जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

नेपालमा पहिलो पटक क्यामरा ट्रयापिङमा पर्‍यो हिउँचितुवा

दायाँको तस्विर हेर्नुहोस् त । यो हिउँचितुवाको तस्विर हो । यो तस्विर गएको अक्टोबर २४ मा कञ्चनजंघा क्षेत्रको खाम्बाचेन उपत्यकामा सोही क्यामरा ट्रयापिङ विधिबाट खिचिएको हो । क्यामरा ट्रयापिङ विधिबाट तस्विर लिईएको यो नै नेपालको पहिलो हिउँचितुवा हो । यसलाई विश्व वन्यजन्तु कोष नेपालले हिजो मंगलबार सार्वजनिक गरेको थियो । संरक्षण क्षेत्र व्यवस्थापन परिषद तथा हिउँचितुवा संरक्षण समितिले विश्व वन्यजन्तु कोष तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको सहकार्यमा गएको अक्टोबरमा कञ्चनजंघा संरक्षण क्षेत्रका नागफिन्दा, खाम्बाचेन, लोहानक तथा जिम्बुबारी उपत्यकामा गरी १० वटा क्यामरा ट्रयाप जडान गरेर हिउँ चितुवाको अनुगमन गरिरहेको छ ।

के हो त क्यामरा ट्रयापिङ विधि ? नेपालमा हिउँचितुवाको अवश्था कस्तो छ ? जान्नलाई भित्र आउँनुहोस्



के हो क्यामरा ट्रयापिङ विधि ?
क्यामरा ट्रयापिङ विधि सामान्यतया लज्जालु वा हिंस्रक तथा जतिसुकै बेला देख्न सहज नहुने जनवारहरुको तस्विर खिच्ने प्रविधि हो । जसमा स्वचालित क्यामेरालाई त्यस्ता जनवारहरु हिडडुल गर्न सक्ने सम्भावित स्थानहरुमा राखिन्छ । जनवारहरु सो स्थानमा आउँदा मोसन सेन्सर वा इन्फ्रारेड सेन्सरले थाहा पाउँछ र, स्वचालित रुपमा ति जनवारहरुको तस्विर खिचिन्छ ।

के हो हिउँचितुवा ?




(photo: wwf)

7 comments:

ammar thapa said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

suneko matra thiya aja yesko barema padna paiyo khushi lagyo....................

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

संसार सारा मानिस मात्र को हो भन्ने अमानविय धारणाले संसारका धेरै जन्तुहरु लोप हुने खतरामा छन् । यीनीहरुलाई जोगाउँनु प्रकृतिका लागि अनिवार्य छ । यसैले आममानिसले पनि यस्ता कुरामा जानकारी लिईराख्नु पर्छ ।

अमीता said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

फोटो खिच्न आउँदा हुन् जनवार पनि ।

प्रमोद अर्याल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपाल प्रकृति सम्पदामा धेरै धनी भएपनि बेलैमा होस नपुग्दा यस्ता कुराको अवमुल्यन भईरहेको छ । यसमा सबै सचेत हुनुपर्छ ।

Narma Bohara said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

good to read, but please do provide more information next time. we are waiting.

Ganesh Sharma said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

we should save our animals.

Sandip said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

information matrai puryara hudaina, kanun pani daro chahinchha.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।