जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

नेपाल स्काउटमा गणतन्त्र आएन

-राम प्रसाद भट्टराई, कपन-
एउटा आम मानिसले स्काउटलाई कसरी बुझेको छ ? यो प्रश्नको जवाफमा अधिकांश मानिसले स्काउटलाई पशुपतिमा वा अन्य स्थानमा लाग्ने मेलामा लाईन मिलाईरहेका स–साना बच्चाहरु भनेर बुझिरहेका छन् । तर के यति मात्र हो त स्काउटिङ ? पक्कै पनि होईन । यो सबै त नेपाल स्काउटको समयानुकुल परिर्वतन नहुनुको परिणाम हो । सन् १९०७ मा बेलायत बाट शुरु भएको स्काउट हाल विश्वको १७० भन्दा बढी मुलुकहरुमा स्वयम्सेवी संस्थाको रुपमा अनौपचारिक शिक्षा प्रदान गर्दै अघि बढिरहेको छ । तर दुर्भाग्य नेपाल स्काउटलाई भने कसैले शिक्षित गर्न सकेन । यसैले उही पुरातनवादी सोच र उही श्रीपेचको चाकरीवादले यसलाई अहिलेसम्म छोडेन ।



वेडेन पावेल नामक वेलायती नागरिकले विशेष गरि आधुनिक किशोर किशोरी र युवाहरुको बदलिंदो परिस्थिति र व्यक्तित्वलाई ध्यानमा राखी, उनिहरुलाई शारीरीक, मानसिक, बौद्दिक र संवेगात्मक रुपमा विकसित गराई देशका असल र कर्मठ नागरीक बनाउँने उद्देश्यले बेलायतको ब्राउनसी आएल्याण्डमा सन् १९०७ मा त्यहाँका बिभिन्न जातजाती, भाषाभाषी, रंग र वर्गका २० जना युवाहरुलाई लिएर विश्वमा पहिलो पटक स्काउटिङ शिक्षाको शुरुवात गरेका थिए । एउटा बिद्यार्थीले आफ्नो घर र समाजबाट प्राप्त गर्ने शिक्षा र बिद्यालयबाट प्राप्त गर्ने शिक्षाको बिचमा रहेको व्यवहारिक शिक्षाको परिपूर्ति स्काउटिङ शिक्षाको माध्यम बाट पुरा हन सक्छ । यहि हेतुका साथ वि.सं. २००९ साल असार ५ गते तत्कालीन राजा महेन्द्र शाहको अध्यक्षतामा नारायणहिटी राजदरबारबाट नेपालमा पनि स्काउटिङ शिक्षाको औपचारिक सुरुवात भएको थियो ।

वि.सं. २००९ सालमा नेपालमा स्काउटको औपचारिक सुरुवात भए देखि यता नेपालमा धेरै ठुला ठुला राजनैतिक र सामाजिक परिर्वतनहरु भए जसको प्रभाव मुलुकका सम्पुर्ण निकायमा पर्न गयो र सबैले समयानुकुल आफुलाई परिर्वतन गरे । तर यी सम्पुर्ण परिर्वतनको प्रभाव अन्य निकायलाई परे जस्तो नेपाल स्काउटलाई कहिले पनि परेन, कारण थियो यो राजखानदानको प्रत्यक्ष निगरानीमा रहन्थ्यो जसले गर्दा यो संस्था चाकरीवाद र नातावादको तथास्तुसंगै नेपालमा फरक किसिमबाट मौलाउँदै थियो । नेपालमा सरकारको प्रत्यक्ष निगरानीमा रहेको ऐनद्वारा संचालित हुने जम्मा २ संस्था, राष्ट्रि«य खेलकुद परिषद् र नेपाल स्काउट मात्र हुन । हाल बार्षिक ५० लाख भन्दा बढी अनुदान रकम र बेलाबेलामा बिभिन्न कार्यक्रमको नाममा करोडौँ बजेट पाउने नेपाल स्काउटको बारेमा नेपाल सरकारले खासै चासो राखेको छैन । जसको प्रत्यक्ष फाईदा नेपाल स्काउटका केही मुठ्भिर आयुक्तहरुले उठाई रहेकाछन् । वि.सं.२०६२÷६३ सालको परिर्वतन पछि देश र देशका अधिकाशं संघसंस्थामा गणतन्त्रको स्थापना संगै आमुल परिर्वतनको कुरा गर्न थालियो तर यो कुरा नेपाल स्काउटका नेतृत्व गर्ने व्यक्तिलाई भने अभिषाप साबित भएको थियो । राजा र दरबारको साथ छोड्नुपर्दा उनिहरुलाई निकै पिडा भएको थियो । कयौँ बर्ष देखि नेपाल स्काउटमा राज गर्दै बसेका ती नाईकेहरुलाई त्यतिबेला आफ्नो पद खुस्केला कि भनि बडो डर लागिरहेको थियो जतिखेर सरकारको नेतृत्व माओवादीले गरेको थियो । तर प्रचण्ड सरकारलाई पनि स्काउटको खासै जानकारी थिएन फलस्वरुप उहाँले शिक्षा मन्त्रालय अन्र्तगत रहेको नेपाल स्काउटलाई नवनिर्मित युवा तथा खेलकुद मन्त्रालयको काम बढाउन भनि युवा तथा खेलकुद मन्त्रालयतिर सारीदिनुभयो । ती आयुक्तहरु जो हिजो राजालाई दाम चडाएर प्रमुख बनेका थिए गणतन्त्रले तिनलाई परिर्वतन गर्नुको साटो थप बलियो र निडर बनाईदियो ।

स्काउटिङको बिश्वव्यापी मुल्य र मान्यता अनुरुप स्काउटमा युवालाई १ नंबरमा राखिएको छ । तर नेपाल स्काउटमा यसको ठिक विपरित बुढापाकालाई १ नंबरमा राखेर नेतृत्व, नीति निमार्ण र कार्यक्रम सम्पुर्ण कुराको अधिकार प्रदान गरिएको छ । स्काउटिङ युवाका लागि र युवा स्काउटिङका लागि भन्ने मान्यता विश्व स्काउटमा भएता पनि हाल सम्म नेपालमा भने युवा जमातलाई नेतृत्व, नीति निमार्ण र कार्यक्रम तहबाट संधै अलग राखिदै आएको छ । अव्यवस्थीत रुपमा बिद्यालयमा आधारीत स्काउटिङ नेपालमा मौलाएको छ तर यस संग प्रत्यक्ष सरोकार राख्ने स्वयम्सेवी र पेशागत स्काउटिङको आधुनिक अवधारणा साथै पेशागत हकहित संग सम्बन्धित कुनै पनि कुरा नेपाल स्काउटले अबलम्बन गर्न सकेको छैन । अबैज्ञानिक रुपमा गुण्स्तर बिनाको सहरी स्काउटिङ गरेर सम्पुर्ण विश्वलाई नै नेपाल स्काउटका कथित नाईकेहरुले धोका दिरहेका छन् । २००९ सालमा निर्मित पाठ्यक्रम हाल सम्मपनि परिर्वतन भएको छैन । उपत्यकामा बाहेक अन्य जिल्लामा स्काउटको संख्या अति न्युन छ तर सबै जिल्लालाई समान बजेट, प्रतिनिधित्व र कोटा प्रदान गर्ने गरिन्छ । जसका कारण असक्षम र अदक्ष व्यक्ति नेतृत्व तहमा पुग्दछ, अब सजिलै सोच्न सकिन्छ कि नेपाल स्काउटको विकास कुन प्रक्रियाबाट हुदैछ । युवा सहभागितालाई निरुत्साहित गर्ने हेतुले नेपाल स्काउटको पुरातनबादी ऐन र नियमावलीमा आयुक्त पदमा उम्मेद्वार हुन कम्तिमा १० बर्ष सम्म आयुक्त हुनैपर्ने अत्यन्तै असमावेसी प्रावधान राखिएको छ । जसबाट एउटै व्यक्ति सजिलै लामो समय सम्मकालागि नेतृत्व तहमा रहन्छ र आफुले चाहेको जस्तो तरिकाबाट नेपाल स्काउटको सम्पत्तिमा लुट मच्चाउन सक्छ । देशमा नै पुरानो संविधानको सट्टा प्रगतिशिल संविधान लेख्ने महान् प्रक्रिया चलिरहेको अवस्थामा निरंकुशताको अवशेष नेपाल स्काउटको पुरानो ऐन पनि खारेज गरि नयाँ बन्नु अपरिहार्य हुन जान्छ ।


भर्खरै सम्पन्न राष्ट्रिय परिषद्को चुनावमा पनि उहि राजाका पालाका प्रमुख आयुक्त नै पुनं प्रमुख आयुक्त पदमा नियुक्त भए । जसबाट यो कुरा पक्का भयो कि यति ठुलो परिर्वतन पछि बनेको र आफुले आफुलाई निकै प्रगतिशिल सरकार भन्ने तत्कालिन झलनाथ सरकारले पनि उहि तानाशाहाका पुजारीहरुलाई नै बुई चडाएर आधुनिक नेपाली युवाको मर्म र भावना माथि आघात पुर्‍याए । अझै यस्तै नै हुने हो भने नाम मात्रको गणतन्त्रको हुटिट्याँउले केही हुनेवाला छैन, गणतन्त्रमा पनि उहि राजाका आसेपासेलाई नै सर्बाधिकार दिने यो कस्तो गणतन्त्र हो ? युवा जमात चुप बसिराख्न सक्दैन । त्यसैले कहिले गणतन्त्र नआएको नेपाल स्काउटमा हाल युवाहरुले एउटा प्रगतिशिल अभियानको शुरुवात गरेकाछन् जसको पक्षमा हालको बाबुराम भट्टराई सरकारले आफुलाई उभ्याउनु पर्छ र नेपाल स्काउटका तमाम बिकृति, बिसंगति र गलत नेतृत्वको जरैदेखि अन्त्य गरि युवा जमातलाई नेतृत्व सुम्पनु पर्छ । यदि यसो भएमा मात्र नेपालमा साँचो अर्थमा आधुनिक स्काटिङको विकाश हुन्छ र जसको प्रत्यक्ष फाईदा नेपाल र नेपालीहरुले लिन पाँउने छन् ।

4 comments:

Bikram said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

sabailai anusasan sikaune santhako ta taal asto chha aruko k kura garnu?

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

लोगो चै दामी ।

अमर गजमेर said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपालका धेरै यस्ता संस्थाहरु छन् जसमा गणतन्त्र आएकै छैन । पुरातनवादी सोचले गाँजेका त्यस्ता संस्थाहरुबाट समाजले के राम्रो पाउला र ?

Rajib Khatry said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

धन्यवाद राम तपाइको कुरामा मलाई पनि केहि थप्न मन लग्यो र जवाफ लेख्दै छु । स्काउटिङ्ग शिक्षाको माध्यम बाट राष्ट्र निर्माणमा योगदान पु¥याउने कर्मठ, अनुशासित, क्रियाशिल,सवल, इमान्दार, नेतृत्वदायी एवंम चरित्रवान नागरिक निर्माणमा विश्व स्काउटले योगदान पु¥याउदै आएको आज एक सताब्दी नाघी सक्दा निस्वार्थ सेवा गर्ने बिना हतियारधारी तर बर्दीधारी राष्ट्रसेवकको रुपमा चिनिदै आएको छ । तर नेपालमा स्काउटको स्थापना भएको आज आधा शताब्दी बिती सक्दा पनि स्काउट के हो ? र यसले के गर्छ ? भन्ने कुरा आम नेपालीलाई जानकार नहुनु दुखको कुरा हो । ४९ हजार स्काउट सदस्यहरु हाल नेपालमा रहेका छन् । स्थापना वर्षको यति लामो समय बिती सक्दा र यति धेरै संख्यामा सदस्य हुदा पनि स्काउटहरुको भावना, मुल्य र मान्यता विपरित कार्यमा ब्यस्त भएका हाल सम्मका पदाधिकारीहरुले स्काउटको भावना अनुरुप नभई ब्यक्तिको गुणगान, स्वार्थसिद्धी र सिमित निर्देशनमा संचालित हुनु नेपाल स्काउटको दुर्भाग्य हो ।
राणा शासनको अन्त्य पछि राजा त्रिभुवनले २००९ असार ५ गते राजदरवारको प्राङ्गणमा स्काउटको झण्डा फह¥याई विधिवत स्थापना भएको नेपाल स्काउटको स्थापनाकालदेखी दरवारीय संरक्षकत्व र राजपरिवारका सदस्यको प्रत्यक्ष संलग्नता रहदै आएको थियो । दरवारको आर्शिबाद र टिके प्रथाबाट नियुक्ती पाउने त्यस बेलाका नेपाल स्काउटका पदाधिकारीहरुबाट राजसंस्थाको भजन गाउने बाहेक स्काउटिङ्ग बिकाशमा कुनै आशा गर्न सकिदैन थियो । तर जनआन्दोलन–२ को जनादेशले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भई सक्दा पनि तिनै पुराना दरवारिया भजन मण्डलीहरु गणतान्त्रिक नयाँ राजाको टिके प्रथाबाट चुनिएर हालिमुहाली गरिरहनु सच्चा स्काउटहरुको लागी ठुलो झापड हो ।
स्काउट गैर राजनीतिक संस्था हो । जसमा आवद्ध ब्यक्तीहरुले राजनीति प्रति आस्था राखे पनि दलको सदस्यता ग्रहण गर्न र तिनको झण्डा बोकेर हिड्न पाउदैनन् । यो स्काउटको विश्व ब्यापी मान्यता हो । तर आजभोली नेपाल स्काउटमा स्काउटिङ्ग नभई राजनीतिक तथा ग्रुपिजम हावी हुँदै गएको छ । साथै आफ्नालाई काखा र अरुलाई पाखा लगाउने परम्परा ब्या¥त छ । राष्ट्रिय प्रधान कार्यालयले मन परेकालाई प्यारासुटले तानेभैंm तान्ने र तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका केही मुठ्ठिभरका व्यक्तिहरुलाई चाकरी, चाप्लुसीका आधारमा तालिम र अन्तर्राष्ट्रिय अवसर दिने गरेको छ । अवसरवादी र गलत मानसिकता लिएर आएका व्यक्तिहरुले गर्दा विश्व स्काउटको पुच्छरमा रहेको नेपाल स्काउट अब पुच्छरबाट पनि खस्न सक्ने अवस्था रहेको छ ।
स्काउटका जन्मदाता बेडेन पाबेलको नामबाट नामाकरण गरिएको नेपालको एक हिमाल बेडेन पाबेल पिकको आरोहण शुल्क बापत उठेको रकम स्काउटिङ्ग बिकाशमा खर्च गर्ने छुट नेपाल सरकारले दिएको छ । तर यसको लाभ स्काउटले भन्दा पनि प्रधान कार्यलका के ही आयुक्तका निजी ट्राभल्स एण्ड टुरले उठाई रहेका छन् ।
नेपाल स्काउट जस्तो आदर्श मुलक पबित्र संस्था भित्र देखिएको गञ्जागोल, अपारदर्शीता, निरंकुसता र अन्यौल परिस्थितीको बातावरणलाई स्वच्छ तुल्याई स्काउट भावना अनुरुप र अन्तर्राष्ट्रिय मान्यता अनुशारको स्काउट गतिबिधी हुनु नितान्त आवश्यक छ ।

राजिब खत्री

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।