यसपालीको एसएलसी परिक्षामा सहभागी भएकी एमालेकी सभासद किरणदेवी यादव चौथो दिन देखि मात्र परिक्षामा सामेल भएकी छन् । उनी हिजो एमालेका कार्यकर्ताको दलबल लिएर बरहथवा परिक्षा केन्द्र, सर्लाही पुगेकी हुन् । तिन दिनसम्म लगातार अनुपस्थित यादव चौथो दिन भने परिक्षा दिन गईन् । परिक्षामा पास हुन सबै बिषयमा पास हुनु पर्छ भन्ने सामान्य ज्ञान सम्म उनमा नभएको देखिन्छ । तर नेपालको कानुन न हो, पछि नतिजा आउँदा उनी पास भएको आयो भने पनि अचम्म नमाने हुन्छ । आफ्नै सभासदले कानुन तोडेर बलमिच्याई गरिरहदा पनि एमाले भने मौनता साँधेर बसेको छ । एमालेले बोली बन्द गरेको छ भन्दैमा हामी किन आफ्नो बोली बन्द गर्ने ? जति तितो छ मनमा, यहाँ पोख्नुहोस् ।
बरथवा परिक्षा केन्द्रमा आइतबार सभासद किरणदेवी यादवको नाममा परिक्षा दिन आएकी एक युवती सोधखोजको क्रममा भागे पछि यो खुलासा भएको बताइएको छ । प्रवेश पत्रको फोटोकपी बोकेर आएकी ति युवतीलाई सक्कली प्रवेश पत्र ल्याउँन भने पछि उनी भागेकी थिइन् । ति युवती उनकै छोरी भएकी स्थानियहरुले बताएका थिए । सभासद पुत्री स्नातक अध्ययनरत छिन् । केन्द्रमा पक्राउ परेकी सभासदकी छोरीलाई परिचय पछि केन्द्राध्यक्षले छोडिदिएको आरोपमा केन्द्राध्यक्ष राजकुमार ठाकुरलाई जिम्मेवारीबाट बर्खास्त गरिसकेको छ ।
तर अकस्मात हिजो सभासद यादव केन्द्रमा पुगेर परिक्षा दिएकी थिइन् । यो कानुनी राज्य उपहास हुँदा पनि उनको माउ पाटी मौन रहनुले ठुला र आफ्नाले जे गरे पनि हुने सन्देश दिएको छ । के यस्तै सन्देश दिन चाहन्छ नेकपा एमाले । आफुलाई लोकतान्त्रिक र कानुनी राज्यको ठुलो पक्षधर बताउँने एमालेको यस्तो कदम स्वयम् उसकै लागि प्रत्युदपादक बन्ने छ । हाम्रो त के छ ? सहेकै हौं । यो पनि सहिदिउँला ।
11 comments:
यो साल त एमालेलाई दशा लागेको भनुँ कि दशैँ लागेको भनुँ ? बडा मा परेँ म त । दशा भनुँ एमालेको राजनिमा पछि एमाले नै सरकारको नेतृत्व गर्छ । दशै भनुँ चोखा सभासद कोही नरहने हुन् कि जस्तो भईसक्यो । घुस खाँदा खाँदै भेटिने पनि एमालेकै सभासद, केटी भगाउँने पनि एमालेकै सभासद, हुँदा हुँदा परिक्षामा अर्कैलाई पठाउँने पनि एमालेकै सभासद । होइन, एमालेको नुन मै गडबढी छ कि क्या हो ?
के के मात्र सहेर बस्नु हामी ? अब त यस्ता कुलंगारलाई सजाय दिने बेला भएन र ? भन्या ।
what a f*** is this?why they are not punishing her. we want punishment to her.
no one will punish her bcoz she is from the uml.
नहुने बेलामा नाती देखि मर्दै आउँछ भन्थे हो र छ
यो एमालेको दशा होइन साथी हाम्रो नियति हो । यस्ताले लेखेको कानुन र संविधानले हाम्रो मुलुक चल्ने भए पछि मुलुक कहाँ पुगेर जाकिने हो ।
मलाई त आफैले एसएलसी लेखेर गल्ति गरेछु जस्तो लाग्न थाल्यो । हेरि राखुम् यीनी पास नै हुन्छिन् ।
साला चोरहरु किन पकड्दैनन् यादवलाई ? तल देखि माथी सम्म सबै चोरैचोर भएर यस्तो भएको । कानुनको राज्य भए पो ।
ल यीनको पनि पास भएको रिजल्ट आयो भने चै मेरो सबै प्रमाणपत्र कोशीमा लगेर बगाईदिन्छु । कति सहनु यार । यस्तोले गर्दा हामीले दुख गरेर पास गरेको पनि बेइज्जत हुने भयो ।
ए एमाले केही बोल न बा । सत्ता भन्दा अरु केहि बोल्न आउँन छाड्यो कि जस्तो छ । जसो गरे पनि सत्ता आफ्नै हो । माओवादी होस् या कांग्रेस ? पुँजीवादी होस् या समाजवादी ? सारै भर्सटायल पार्टी रै छ यार यो एमाले त ।
hahahahahahaga.......... SLC ma pani yatro utpat ke ka lagi machchaunu pareko hola...... Yatro beijat bhaera......aatmahatya gare hun6....
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।