जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

अन्तिम पटक ६ महिनाका लागि थपियो संविधानसभाको म्याद

अपडेट : पक्षमा ५०५ र विपक्षमा ३ मतका साथ आज संविधानसभाको म्याद ६ महिनाको लागि थपिएको छ ।

संविधान सभाको म्याद थप्न प्रमुख तीन दल र मधेसी मोर्चा बिच आज ६ बुँदे सहमति भएको छ । आजै भएको सहमतिमा संविधानसभाको म्याद ६ महिना थपिने जनाइएको छ । यसअघि संविधानसभाको म्याद तीन महिना मात्र थप्नु पर्ने अड्डीमा बसेको कांग्रेसले सर्वोच्चले अन्तिम पटक बढीमा ६ महिना भन्दा बढी थप्न नपाईने भन्ने आदेश दिएकाले अधिकतम म्याद थप्न राजी भएको हो ।

छलफलमा बसेका दलहरुबिच संविधानसभाको म्याद थप्ने बाहेक अन्य पाँच सहमति पनि भएका छन् । अन्य सहमतिहरु के के छन् हेर्न भित्र आउँनुहोला । 



विगतको सात बुँदे सहमति पालना गर्ने
यो सहमतिको बुँदा हाम्रा दलहरुका लागि सराद्धेमा बिरालो बाँधे जस्तो बुँदा हो । हरेक पटक नयाँ सहमति हुन्छ र, नयाँ सहमतिमा पुराना सहमति पालना गर्ने भन्ने बुँदा थपिन्छ । कसले कति विगतका सहमति पालना गरेका छन् हामीलाई थाहा छैन र ?

पहिलेको सहमतिमा मङ्सिर ७ गतेसम्म गरिने भनिएका शान्ति प्रक्रियासम्बन्धी कार्यहरु मंसिर मसान्तसम्म सकाउने 
संविधानसभाको म्याद ६ महिना थपि हालिन्छ । अरु काम सक्न के हतार छ र ? यसैले मंसिर मसान्तसम्म भोज तिर लागौला । आखिर बिहेको सिजन छ ।

राज्य पुनर्संरचना आयोगको प्रतिवेदन प्राप्त भएपछि त्यससम्बन्धी कार्य २ महिनाभित्र पूरा गर्ने 
एक त आयोगको प्रतिवेदन कहिले आउँने हो ? अनि दुई महिना ? फेरि यो दुई महिना प्रतिवेदन प्राप्त भएपछि कि आजको मितीदेखि ?

राष्ट्रिय सहमतिको सरकार अविलम्ब गठन गर्ने
यही बुँदालाई आधार मानेर अब विपक्षीले यो सरकार हटाएर नयाँ प्रक्रिया देखि राष्ट्रिय सहमतिको सरकार बनाउँने भनेर सरकारको राजिनामा माग्ने । सत्तारुढ दलले यही सरकारलाई राष्ट्रिय सहमतिको बनाऔं भनेर सरकारमा आउँन निम्तो दिने । दुई चार महिना त यसै कटिहाल्छ नि ।

प्रत्येक हप्ता दलका नेताहरुको बैठक बसी  प्रगतिको समीक्षा गर्ने 
हप्ता हप्ता दिनमा पार्टी गर्ने सहमति भयो भन्न नमिल्ने भएकाले यो बुँदा राखिएको हो । अथवा, यसले फोन नै उठाएन । एसएमएस गरेको रिप्लाई नै आएन भन्दै हल्ला गर्ने मेलो बाँकी राखेका ।

संविधान सभाको म्याद छ महिना थप्ने
नो कमेन्ट । बिना संकोच लागू हुने सहमति यही त हो ।


2 comments:

bikas said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

thapa thapa, hamilai kai vannu chhaina.

Unknown said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

संबिधान को समय थप गरिरहेर मात्रै हुदैन संबिधान लाइ जारी गर्ने काम गर्नु पर्यों किन भएको छैन , किन नेपालको जनता लाइ धोखा दिइरहेका छौं संबिधान लाइ जारी गर कानुन लागु गर नेपालको दुखि जनतालाई धोखा नदेउ , प्रधानमन्त्री ज्यु हजुरको नजर संबिधान मा छैन र

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।