जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

'मात्र पचहत्तर सयमा थेसिस् गरिन्छ' रे !

यो तस्विर मैले काठमाण्डौंमा पुरानो बसपार्कको बिजुलीको पोलबाट खिचेको हुँ । पुरानो बसपार्क छेउछाउमात्र होइन उपत्यकाका धेरै ठाउँमा यस्ता विज्ञापन देख्न सकिन्छ । डिग्री (स्नातकोत्तर) तहमा विद्यार्थीले तयार पार्नुपर्ने थेसिस यसरी किन्न पाइने भएपछि र विश्वविद्यालय तथा प्रशासनले पनि देखेको नदेखै गर्ने हो भने नेपालको शैक्षिकस्तर कहाँ पुग्छ ? समन्धित निकायले यसलाई रोक्नु पर्ने होइन र !


वास्तवमा यो पत्ता लगाउँनु कुनै ठुलो कुरो पनि त हैन । फोन नंबर दिइएकै छ । फेरि यसरी थेसिस् लेखिदिनेहरुले पक्कै पनि फरक फरक बिषयमा लेख्ने होइनन् । एउटै बिषयलाई यसो अलिअलि तोडमोडसम्म गर्लान् । प्राध्यापकहरुले एक पटक पढ्नेमात्र हो भने पनि त पत्ता लागिहाल्छ नि । हैन पास चैं कसरी हुन्छन् हँ यस्ता थेसिसहरु ?

थेसिसका लागि एकजना प्राध्यापक सुपरभाइजर बस्छन् । त्यस वापत तिनलाई पैसो पनि आउँछ । तर दुखको खबर तिनलाई एक पटक थेसिस पढ्ने फुर्सद पनि हुँदैन रहेछ । कि थेसिस् बेच्नेसँग कमिसन लिन्छन् तिनले ? यदि नपढेकै हुन् भने बेकाराँ विश्वविद्यालयले के को टन्टो भिडाइरा होला खुरुक्क ७५ सय लिएर थेसिस कम्प्लिट भन्ने सर्टिफिकेट दिन छोडेर !

नत्र गर्न खोजेको चै के हो त ? कि यस्ता थेसिस बिक्रेतालाई तह लाउँनु नत्र शैक्षिक नियम नै त्यही अनुसारको बनाउँनु, हैन ? तपाईसँग केही अनुभव छ कि !



4 comments:

विनोद said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मैले त आधा बर्ष भात न पानी गरेर थेसिस गरेको पो सम्झे । बेकार दुख गरिएछ । थपक्क ७५०० देको भए हुने रै छ ।

अनिषा बस्नेत said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सबै गतिछाडा भएपछि यस्तो हुन्छ । यस्तो कुरा खुल्लमखुल्ला बेच्ने त्यो थेसिस पसले गतिछाडा । किन्ने विद्यार्थी गतिछाडा । कमिसन लिएर अथवा नपढी थेसिस पास गरिदिने प्राध्यापक गतिछाडा । केही नगरी टुलुटुलु हेरेर बस्ने तपाई हामी गतिछाडा ।

नाम नभन्ने said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मैले कन्ट्याक गरेको छु । कस्तो थेसिस दिन्छ अनि म सुनाउँला तपाईलाई अनुभव है ।

Samir Upreti said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

my god, and wtf

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।