जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

पत्रकार भनिने कै मुखमा बुझो लाईदिए पछि बोल्ने कसले ? लेख्ने कसले ?

केही समय अघि मात्र नागरिक दैनिकमा 'समाचारको व्यापार' भन्ने शिर्षकमा 'दी हिन्दु' का ग्रामीण मामिलासम्बन्धी सम्पादकको एउटा कार्यक्रमको अभिव्यक्ति प्रकाशित गरेको थियो । जुन लेखले भारतको पीतपत्रकारिता झर्लगं पारेको थियो । हरेक कुरामा भारतिय हावा लाग्ने नेपाली संस्कृतिमा पत्रकारिता कसरी अछुतो रहन्थ्यो र ? पतित राजनीतिसँगै पत्रकारिता पनि पतित भएको उदाहरण यसैपालीको दशैंमा सार्वजनिक भयो । जरुरी काम भन्दै पत्रकारलाई सरकारी कार्यालयमा बोलाएर स्वास्थ्य तथा जनसँख्या मन्त्री राजेन्द्र महतोले ५ देखि ८ हजारका दरले पत्रकारलाई दशैँ भेटी दिएछन् । पहिलेका बर्ष हल्ला आउँथे । हल्लाले कारबाही गर्न सकिदैन रे, मानियो ।  यसपाली प्रमाण सहित कुरा सार्वजनिक भएको छ । तर कारबाही गर्नुको साटो कर्तुतलाई सामान्यकरण गरिदैछ, किन ?



यो कुरा सायद यसपाली पनि हल्लामा नै सिमित रहने थियो होला । तर एकजना पत्रकार दिपक दाहालको स्वाभिमानका कारणले मात्र यो कुरा बाहिर आउँन पायो । नत्र पक्कै पनि यसको सुरुवात यसै बर्षबाट भएको होइन । नागरिक द्धैनिकले सानै भएपनि उनको यो लेखलाई ठाउँ दियो । यसका लागि नागरिक द्धैनिकलाई धन्यवाद भन्न कञ्जुस्याई गर्न हुन्न । तर नागरिकले यस्ता कुराहरुमा जसरी फलोअप गथ्र्यो, उसको त्यो विशेषता यसमा देखिएन । पैसाको अगाडी सत्य लुकेको हुनु पर्छ ।
समाचार हेर्नुस्
नत्र केही समय अगाडी डा. भक्तमान श्रेष्ठ अपहरण हुदा कसरी नागरिकले फलोअप गरेको थियो । त्यो हामीलाई सम्झना छ । तर जब उसले गरेका दाबी अनुसार माओवादीले अपहरण नगरेको पुष्टि भयो तब उसले माफी भने मागेन । यसैले त नेपालको पत्रकारिता त्यो तहसम्म पुगेको छैन, जहाँ पत्रकारितालाई वास्तवमै चौथो अंग मान्न सकिन्छ ।

के भन्छ पत्रकार महासंघ ?
यस्तो कालो पैसाको चलखेलमा लिने र दिने दुबै दोषी हुन्छन् । तर पत्रकार महासंघको विज्ञप्तीमा मन्त्री महतोलाई मात्र कारबाहीको माग गरिएको छ । र, भनिएको छ, यो कार्यलाई महासंघले सत्ता र शक्तिको आडमा सरकारी रकमको दुरुपयोग गरी पत्रकार र साचारमाध्यमलाई भ्रष्ट र आफ्नो प्रशंसक बनाउन खोज्ने प्रयत्नको रुपमा लिएको छ । के पत्रकार केटाकेटी हुन् र लोभ्याउँदा लोभिने ? यदि लोभिने हुन् भने तिनीहरुबाट कसरी आउँछ, सत्य, तथ्य र निस्पक्ष खबरहरु ? अनि, फेरि मन्त्रीले प्रयत्नमात्र गरेका होइनन्, उनले दाम बाढिसकेका छन् । एकजना दिपक दाहालले त हुन् नलिएका । तर महासंघले पत्रकारलाई भने चोख्याउँने काम गरेको छ । तपाई पनि पढ्नुहोस् पत्रकार महासंघको विज्ञप्ती


स्वास्थ्य मन्त्री राजेन्द्र महतोले असोज १४ गते पत्रकारहरुलाई दशैंको शुभकामना कार्डसँगै नगद वितरण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। आफ्ना स्वकीय सचिवमार्फत् मन्त्री महतोले पत्रकारहरुलाई जरुरी काम छ मन्त्रीज्यूलाई भेट्नु पर्‍यो भन्दै पटक-पटक टेलिफोन गरेर पुल्चोकस्थित सरकारी निवासमा बोलाएर शुभकामना कार्डसहित रु ५००० देखि रु ८००० सम्म नगद वितरण गरेको विवरण महासंघलाई प्राप्त भएको छ । स्वास्थ्य मन्त्री महतोको यो कार्य पदीय मर्यादाविपरीतमात्र होइन नेपालको अन्तरिम संविधान र कानुनको प्रत्यक्षत: उल्लंघन पनि हो । यसैगरी सो कार्य अख्तियारको दुरुपयोग र भ्रष्टाचार नियन्त्रण ऐनविपरीतको काम पनि हो । यो कार्यलाई महासंघले सत्ता र शक्तिको आडमा सरकारी रकमको दुरुपयोग गरी पत्रकार र साचारमाध्यमलाई भ्रष्ट र आफ्नो प्रशंसक बनाउन खोज्ने प्रयत्नको रुपमा लिएको छ । यसतर्फ आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन महासंघ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउँछ । साथै महासंघ पत्रकार आचारसंहिताविपरीतका यस्ता कार्यबाट टाढा रहन आफ्ना सबै सदस्यको ध्यानाकर्षण गराउँदछ।

जगत नेपाल
सचिव
नेपाल पत्रकार महासंघ

किन सामान्य हुदैछ यस्तो कालो कर्तुत पनि ?
बोल्ने र सञ्चारमा ल्याउँने सेतुहरु भनेका पत्रकारहरु नै हुन् । चाहिदा वा नचाहिदा हरेक कुरालाई पत्रकारले नै विशेष चासोको बिषय बनाउँछन् । यो उनीहरुको शक्ति हो । उदाहरणका रुपमा अनुजा काण्ड हेरे पुग्छ । मन्त्री महतोले तिनै पत्रकारलाई नै किनिसके पछि बोल्ने कसले ? यही बोल्ने मुखमा पैसाको बुजो लागेका कारण नै यो घटना सामान्य हुदैछ ।

अन्त्यमा, भन्नु यत्ति हो । पेसागत मर्यादा र नैतिकता भन्दा बाहिर गएर पैसा लिने र दिने दुबैलाई कारबाही हुनुपर्छ । कहिले पनि पैसाको बलमा सत्य नलुकोस्, तोडमोड नगरियोस् ।


2 comments:

Hari Krishna Dhungana said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

शाषकको नियत

Deepika Sapkota said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

kasle kasko mukh ma bujo lagayo vaneko?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।