जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

अमेरिकामा जुत्ता किन्नका लागि मारामार (भिडियो हेर्नुहोस्)

-अमेरिकाको जर्जिया, लिथोनियामा पसलमा दंगा हुँदा प्रहरीले कम्तीमा चार जनालाई नियन्त्रणमा लिएको छ ।
-अमेरिकाकै क्यालिफोर्नियामा एक जनालाई पसल लुट्न लागेको शंकामा गिरफ्तार गरिएको छ ।
-टेलर, मिसीगन भन्ने ठाउँमा ४०० भन्दा बढी मानिस जबरजस्ती पसलमा छिरेका छन् ।
-क्यालिफोर्नियाको रिचमण्डमा पसलमा भएको दंगामा स्थिती नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । तर कोही घाइते भने भएका छैनन् ।
-त्यस्तै, उत्तर क्यारोलिना, कार्लोट, इन्डियानापोलिस, इन्डियाना, ओमाहा, नेब्रास्का आदि ठाउँका पसलमा पनि तनाबपुर्ण स्थिती रहेको छ ।

तपाईलाई यी माथिका घटनाहरु पढिरहदा के लाग्यो ? अमेरिकामा ठुलै उथलपुथल हुन लागेको मान्नु भयो होला । हुन पनि अमेरिकामा साँच्चै ठुलै तनाबको स्थिती देखिएको छ । तर यो दंगा, तनाब राजनीतिक परिवर्तन या कुनै माग पुरा गराउँनका लागि भएको भने हैन है ।

सुन्दा अचम्म लाग्ला, यो तनाब त जुत्ता किन्न पसलहरुमा जम्मा भएका मानिसहरुको कारण भएको हो । नाइक कम्पनीले नयाँ जुत्ता बजारमा ल्याएको रहेछ, मानिसहरु त्यही जुत्ता किन्न दगां गर्ने स्थितीमा पुगेका रहेछन् । हुन त यो जुत्ता इन्टरनेटबाट पनि किन्न पाइने रहेछ तर १ सय ८० अमेरिकी डलर दाम भएको यो जुत्ता इन्टरनेटबाट किन्न ६०५ डलरसम्म तिर्नुपर्ने रहेछ, त्यो पनि पालो पर्खेरमात्र पाइने । यति हंगामा गराउँने जुत्ता छ चै कस्तो ? जान्न भित्र आउँनुहोस्



नाइक कम्पनीले सन् १९९० मा एयर जोर्डन जुत्ता निकालेको रहेछ । त्यो जुत्ता त्यतिबेला पनि यस्तै हंगामा गरेर ग्राहकले किनेका रहेछन् । अहिले नाइक कम्पनीले त्यही जुत्ताको नयाँ मोडल 'एयर जोर्डन रेट्रो ११' निकालेको रहेछ । अनि के चाहियो, तुरुन्त किन्न जानेहरुले सुरु गरे फेरि उही हंगामा ।

पसलमा १८० डलर र इन्टरनेटमा ६०५ डलरसम्म तिरेर किने पनि लाउँने नै भने कमले गर्दा रहेछन् । यो जुत्ता त सोकेसमा राख्ने चलन पनि व्यापक रहेछ । हुन त यति हंगामा गरेर किनेको जुत्ता लाउँने भन्दा पनि सजाएर राख्नु कुन चै अचम्म भो र ? तर अलिकति गार्‍हो चै के रहेछ भने जुत्ता चोरले चै यो जुत्ताको खेदो नै खन्ने रहेछ । जोगाएर राख्नै हैरान । यसैले, जुत्ता चोरी भयो भनेर प्रहरीमा पनि निकै उजुरी आउँछ रे ।

समग्रमा यति बुझियो हाम्रामा पहिले पुरुषार्थ देखाउँनै भनेर शिकार गरेर बाघ, सिंह मारेर तिनका छाला सजाएर राख्थे रे, अमेरिकनहरु चै जुत्ता सजाएर राख्दा रहेछन् । बडा गजबको चलन रै छ बाबै ।

जुत्ता पसलको स्थिती कस्तो रहेछ  हेर्न तल क्लिक गर्नुहोस्



2 comments:

ammar thapa said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

jutta herda samanya lagyo but dam chahi ......

manjul said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यी सालाहरुको काम नै के छ र यस्तैमा त हो दिन कटाउँने ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।