जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

कसरी गरेछन् पूर्वमन्त्रीले अपहरण

पूर्वमन्त्री श्यामसुन्दर गुप्ता आफ्नो राजनीतिक जीवन सिध्याउँन आफुलाई आरोप लगाएको भनेर अदालतमा पत्रकारहरुका सामू भन्दै थिए । तर केही समय नबित्दै उनलाई अपहरणमा साथ दिने अभियुक्तहरुलाई उनकै अगाडी साक्षी बकाएर प्रहरीले अभियोग सावित गर्ने प्रयास गरेको छ । व्यापारी पवनकुमार संघाईको अपहरणमा संलग्नहरुलाई उनकै अगाडी सोधपुछ गर्दा पक्राउ परेका आकाश लामा र बिकाश लामाले घटनाको बेलिविस्तार लगाए । हेर्नुहोस् अपराध डट कमको सौजन्यमा प्राप्त प्रहरीले आज सार्वजनिक गरेको भिडियो ।




के भने अभियुक्तहरुले ?
सबै अभियुक्तहरुले श्यामसुन्दर गुप्तालाई नै मुख्य दोषी देखाएका छन् । उनीहरुको बयान अनुसार अपहरण योजना बनाउँने, अपहरण गर्ने तथा फिरौतीमा डिल गर्ने पनि गुप्ता आफै रहेछन् । त्यति मात्र कहाँ हो र अपहरणकारीलाई अपहरण भएको स्थानसम्म लैजाने तथा अपहृतलाई राख्ने घरसम्म लैजान पनि उनले नै स्कर्टिङ गरेका रहेछन् । अझ दुई पटक त अपहृतलाई राखेको घरमा गएर हेरविचार पनि गरेका हुन् रे ।

होइन, कत्रो आँट गुप्ताको । यीनलाई अलिकति पनि डर लागेनछ । सबै ठाउँमा खुल्लम्खुल्ला आफै गएर अपहरण गरेछन् । सभासद हुँ र एक पटक मन्त्री नै बनेको हुँ, मलाई कसले के गर्न सक्छ र भनेर होला यीनले त कानुन र प्रशासनलाई त धोतीको टालो जति पनि मानेनछन् ।

प्रहरीबाट प्राप्त विवरण अनुसार पक्राउ परेका अभियुक्तः-
१. नाम :– श्यामसुन्दर गुप्ता
उमेर :– ६४ वर्ष
पेशा :– राजनीति (सभासद)
स्थायी वतन :– जि.रुपन्देही सिद्धार्थ न.पा.–५
घटनामा संलग्नता :– मुख्य योजनाकार

२. नाम :- अमिर आचार्य (श्याम सुन्दर गुप्ताको निजी ड्राइभर)
उमेर :– २२ बर्ष
स्थायी वतन :– मकवानपुर हेटौडा न.पा ८
घटनामा संलग्नता :– सम्पुर्ण व्यवस्था मिलाउने

३. नाम :– आकाश लामा
उमेर :– ३१ वर्ष
स्थायी वतन :– काभ्रे विर्ता देउराली – २
घटनामा संलग्नता :– अपहृतलाई कुर्ने

४. नाम :– बिकाश लामा भन्ने जित बहादुर गोले
उमेर :– ३८ वर्ष
स्थायी वतन :– मकवानपुर पदमपोखरी –२
घटनामा संलग्नता :– अपहृतलाई कुर्ने

५. नाम :– किसोर पाण्डे
उमेर :– २८ बर्ष
स्थायी वतन :– काठमाण्डौ काभ्रेस्थली – ६
पेशा :- गरुड सेक्युरिटीको रिकभरी युनिटमा काम गर्ने ।
घटनामा संलग्नता :– पवन संघाईलाई अपहरण गर्दा उठाउने व्यक्ति

फरार अभियुक्तहरु :-
अपहरित राखेको घर कुर्ने व्यक्तिहरु:-
१. मिलन लामा (सर्लाही)
२. प्रेम लामा (काभ्रे)
३. हरि के.सी. (सिन्धुली)

अपहरण गर्ने (उठाउने) व्यक्तिहरु:-
१. ईन्द्र गुरुङ्ग समेत अन्य नाम नखुलेको २ जना समेत अन्य

फिरौतीका लागि डिल गर्ने व्यक्ति:-
१. श्याम गिरी (आफुलाई तराई रेड आर्मीको बिक्रान्त भनि फोनमा भन्ने व्यक्ति)
२. अमर थापा (आफुलाई डिफेन्स आर्मीको लामाजी भनि चिनाउने व्यक्ति)


2 comments:

प्रल्हाद विक said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अझै राजनीतिक षड्यन्त्र रे । सालालाई गोली नै हान्नु पर्ने ।

मनिष ताम्राकार said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो ६४ बर्षको उमेरमा त यति ठुलो क्राइम गर्न सक्छ भने यसले उमेरमा के के मात्र गर्यो होला । यसका सबै कुराको हिसाब किताब खोज्नु पर्छ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।