-सलोनी बिष्ट-
क्रिकेट मलाई मन पर्छ । परिवारमा मेरो क्रिकेट प्रेमलाई अनौठो मान्दछन् । डेडीले समाचार हेर्न रिमोट मागिरहदा होस् या ममीले स्टारप्लस या सोनीका सिरियलहरु हेर्ने भन्दै च्यानल चेञ्ज गर्न कराईरहेका बेला, म क्रिकेट हेरिरहेकी हुन्छु । धेरैले भनेको सुन्छु, केटी मान्छे भएर के सारो क्रिकेट भनेर मरिहत्ते गरेकी ? तर मलाई यस्ता कुराले छुँदै छुदैन । म कसैको कुरा नसुनी क्रिकेट हेर्छु । अरु विस्तारै मेरो जिद्दीपनासँग आदी बन्दैछन्, म क्रिकेट प्रति थप क्रेजी बन्दैछु ।
क्रिकेटमा यति विघ्न क्रेजी भएपनि मैले क्रिकेट खेलिरहेको मैदानमा नै गएर भने कहिले पनि क्रिकेट हेरेको थिइन । टिभीको लाइभ हेर्दा प्रत्येक बलमा चिच्याईरहेका दर्शकले मलाई तान्ने गथ्र्यो । टिभीमा क्यामेराले देखाए भन्दा अरु तिर पनि आफ्नै आँखाले हेर्न लोभ मनमा रहिरहन्थ्यो । यो सबै कुराको अनुभव गर्ने मौका मिल्यो यसपालीको एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटमा ।
विभिन्न कारणले अगाडीका खेलहरु टिभीमा नै हेर्न बाध्य भएँ । तर सबै कुरालाई पन्छाउँदै पहिलो पटक मैदानमा पुगेँ नेपाल र कुवेतको खेल हेर्न । तर त्यसबेला मेरो सबै रहरहरु खल्लो भए जब म मैदानमा पुगेँ अनि देखेँ आफ्नै आँखाले क्यामेराले नदेखाएको मैदानको कालो पक्ष । त्यही बेला सोचेँ अब म फेरि कहिले पनि क्रिकेट हेर्न भनेर जान्न क्रिकेट मैदानमा । म अब पुनः क्रिकेट हेर्न मैदानमा नजानुको कारण यस्ता छन्
१. मैदान पुग्ने सडक देखि नै निर्जल्लताको अनुभव हुन थाल्यो । पुरुषहरु मैदान पुग्ने बाटोमा लामबद्ध भएर पिसाव फेरिरहेका भेटिए । लौ, ट्वाईलेट नभएको र मानिस लुक्न सक्ने अरु कुनै विकल्प नभएको त्यो ठाउँमा त्यो त केही हदसम्म बाध्यताको उपज मान्न सकिएला । तर पिसाव गरिरहेका पुरुषहरुको छेउबाट हामी हिड्दा (त्यहाँ अर्को कुनै बाटो थिएन ।) छेउका अरु पुरुषहरुले हामी तिर हेर्दै ताली र सिठ्ठी बजाउँनुलाई के मान्ने ? मेरा खुट्टा सोही पल देखि काम्न थाले । नआउँनु पर्ने ठाउँमा आइएछ भने झै हुन थालिसकेको थियो । मन मनमा सोचेथेँ, यति नाघे पछि सबै सकिने छ । सबै कुरा सामान्य बन्ने छ । तर मलाई कहाँ थाहा थियो र, मैदान भित्रको यथार्थ ।
२. मैदान भित्र हामी छिर्दा खेलको दोस्रो ओभर चलिरहेको थियो । एक्कासी सिठ्ठी बज्न थाले । नेपालले छक्का मारेछ क्यारे यस्तै लाग्यो । तर होइन रहेछ । तत्कालै थाहा भयो सिठ्ठी त हाम्रो लागि रहेछ । सिठ्ठी मात्र होइन, पानी खाएर रित्तिएका खाली बोतलहरु, साना साना ढुंगा, माटो, कागजको पोको पुरुषको भिडबाट हामीतिर आईरहेका थिए । हामीले के गर्ने अब ? मैले केही सोचिन । साथीहरु दौडिन थाले । मैले पछ्याएँ । तर जाने कहाँ ? जता पुगे पनि उही सिठ्ठी, ताली, ढुंगा, माटो र कागजको डल्लाहरु । बल्लतल्ल एक ठाउँमा बसियो । खेल कहाँ पुग्यो मलाई पत्तो भएन । खाली त्यत्रा मानिसहरुका अगाडी भिडमा कुकुर खेदिए जस्तो खेदिएको मात्र सम्झना भयो । मन जबरजस्ती मन पर्ने खेल तिर लगाउँन थालेँ ।
३. खेलले गति लिन थाल्यो । तर हरेक रनहरुमा अश्लिता बर्षन थाल्यो । हरेक विकेटमा अपशब्द सुनिन थाले । सबैका नजरले अश्लिता बर्षेपिच्छे हामीलाई हेर्दथ्यो, मानौं कि हामी अर्के ग्रहका जन्तु हौं । अब त अझ बसिनसक्नु भएको थियो । तपाई भन्नु हुन्छ होला, उस्तै भए उठेर अन्तै गएको भए हुने नि । तर कहाँ जाने ? अर्को ठाउँमा पनि त उस्तै जमात थियो । मन त्यहाँ बस्न मान्दै मानेन । तर उठ्ने आँट आएन । फेरि उही सिठ्ठी, ताली, ढुंगा,माटो र कागजको डल्लोको झट्टी । अँह, सक्दै सकिएन । निर्लज्ज भएर बसियो । कुकुर झै खेदिदै आएर जनावार झै भएर बसियो । त्यती हिनताबोझ कहिलै भएको थिएन । सबै कुरा पचाए जस्तो धेत्तरो भएर बसियो ।
थाहा छैन हाम्रो के गल्ति थियो । हामीले के गर्नु पथ्र्यो । के बिहानै देखि गएर मैदान ओगट्नु पथ्र्यो ताकि गेटबाट मैदान कसैले देख्ने गरि छिर्नै नपरोस् । या लाज पचाएर उनीहरुसँगै अपशब्द बोल्दै चिच्याउँनु पथ्र्यो । जवाफ पाउँन सकिन । मान्छेहरु हुन्छन् र मान्छेसँगै बसेर हेर्छु भनेर गएको थिएँ मैदानमा क्रिकेट हेर्न । तर त्यहाँ मान्छे नहुँदा रहेछन् । यसैले अब कहिले पनि जान्न क्रिकेट हेर्न भनेर त्यो मैदान ।

4 comments:
murkha haru le khelne ra maha-murkha haru le herne khel bhayer hola cheli yasto bhayeko natra yatti dherai hinata bodh garnu parne thiyen
testo haina hajur, bigreko desh ko bigreka janata mannu parcha....sabai janata haina..cricket ko maidan najikai pisab garne haru...ra jasle clap garcha...hajur harulai herera.....
मलाई यो क्रिकेट खेल बच्चाहरुले खेल्ने खेल "डन्डीबियो"(गुलीडन्डा) भन्दा खासै फरक देखिन। त्यहि भए मैदानमा गएर हेर्न त परै जाउ अहिले सम्म TV मा पनि हेरेको छुइन।
कतिपय केटाहरुको यस्तो घृणित व्यवहार र सोचप्रति मलाई खेद छ !
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।