जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

प्रधानमन्त्री भन्छन्, "छोरीलाई नै पकेट खर्चको अभाव छ ।"

-सरकारलाई नाप्ने मापदण्ड शान्ति र संविधान मात्र हो । यो बिना अरु जतिसुकै राम्रो गरे पनि केही हुदैन ।

-शान्ति र संविधानलाई पूर्णता दिन मैले आफ्नो तर्फबाट सहजीकरणको काम गरिरहेको छु । यसकै प्रयत्नस्वरुप कात्तिक १५ गते सातबुँदे सहमति भयो ।

-पार्टीले जसलाई पठायो उसलाई शपथ गराउनु बाहेक प्रधानमन्त्रीको अरु भूमिका नहुने रैछ ।

-मैले आफ्नो व्यक्तिगत छवीलाई नै दाऊमा राखेर शान्ति र संविधानको लागि मन्त्रिपरिषद विस्तार गर्नुपरेको हो ।

-द्वन्द्वकालका सबै मुद्दा फिर्ता लिने भनिसकेपछि यो (बालकृष्ण ढुंगेलको माफीका लागि गरिएको सिफारिस)भन्दा अर्को विकल्प के थियो त ?

-मानुषी (छोरी) लाई नै पकेट खर्चको अभाव छ, उसैलाई राखेर तलब दिएको भएपनि हुन्थ्यो, तर मैले त्यसो गरिन ।

-डा. बाबुराम भट्टराई, प्रधानमन्त्री-
प्रधानमन्त्री निश्चित काम अनुसारको मात्रै भूमिका हुन्छ । त्यस अनुसार काम गर्न सकेमा देश र जनताको लागि राम्रो हुन्छ । तर समय सन्दर्भ भन्दा बाहिरका विषयलाई मापदण्ड बनाईयो भने त्यो मूल्याँकन गर्न पनि गाह्रो हुन्छ । एउटा आधारमा मात्रै कुनै चिजलाई राम्रो भन्न सकिंदैन ।



अहिलेको सन्दर्भमा मलाई या यो सरकारलाई नाप्ने मापदण्ड के त भन्दा शान्ति र संविधान नै मुख्य कुरा हो । प्रधानमन्त्री भएको दिनदेखि नै मैले आफ्नो लक्ष्य र गन्तव्य शान्ति र संविधान भन्दै आएको हुँ । यो पूरा हुँदा देश र जनताको भलो हुन्छ । मलाई पनि सन्तुष्टी र सफलता मिल्छ । यो गर्न नसक्दा अरु जतिसुकै राम्रो गर्दा पनि हुँदैन । त्यसैले शान्ति र संविधानलाई पूर्णता दिन मैले आफ्नो तर्फबाट सहजीकरणको काम गरिरहेको छु । यसकै प्रयत्नस्वरुप कात्तिक १५ गते सातबुँदे सहमति भयो । सात बुँदे सहमतिमार्फत शान्ति र संविधानको कामलाई टुंगोमा पुर्याउने आधार तय भएकोमा म धेरै सन्तुष्ट छु । यो ऐतिहासिक क्षणले मेरो सफलतालाई स्थापित गर्छ भन्ने लागेको छ । सातबुँदे सहमतिपछि संविधान निर्माणको काम पनि अघि बढेको छ । बुधबार हामीले सत्य निरुपण तथा मेलमिलाप आयोग लगायतका अरु आयोगहरुको विधेयक टुंगो लगाउँदैछौं । त्यसपछि शान्ति र संविधानको काम झनै तीव्र रुपमा अघि बढ्नेछ ।

यो बीचमा दुईवटा कुराले बढी चर्चा पायो । एउटा मन्त्रिपरिषदको विस्तार, अर्को सभासद बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिने निर्णय । मन्त्रिपरिषदको आकारको कुरा गर्ने हो भने २७ वटा मन्त्रालय भएपनि २० जना भन्दा धेरै मन्त्रालय हुन हुँदैन भन्ने मेरो व्यक्तिगत पहल हो । मैले पहिले पनि केही मन्त्रालय गाभौं भनेर भनेको हो । कति मन्त्रालय समायोजन गर्नुपर्ने आवश्यकता पनि छ । तर संयुक्त सरकार हुँदा भागबण्डा गर्नुपर्ने अवस्था हुने रैछ । पार्टीले जसलाई पठायो उसलाई शपथ गराउनु बाहेक प्रधानमन्त्रीको अरु भूमिका नहुने रैछ । त्यसैले बाध्यता स्वरुप नै यो मन्त्रिपरिषदको आकार बढेको हो । राष्ट्रिय सरकार बनाउन कांग्रेस र एमाले पनि नआउने आफ्नै पार्टीका एक पक्ष पनि सरकार गिराउँछु भनेर लागेको अवस्थामा यो गर्नु बाध्यता थियो । सरकारलाई अस्थिर बनाउनु कि शान्ति र संविधानलाई अघि बढाउनु भन्ने छनोट गर्दा मैले आफ्नो व्यक्तिगत छवीलाई नै दाऊमा राखेर शान्ति र संविधानको लागि मन्त्रिपरिषद विस्तार गर्नुपरेको हो । यसलाई अन्यथा रुपमा लिन हुँदैन । अर्को कुरा साँसद संख्याको १० प्रतिशत नबढाउनु भन्ने अन्तर्राष्ट्रिय प्रचलन नै हो । अहिले ६ सय १ को ६०/६१ जना हुन्छ । शेरबहादुर जी ले २०५ मा ४८ बनाउनुभएको हो । मैले त ६०१ को तुलनामा पनि बनाएको छैन । जे होस् ठूलो नबनाउने सोच हुँदा पनि बाध्यताबश गर्नुपर्यो ।

अर्को कुरा बालकृष्ण ढुंगेलको प्रकरणलाई जुन ढंगले उचालिंदैछ यो चाहिं मलाई अचम्म लागिरहेको छ । विकल्प के त भन्ने प्रश्न आउँछ । द्वन्द्वकालका सबै मुद्दा फिर्ता लिने भनिसकेपछि यो भन्दा अर्को विकल्प के थियो त ? सबैलाई मुद्दा लाउने भन्ने हो भने त त्यो बेला सरकारको नेतृत्व गर्ने मान्छे सबैभन्दा बढी जिम्मेवार हुन्छन् । इन्सेक लगायतका संस्थाहरुको प्रतिबेदनलाई मान्ने हो भनेपनि मारिने त माओवादी धेरै छन् । माओवादी एक चौथाई दोषी हुँदा तीन चौथाई त अरु दोषी ठहरिन्छन् । यसै गरी जाँदा त शान्ति र मेलमिलाप कसरी हुन्छ ?

शान्ति र मेलमिलापको लागि त मुद्दा फिर्ता लिन पर्यो । बालकृष्ण जी को केसमा उनको असावधानीले सर्वोच्चमा पुगेको हो । यस्ता मुद्दा अरुको पनि हुन्छन् । अहिले राष्ट्रपतिबाट फिर्ता गराउनु बाहेक अर्को विकल्प नै छैन । फिर्ताको प्रकृया माधव नेपालको पालामा शुरु भएको र झलनाथ खनालको पालामा फाईल अघि बढेको हो । मैले शुरु त गरेको होइन । यसलाई बुझीबुझी पनि चर्काईंदैछ । तैपनि तत्काल त सर्वोच्चमा पुगिसकेकाले यसलाई चर्चा गर्नु आवश्यक छैन । व्यक्तिहत्याकै कुरा गर्ने हो भने यो भन्दा पहिले अरु नेताहरुलाई पनि यस्तै आरोप लागेको हो । त्यसैले द्वन्द्वकालका मुद्दालाई राजनीतिक ढंगले सोच्नुपर्छ ।

सुशासनको कुरा गर्ने हो भने म अझै यसमा सचेत छु । मन्त्रिपरिषद ठूलो हुँदैमा सुशासन बिग्रन्छ भन्ने होइन । यसमा मैले ध्यान दिएको छु । सरकारबारे जनताको दृष्टिकोण के छ भनेर पनि म बुझिरहेको छु । अर्को पाटो शान्तिपछि जनतालाई दिनुपर्ने राहतको बारेमा पनि मेरो जोड छँदैछ । बन्द भएका उद्योग खोल्ने, ठूला विकास निर्माणका कामलाई शुरुवात गर्ने सोंचअनुसार काम पनि भैरहेको छ ।

पर्यटन बिकाशका लागि तत्काल ठूला दुईवटा जहाज किन्ने र लोडसेडिङको लागि तुरुन्त बिजुली आपूर्ति गर्ने कुरा भैरहेको छ । आर्थिक विकास र राहतको लागि दीर्घकालिन सोंच अनुसार काम भैरहेको छ । गर्नुपर्ने काम धेरै छन् तर अवधि छोटो छ । संयुक्त सरकार हुँदा काम पनि सोचे अनुसार गर्न सकिन्न । गल्ती भएमा पत्रकार साथीहरुले पनि खबरदारी गर्नुपर्छ । तर केही कुरालाई अतिरञ्जन गर्ने काम पनि हुन नदिन सचेत हुनुपर्छ ।

सचिवालय ठूलो बनायो भन्ने आरोप पनि छ । वास्तविकतामा हेर्ने हो भने त्यस्तो होइन । पहिलेकाले जस्तो मैले आफ्ना मान्छेलाई राखेको छैन । मानुषी-छोरी)लाई नै पकेट खर्चको अभाव छ, उसैलाई राखेर तलब दिएको भएपनि हुन्थ्यो, तर मैले त्यसो गरिन, मेरो आदर्शले त्यो दिन्न । काम गर्ने मान्छेलाई नियुक्ति दिएर नियमभित्रै रहेर काममा लगाएको हो । मेरो मान्छे भन्ने कोही छैन सचिवालयमा ।

अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई मिलाएर अघि बढ्नुपर्छ भन्ने मान्यताअनुसार म अघि बढेको छु । यसकै परिणाम स्वरुप नै शान्ति र संविधान निर्माण प्रकृयामा सकारात्मक परिणाम आएको हो । शान्ति र संविधान निर्माण प्रकृया अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमै निर्भर गर्छ । अमेरिकाले माओवादीलाई आतंककारीको सूचीबाट हटाउने प्रकृया पनि शुरु गरिसकेको छ । यसरी हेर्दा यो सरकारलाई अन्तर्राष्ट्रिय सद्भाव छ र यसबाट नै शान्ति र संविधान निर्माण प्रकृया अघि बढाउन सहयोग पुग्छ ।


अर्को मलाई के विश्वास छ भने अब राष्ट्रिय सरकार छिटै बन्दैछ । कांग्रेस र एमालेलाई पनि राष्ट्रिय सहमतिको सरकारमा ल्याउनुपर्छ । उनीहरु आउँछन् । शान्ति र संविधान निर्माण पूरा नभएसम्म यो सरकार रहन्छ । यसैले राष्ट्रिय स्वरुपको आकार लिन्छ । मंसिरमै मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने हो । यसमा कुनै द्विविधा छैन । कुनै विवाद छैन । शान्ति र संविधान पूरा भएपछि फेरि आलोपालोमा जान सकिन्छ ।

मन्त्रीहरुले अनियमितता र भ्रष्टाचार गर्लान् की भन्ने जुन चिन्ता छ, यसमा त म निकै सचेत छु । जसले गर्छ उसलाई तुरुन्त कार्वाही हुन्छ । तथ्य सहित कोही भ्रष्टाचारमा संलग्न रहेको भेटियो भने म निकालिदिन्छु । यसमा त विवाद नै छैन । सरुवा बढुवामा चलखेल भएको हो भने त्यसलाई कार्वाही हुन्छ । प्रमाण भयो भने लिने र दिने दुवैलाई कार्वाही हुन्छ ।
(प्रधानमन्त्री भट्टराईले कात्तिक २९ गते आफ्नै निवास बालुवाटारमा पत्रकारसित गरेको कुराकानीको मुख्य अंश)

2 comments:

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

manusi lai na rakera k vo ta timra ase pase ko talab ko half paisa timrai party ko kosh ma jane ta ho ni jasari pani des ko dhukuti lutne ta ho ni pahila sarba sadaran janta ko aaile rajyako fark yeti matri ho .ni baburam jhut bolne pani Phd ho ki k ho

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बिचरा प्रधानमन्त्री ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।