जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

जितेर पनि हार्ने अवश्थामा नेपाल

आज त्रिवि खेलमैदानमा भएको नेपाल र कुवेतको खेलमा नेपालले एक रनको रोमाञ्चक जित हाशिल गरेको छ । लगभग नेपालको हार निश्चित भएको अवश्थामा पनि नेपालले कठिन खेलमा पुनरागमन गर्दै अप्रत्याशित जित हाशिल गर्न सक्यो ।
acc cricket nepal and kuwait game in which nepal won but selection of nepal for second round became insure.
तर तीन खेलमा दुई खेल जितेको नेपालको एसिसी ट्वान्टी-२० को यात्रा रोकिने अवश्थामा आएको छ । स्थिती यस्तो छ कि नेपालको यात्रा स्वयम् नेपालको भन्दा अरुको खेलमा बढी भर पर्ने देखिएको छ । किन यस्तो भयो ? के हुँदा नेपाल अगाडी जान्छ ? विश्लेषण गरौं


किन अरुको खेलमा भर पर्नु पर्ने ?
हङकङले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा साविक उपविजेता युएईमाथि ४ विकेटको अप्रत्यासित विजय हात पारेपछि नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना बढेको हो । किनभने, ३ खेलको समाप्तीमा हङकङ, युएई र नेपालको समान ४ अंक छ । समूह 'बी' मा कुवेतको २ अंक छ । २ खेल खेलेको साउदी अरेबिया दुबैमा पराजित भएको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल पुग्ने टोलीले मार्चमा युएईमा हुने ट्वान्टी-२० को विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउने छ । हङकङ +४.६५०, युएई +१.४३३ को रन रेटका साथ पहिलो दुई स्थानमा छ। नेपालको रन रेट -०.१७८ मात्र छ ।

यस्तो भयो भने चै पुग्छ है नेपाल सेमिफाइनलमा
नेपालले भोली बुधबार साउदी अरेबियासँग खेल्ने छ । हङकङले भोली हुने दोस्रो खेलमा कुवेतको सामना गर्नेछ । युएईले बिहीबार साउदी अरेबियासँग खेल्ने छ । हङकङ र युएईले आ-आफ्नो खेलमा विजय हात पारेमा नेपालले साउदीलाई हराएमा पनि रन रेटमा पछाडी पर्न सक्छ । कुवेतले हङकङलाई पराजित गरेमा मात्र नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।

हेरौं, अब के हुन्छ ?


2 comments:

Biraj Bajracharya said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यस्तेा हुनुकेा मेन कारण मलाइ यस्तेा लाग्छ । १) खराब ब्याटीँग २) बलरले धेरै एक्टा् रन दिनु ३) शुरूका खेलहरूमा गतिलेा प्रर्दशन नगर्नु ४) खराब फिल्डिग ५) विपक्ष हरेक क्षेत्रमा सक्षम हुनु अ।दी ।

Birendra Rajput said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

unluck,

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।