जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

यस्तो तालले होला कृषी क्रान्ति !

-कीर्तिकुमार दुमी राई, खोटाङ-
हिउँदे बालीका रुपमा लिइने गहुँ छर्ने समयमा मल नपाएपछि महेन्द्रनगर कञ्चनपुरका किसानले दुई तीनसम्म मलकै लागि आन्दोलन गर्नुपर्‍यो । दिनभर सडक अबरुद्ध गरेर यातायातसेवा बन्द गर्दै खेतमै पत्रकार सम्मेलन गरेर आफ्नो सास्ती सबैको सामू देखाए । दुई दिन आन्दोलन गरेपछि मल पाउँने भएपनि सिद्धिने डरले रातभर मल पाउँन लाईन बस्न बाध्य भए । मल नपाउँने डरले रातभर जाग्राम बसेका सुकदेव राना लाईन बसेकै ठाउँमा बेहोस् भए । मल किन्न ल्याएको पैसा चिया, नास्तामा खर्च गरे । कति किसानका घरमा परिवारले पालैपालो लाईन बसे भने कति विद्यार्थी पढाई नै छाडेर लाईन बस्न गए । अर्को तर्फ मल वितरण गर्ने कृषी सामग्री केन्द्रमा भने राती भिड थाम्न नसक्ने डरले मल राखिएको गोदाममा चौबिसै घण्टा प्रहरीको सुरक्षा दिनु पर्‍यो रे । पुरा पढ्नुहोस्



नेपाल कृषी प्रधान देश । ८० प्रतिशत भन्दा बढी जनता कृषीमा आश्रीत भएको देश । बिडम्बना, यही देशका कृषकले कृषीका लागि आवश्यक पर्ने कृषी सामग्री पाउँन ठुलो सास्ती बेहोर्नु पर्दछ । खेती लाउँने समयमा न सजिलै बिउ बिजन पाउँन सकिन्छ न मल पाउँन सकिन्छ । मल पाउँन समेत अब आन्दोलनमै उत्रिनु पर्ने अवश्था आएको छ ।

हिउँदे बालीका रुपमा लिइने गहुँ छर्ने समयमा मल नपाएपछि महेन्द्रनगर कञ्चनपुरका किसानले दुई तीनसम्म मलकै लागि आन्दोलन गर्नुप¥यो । दिनभर सडक अबरुद्ध गरेर यातायातसेवा बन्द गर्दै खेतमै पत्रकार सम्मेलन गरेर आफ्नो सास्ती सबैको सामू देखाए । दुई दिन आन्दोलन गरेपछि मल पाउँने भएपनि सिद्धिने डरले रातभर मल पाउँन लाईन बस्न बाध्य भए । मल नपाउँने डरले रातभर जाग्राम बसेका सुकदेव राना लाईन बसेकै ठाउँमा बेहोस् भए । मल किन्न ल्याएको पैसा चिया, नास्तामा खर्च गरे । कति किसानका घरमा परिवारले पालैपालो लाईन बसे भने कति विद्यार्थी पढाई नै छाडेर लाईन बस्न गए । अर्को तर्फ मल वितरण गर्ने कृषी सामग्री केन्द्रमा भने राती भिड थाम्न नसक्ने डरले मल राखिएको गोदाममा चौबिसै घण्टा प्रहरीको सुरक्षा दिनु प¥यो रे ।

माथिको घटना सुन्दा लाग्छ, कृषी प्रधान देशमा पनि यस्तो हुन्छ र ? तर, यहाँका धेरै किसानले यस्तै साझा समस्या भोग्दै आएका छन् । खेती लगाउँने समयमा बिउबिजन पाईदैन । बल्लतल्ल पाएको बिउ राम्ररी उम्रिदैन । उम्रिएको बालीमा फल लाग्दैन । समयमा बर्षा भएन भने सिँचाईको व्यवश्था छैन ।

मल चाहिएको बेला मल पाउँन लाईन बस्नु पर्ने । बल्ल पाईएको मल गुणस्तरबिहिन । फल फलेपछि बेच्ने बजारको अभाव । बजार पाई हाले सस्तो मुल्यमा बेच्नुपर्ने । यी त कृषकका साझा समस्या र सास्ती । कृषीमा आधुनिकिरण हुन नसक्नु, उन्नतजातको बिउबिजनको अभाव, कृषी सामग्री, प्रविधिको अभाव कारण जमिनको उत्पादकत्व दिनदिनै घटिरहेको छ । कतिपय ठाउँमा खाद्यान्न संकट भएर भोकभोकै बाँच्नु पर्ने अवश्था छ ।


कृषी क्रान्तिको पर्खाइमा रहेको देशमा सरकार परिवर्तन पिच्छे दलहरुका आँखा पर्छ गृहमन्त्रालयमा । कृषी मन्त्रालय कसैको आँखामा पर्दैन । कुनै दलका नेताहरुले म कृषी मन्त्रालय लिएर कृषी क्रान्ति गर्छु भन्न सकेका छैनन् । कृषीलाई आधुनिकरण गरेर नागरिकको जिवनस्तर बढाउँने बारे सोचेका सम्म छैनन् । किसानको दुख, कष्ट सुन्ने समय निकाल्न सकेनन् । सम्बोधन गरे नै भने पनि उही फल नलाग्ने बिउ जस्तो फोस्रो ।

रोजगारीको अभावमा केही गर्न सक्ने युवाहरु दैनिक सयौको सँख्यामा विदेश गईरहेका छन् । पसिना बगाएर आफ्नै मातृभुमिलाई उर्वर बनाउँछु भनेर केही गर्न लागे पनि पैसा तिरेर पनि भने जति र भने जस्तो मल, बिउ पाउँन सकिदैन । वास्तवमा कृषी नेपालका लागि अवसर हैन समस्या मात्र भएको छ । यस्तो तालले कसरी हुन्छ कृषी क्रान्ति ? कृषीको विकाश भएन भनेर हामीले कहाँ गुनासो गर्ने ? सुन्ने कोही छ र ?

2 comments:

Prabina said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

no, no it never give any revolution to farmer.

Bimal Subedi said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

its nepal unluck, astai kurale garda nepali kishan jhan garib hudai chhan.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।