जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

आज मारिए मुआमार गद्दाफी (फोटो र भिडियो हेर्नुहोस् ।)

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज लिबियाका सत्ताच्यूत सैनिक शासक मुआमार गद्दाफी मारिएका छन् । उनलाई उनकै गृहनगर सिर्तमा मारिएको बताईएको छ । जन्मशहर शिर्तेमा पक्राउ परेका गद्धाफीलाई एनटिसीको सेनाले गोली हानेको समाचारमा जनाइएको छ । त्यसलगतै उनको मृत्यु भएको थियो । गद्धाफीको शवलाई मिश्राता पुर्‍याइएको छ ।
मोबाइलबाट लिएको भनिएको भिडियोबाट लिइएको गद्दाफीको तस्विर
सञ्चारमाध्यमका अनुसार गद्दाफीले पक्राउ पर्दा आफुलाई गोली नहान्नु भनि चिच्याउँदै थिए । गद्धाफीसँगै सेना प्रमुख समेत रहेका उनको जेठा छोरा मारिएका छन् भने प्रवत्ता मौसा इब्राहिमलाई एनटिसीको सेनाले नियन्त्रणमा लिएको छ । यो सँगै ६ महिना अगाडीदेखि सुरु भएको लिबियाको विद्रोह सकिएको मानिएको छ । गद्धाफी मारिएको समाचार सार्वजनिक भएलगतै लिबियाका नागरिकहरु खुला ठाउँमा जम्मा भई हवाई फायर र गाडीको हर्न बनाएर खुसियाली मनाइरहेको दृष्ट बीबीसी, अलजजिरा लगायतका अन्तराष्ट्रिय टेलिभिजन च्यानलहरुले देखाएका छन् ।

गद्दाफीलाई पक्राउ गर्दा कसैले मोबाइलबाट भिडियो खिचिरहेको रहेछ । सो भिडियोलाई रोयटर्सले सार्वजनिक गरेको छ । हेर्नलाई भित्र आउँनुहोस्


रोयटर्सले प्राप्त गरेको गद्दाफी मारिदाको भिडियो हेर्नुहोस् 



गद्दाफीको संक्षिप्त जीवनकाल
सन् १९४२ को जुन ७ तारिखमा जन्मिएका गद्दाफी १८ बर्षको उमेरमा नै सेनामा भर्ति भएका थिए । आफूलाई मिश्रका जमाल अब्दुल नासिकका शिष्य बताउने गद्धाफी लिबियाली राजा इद्रिस उपचारका लागि टर्की गएको बेला सानो सैनिक समूहको मद्दतमा रक्तपात बिहीन सत्ता कब्जा गर्दै सन् १९६९ मा सत्तामा पुगेका थिए । सत्तामा आउँदा उनको उमेर मात्र २७ बर्षको थियो ।

६ महिनाअघि एक महिला मानवअधिकारकर्मीलाई सरकारले पक्राउ गरेपछि बेनगाजीबाट उनका विरुद्धमा आन्दोलन सुरु भएको थियो । सुरुमा बेनगाँजी शहरलाई आन्दोलनको केन्द्रबिन्दु बनाएका विद्रोहीहरुमाथि गद्दाफीले हवाई आक्रमण सुरु गरेपछि पश्चिमा मुलुक त्यसको विरोधमा उभिए । उनीहरुकै पहलमा राष्ट्रसंघ सुरक्षा परिषद्ले लिबियामाथि प्रतिवन्ध लगाएपछि लिबियाली नागरिकको सुरक्षाका लागि भन्दै नेटो सेनाको अगुवाईमा ५ महिनाअघि लिवियामा आक्रमण थालेका हुन् । सुरुमा फ्रान्सका युद्धक विमानले लिबियाली सैनिकका ट्याँक ध्वस्त पारे पछि बेलायत, अमेरिकी, क्यानडा, नर्वे, बेल्जियम, डेनमार्कका सैनिकले बिवियाली सैनिक माथि निरन्तर आक्रमण गरिरहेका थिए । देशको अधिकांश भाग विद्रोहीको कब्जामा गएपछि गद्धाफीले सेप्टेम्बरमा सत्ता छाडेर लुकेका थिए । लुकिरहेको अवश्थामा नै आज उनको हत्या भएको हो ।


3 comments:

Mohit said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Tetra Tetra sakti lage pachhi kasari bachna sakthe ra?

प्रविन said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यस्तै हो तानाशाहहरुको अन्त्य । किनकी हरेक बाउको बाउ हुन्छ ।

राम बहादुर जिसी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जहाँसम्म समाचारहरु केलाउँदा लाग्छ, गद्दाफीलाई पकडिसके पछि मारेको हो । हुन त यो अन्तराष्टिय कानुन विपरित हो तर जसको शीरमाथि अमेरिकाको हात छ, त्यसलाई कानुनको के वास्ता । जे होस् वीर मरे जस्तो मरे गद्दाफी युद्द मैदानमा ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।