साँच्चै नै, भाग्य यसैलाई भनिन्छ सायद । नेपालले समूह चरणको चार खेलमा तीन खेलमा जित हाशिल गर्यो र, एक खेलमा हार । देख्दा तथ्याकंमा राम्रै देखिन्छ । तर नेपालको खेल तथ्याकंमा देखिए जस्तो सोझो भने भएन । नेपालले तीन खेलमा जित हाशिल गरे पनि तीनै खेलहरुमा एउटा चमत्कार या भनौं भाग्य झै देखियो । यती चमत्कारले मात्र पनि नेपाललाई पुगेन । अन्तिममा साउदी अरबको खेलले मात्र नेपाललाई सेमीफाइनलमा पुर्यायो । सेमीफाइनलसम्म पुग्दा नेपालले के कस्तो चमत्कार देखायो, या भनौं भाग्यले कसरी साथ दियो एक पटक फर्केर हेरौं
पहिलो खेल
एसीसी ट्वान्टी ट्वान्टी खेलको उद्घाटन खेलमा नेपाल र हङकङको खेल थियो । पहिलो खेलमा हङकङले नौ विकेटको क्षतिमा नेपालसामु ११४ रनको लक्ष्य प्रस्तुत गर्यो । मध्यम स्तरको लक्ष्य भेट्न नेपाली क्रिकेटरलाई हम्मे हम्मे पर्यो । कहिले हङकङका खेलाडी सामु निरिह बन्दै र कहिले हङकङका खेलाडीलाई निरिह पार्दै निकै कडा प्रतिस्प्रधा गर्यो नेपालले ।
अन्तमा, खेलको अन्तिम दुई बलमा जितका लागि एक रनको आवश्यकता थियो । जसमा पहिलो बल डट बल भयो । तर राहुल विकले अन्तिम बलमा बलैले एक रन ल्याए र, नेपाल पहिलो खेलमा दुई विकेटले विजयी भयो ।
दोस्रो खेल
दोस्रो खेल युएईसँग थियो । यो खेलमा नेपालले भाग्यको त साथ पाएन पाएन, समर्थकको पनि माया पाएन । मात्र ९५ रन बनाएको नेपालको चुनौति भेट्न ३६ रनमात्र बाँकी रहदा युएईसँग ३४ बल र ६ विकेट बाँकी थियो । नेपाली दर्शकले आफ्नै खेलाडीहरु ताक्दै बोतल, ढुंगा र इटाको प्रहार सुरु गरे । लाठीचार्ज भो । केहीबेर खेल स्थगित भएर चल्यो । र, युएईले ६ विकेटको जित हाशिल गयो ।
तेस्रो खेल
तेस्रो खेल कुवेतसँगको हो । कुवेतलाई नेपालले १२५ रनको लक्ष्य दिएको थियो । जितको निकै नजिक रहेको कुवेतलाई नेपाली क्रिकेटरले खेलको अन्तिम समयतिर पुरै दबाबमा राखे । दुई बल बाँकी रहदा पृथु बास्कोटाले विकेट हात पारेपछि नेपालले सफलता हात पार्न सक्यो । अन्तिम ओभरमा मात्र पृथुले तिन विकेट लिए जसका कारण नै नेपालको जित सम्भव भयो । खेलको सुरुवातमा जम्न नसकेको बलिङ खेलको अन्तिम समयमा चमत्कारिक ढंगले मजबुत बनेको थियो ।
चौथो खेल
चौथो खेल साउदी अरबसँग थियो । यस खेलमा १०० रन भन्दा बढीले जित्न सकेको भए नेपालको सेमीफाइनल यात्रा सुरक्षित हुन्थ्यो । तर मेहबुब आलमको विष्फोटक ८८ रनका बाबजुद पनि नेपालले साउदी अरबलाई ९५ रनमात्रले हराउँन सक्यो । यद्यपी यस खेलको रनले नेपालको नेटरनरेट सुध्रियो र, नेपाल सेमीफाइनलमा छनौटको दाबेदार भने रहिरह्यो । अब नेपाल सेमीफाइनलमा पुग्न अरुको खेलमा भर पर्नुको विकल्प थिएन ।
अरुमा भर पर्दा
यदि कुवेतले हङकङलाई हराउँन सकेको भएपनि नेपाल सेमीफाइनल पुग्थ्यो । तर नतिजा उल्टो निस्कियो । तर आज भएको साउदी अरब र युएईको खेलमा भने नेपाललाई भाग्यले साथ दिएको छ । यूएईलाई अन्तिम चारमा स्थान बनाउन साउदी अरेवियालाई कम्तिमा ९७ रनमा समेट्नु पर्ने थियो । तर, हमाद साइदको उत्कृष्ट प्रदर्शनसँगै साउदी अरेयिबा अन्तिम तीन बल बाँकी छँदा अल आउट हुँदै १ सय १५ रन बनायो । हमादले ६ छक्का र चार चौकाको मदतमा ३८ बलमा ६३ रन बनाए । चोटका कारण राम्ररी हिड्न पनि नसकेका हमादको विष्फोटक ब्याटिङकै कारण नेपालको सेमीफाइनल यात्रा तय भयो ।
हमाद साइदकै कारण नेपाल सेमीफाइनलमा पुगे पछि ट्विटरमा देखिएका केही प्रतिक्रियाहरु यस्ता थिए, हेर्नुहोस्

1 comments:
पक्कै पनि भाग्य यसलाई नै भनिन्छ । नेपालले हारेको खेल जितेको छ ।
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।