पुस २७ गतेदेखि शसस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाकी जेठी पत्नी गीता ढकाल एकाएक गायब भईन् । अघिल्लो दिन पुस २६ गते डिआइजी कोइरालाले स्वयम्ले जवरजस्ती छोरा आफैसँग लगेका कारण तनाबमा कतै गएको हुन सक्ने अनुमान गरियो । तर कतै पत्ता नलागे पछि माइती पक्षले कोइरालाले नै गीतालाई गायब गराएको भन्दै प्रहरीमा उजुरी दिए । उजुरी परे लगत्तै प्रहरीले चपलीमा रहेको गीताको घर फोडेर हेरेको थियो । आत्महत्याको आशंकामा घर फोडेपनी केही फेला नपरेपछी प्रहरीले घटनालाई रहस्यमय भएको बताएको थियो ।
तर हिजो शनिबार मकवानपुरको पालुंगमा एउटा लाश भेटियो । लाश काटेर टुक्रा टुक्रा पारिएको थियो । एक पटक पुरिएको र फेरि झिकेर जलाइएको थियो । हो, त्यो विभत्स लाश उही डिआइजी कोइरालाकी पत्नी गीता ढकालको थियो । पत्नीको हत्या अभियोगमा कोइराला पक्राउ परिसकेका छन् । अहिलेसम्म प्राप्त विवरण पढ्न भित्र आउँनुहोस्
हिजो शनिबार मकवानपुरको पालुंगमा एक महिलाको शब फेला पर्यो । जलेर घटनास्थलमा फेला परेको लाश चिनिने अवस्थामा थिएन । तर त्यहाँ भेटिएको घडीलाई आफन्तले गीताको भएको पहिचान गरेका छन् ।
गीताको लाश पहिचान भए पछि आफ्नै श्रीमती गीता ढकालको हत्या शंकामा सशस्त्र प्रहरी बलका डिआइजी रञ्जन कोइरालालाई आजै पक्राउ गरिएको सकिएको छ । कोइरालालाइ काठमाडौँ फर्कँदै गर्दा आज बिहान नागढुङ्गाबाट पक्राउ गरिएको हो ।
पक्राउ पछि दिनभर भएको अनुसन्धान र कोइरालासँग भएको सोधपुछबाट प्रहरीले गीता ढकालको हत्या डिआइजी कोइरालाले नै गरेको दाबी गरेको छ । अनुसन्धान स्रोतले बताए अनुसार लाश फेला परेको स्थानमा भएको उनको उपस्थिती, घटनास्थलबाट बरामद प्रमाण र अभियुक्त कोइरालाको हाउभाउ लगायतका घटना प्रकृतिको आधारमा हत्यामा उनको हात रहेको निष्कर्ष निकालिएको हो । तर अहिलेसम्म अभियुक्त कोइरालाले घटनाका बारेमा केही बोलेका छ्रैनन् ।
अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार डीआइजी कोइरालाले हिजो आफ्नो गाडीमा मकवानपुरको दामन जाने बाटोमा रहेको पालुङटारमा पत्नी गीताको लाश टुक्रा गरेर लगेका थिए । बाटो नजिकै खाल्डो खनेर उनले लाश पुरेर गए,' स्रोत बताउँछ, तर टुक्रा पारेर खाल्डोमा गाडे पनि उनको मन शान्त भएन । उनले खाल्डोबाट पुन लाश बाहिर निकाले अनि लाशमा आगो सल्काईदिए । यसको केही समयपछि स्थानीय बासिन्दाले लाश देखेका थिए ।
कोइराला लाशलाई तह लगाएर काठमाडौँ फर्कँदै गर्दा आज बिहान नागढुङ्गामा पक्राउ परेका हुन् । थप अनुसन्धानका लागि प्रहरीले उनलाई आजै काठमाडौँ जिल्ला अदालत उपस्थित गराई थुनामा राख्न म्याद थप गरेको छ । नेपाल सरकारको तर्फबाट चीनमा एक बर्षे डिफेन्स कोर्स गरिरहेका डिआईजी कोइराला केही दिनअघिमात्र नेपाल आएका थिए । उनको गत आइतवार नै चीन फर्किने कार्यक्रम रहे पनि ससुराको जाहेरीपछि रद्द गरिएको थियो ।
तर हिजो शनिबार मकवानपुरको पालुंगमा एउटा लाश भेटियो । लाश काटेर टुक्रा टुक्रा पारिएको थियो । एक पटक पुरिएको र फेरि झिकेर जलाइएको थियो । हो, त्यो विभत्स लाश उही डिआइजी कोइरालाकी पत्नी गीता ढकालको थियो । पत्नीको हत्या अभियोगमा कोइराला पक्राउ परिसकेका छन् । अहिलेसम्म प्राप्त विवरण पढ्न भित्र आउँनुहोस्
हिजो शनिबार मकवानपुरको पालुंगमा एक महिलाको शब फेला पर्यो । जलेर घटनास्थलमा फेला परेको लाश चिनिने अवस्थामा थिएन । तर त्यहाँ भेटिएको घडीलाई आफन्तले गीताको भएको पहिचान गरेका छन् ।
गीताको लाश पहिचान भए पछि आफ्नै श्रीमती गीता ढकालको हत्या शंकामा सशस्त्र प्रहरी बलका डिआइजी रञ्जन कोइरालालाई आजै पक्राउ गरिएको सकिएको छ । कोइरालालाइ काठमाडौँ फर्कँदै गर्दा आज बिहान नागढुङ्गाबाट पक्राउ गरिएको हो ।
![]() |
मृतक पत्नीसँग अभियुक्त |
अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार डीआइजी कोइरालाले हिजो आफ्नो गाडीमा मकवानपुरको दामन जाने बाटोमा रहेको पालुङटारमा पत्नी गीताको लाश टुक्रा गरेर लगेका थिए । बाटो नजिकै खाल्डो खनेर उनले लाश पुरेर गए,' स्रोत बताउँछ, तर टुक्रा पारेर खाल्डोमा गाडे पनि उनको मन शान्त भएन । उनले खाल्डोबाट पुन लाश बाहिर निकाले अनि लाशमा आगो सल्काईदिए । यसको केही समयपछि स्थानीय बासिन्दाले लाश देखेका थिए ।
कोइराला लाशलाई तह लगाएर काठमाडौँ फर्कँदै गर्दा आज बिहान नागढुङ्गामा पक्राउ परेका हुन् । थप अनुसन्धानका लागि प्रहरीले उनलाई आजै काठमाडौँ जिल्ला अदालत उपस्थित गराई थुनामा राख्न म्याद थप गरेको छ । नेपाल सरकारको तर्फबाट चीनमा एक बर्षे डिफेन्स कोर्स गरिरहेका डिआईजी कोइराला केही दिनअघिमात्र नेपाल आएका थिए । उनको गत आइतवार नै चीन फर्किने कार्यक्रम रहे पनि ससुराको जाहेरीपछि रद्द गरिएको थियो ।
5 comments:
यस्तै बेलाको लागि हो फाँसीको सजाय चाहिने । यसलाई त चौबाटोमा लगेर बकाइनाको रुखमा झुन्ड्याउँनु पर्ने । प्रहरीको मात्र होइन मान्छेको जातको पनि कलकं हो यो ।
phasi dinu bhanda thulo sajay ta hat khutta todi langado ra aankha kano banai dinu par6 phutayra.....
Yadi DIG sachai hatyara h vhane sidhai goli thuknu par6. Thuiya yasta pani haamro desh ko thula thalu ufffffffff ani kaha bata santi hos ta desh ma?????
NEPAL ma ta fashi chaina tara yo ktwallai sake samma derainai sajaya dinu parcha!koisako jiwan barbat garnu teslai vagwanle bardan diyako chaina
nepal ko chalanai yastai ho
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।