हत्या भएको हो ।


3 comments:

Gopal Mahat said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

uni 1 army bhai sena ma 6iri 25 years old huda raktapat machai raja banna pugeka 1 charam sosak ani nirankusta ladhane nidar person thiya.

Baburam Lamichhane said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

patan bhaisakeko sasak byujhaunu hudaina yar chhoda tyo marisakyo...

दिनेश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आ जो सुकै हुन् है । मरेर गइसकेका को के कुरा गर्नु तर लिबियाको कुरा चै जहाँ सम्म छ । अब लिबिया पनि इराक बन्ने पक्का छ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।