जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

तपाईलाई अलिकति पनि लाज सरम छैन है स्वास्थ्यमन्त्रीज्यू !

दाँयातिरको चित्र हेर्नुहोस् त । कतिबेरसम्म हेरिरहन सक्नु भयो ? ब्राजिल, क्यानडा, सिंगापुर तथा थाईल्याण्डमा सुर्तिजन्य पदार्थ चुरोट, बिँडी र खैनीको बट्टाहरुमा यस्ता चित्रहरु राखेपछि यस्ता पदार्थहरु सेवन गर्न छोड्ने वा सेवन गर्न सुरु नै नगर्ने गरेको पाइयो । यसैले अहिले सुर्तिजन्य पदार्थको कुलत कम गर्न यो कार्यलाई विश्वव्यापी बनाईदैछ ।

नेपालमा सूर्तिजन्य पदार्थको बट्टामा यस्तो चित्र राख्नु पर्ने व्यवश्था ऐनका रुपमा लागू भएको छ । गत वैशाख २६ गते राष्ट्रपतिले प्रमाणिकृत गरेर साउन २२ गतेदेखि यो ऐन लागू भएको हो । ऐनमा व्यवश्था भएअनुसार ऐन लागू भएको ९१औ दिन अर्थात आजको दिनबाट चुरोट, सूर्ति, खैनी तथा गुटखाको बट्टामा यस्तो चित्र हुनु पथ्र्यो । तर भएन । संसदले पास गरिसकेको र राष्ट्रपतिले वैशाख २६ गते प्रमाणिकृत गरिसकेको ऐनलाई कसले कसरी रोक्यो त ?


ऐनले व्यवश्था गरे अनुसार लागू गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले - ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०६८’ तयार पारेर पारित गर्नका लागि स्वास्थ्यमन्त्रीकहाँ पुर्‍याईसकेको छ । तर कुनै लोभमा परेर हो या दबाबमा स्वास्थ्यमन्त्री राजेन्द्र महतोबाट त्यो निर्देशिका पारित हुन सकेको छैन ।


चुरोट, बिँडी र खैनीको बट्टा, पाकेटको बाहिरी कुल भागमध्ये कम्तीमा ७५ प्रतिशत भागमा ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ’ भन्नेजस्ता बेहोरासहित स्वास्थ्य मन्त्रालयले तोकेअनुसार सेवनका कारण भएका घातक असरको रंगीन चित्र प्रस्ट बुझिने र देखिने गरी छाप्नुपर्ने र नछापेको पाइए त्यस्ता कम्पनीले ५० हजार जरिवना तिर्नुपर्ने प्रावधान ऐनमा छ । त्यही ऐन लागू गराउन निर्देशिका बनाइएको हो । तर मन्त्री महतोको काईतेपनाले गर्दा ऐन कार्यान्वयन हुन सकेन ।

सन् २००७र०८ मा नसर्ने रोगका कारक तत्वहरूसम्बन्धी राष्ट्रिय सर्वेक्षणका सहभागीमध्ये ७१ प्रतिशतले दमखोकी लाग्ने, १५ प्रतिशतले क्यान्सर, ९ प्रतिशतले मुटुसम्बन्धी रोग र बाँकी ५ प्रतिशतले अन्य रोग लाग्ने बताएका छन् । यो लागु पदार्थ भएकाले यस्तो जान्दा जान्दै पनि उनीहरू सुर्ती प्रयोग गरिरहेका छन् । सुर्तीको प्रयोग मात्रै रोक्न सक्यो भने ४० प्रतिशत क्यान्सरको भार घटाउन सकिने अध्ययनहरूले देखाइ सकेका छन् । नेपालमा प्रतिवर्ष १५ हजारभन्दा बढी मानिस सुर्तीको प्रयोगबाट मरिरहेछन् ।

यस्तो कूलतलाई हटाउँन सहयोग गर्नुको साटो तपाई फाईल रोकेर पदमा बस्नु भएको छ, त्यो पनि स्वास्थ्य मन्त्रीको । तपाईलाई अलिकति पनि लाज सरम छैन है स्वास्थ्यमन्त्रीज्यू !


3 comments:

Anjali said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

स्वास्थ्य बारे ज्ञान नै नभएको मान्छे नै स्वास्थ्य मन्त्रि हुनु नै देश प्रतिको धोका हो ,

parixit said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बिहारी लाइ नेपाली नागरिकता दिएर..नेपाली राजनीति मा ल्याएर मन्त्रि सम्म बन्न दिनु नै कमजोरी हो राजेन्द्र महतो दोहोरो नागरिकता लिएको व्यक्ति हो उ संग भारत को राशन कार्ड र नेपाली नागरिकता दुवै छ र यो पनि सहि कुरा हो कि उ नेपाल मा राजनीतिक व्यापार गर्न आको व्यक्ति हो ..

bikas said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Go to hell rajendra mahato

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।