जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

घर जानु अगी


आज परीक्षा सकियो. त्यति राम्रो त भएन तै पनि परीक्षा सकिनुको छुटै मज्जा छ. बल्ल बल्ल केहि दिन कै लागि भए पनि मेसिन जस्तो जिन्दगी बाट छुट्टी मिलेको छ. म यो समयलाई जति सक्दो राम्ररी उपयोग गर्न चाहन्छु, मैले धेरै सोचे के गर्दा छुट्टी राम्रो र रमाइलो हुन्छ होला, आखिरमा एउटा राम्रो जुक्ति आयो दिमागमा, एक्कासी मनले भन्यो म घर जान्छु.

मेरो घर, जहाँ म संसार भरिका खुसीहरू पाउन सक्छु, आफ्नो मनलाई जसको सामु पनि निर्धक्क फुकाउन सक्छु. मलाई घरमा बस्न पाउनु संसारका सारा खुसीहरू मध्येको उत्तम लाग्छ. अझ डेरामा दुइटा कोठामा खुम्चिएको जिन्दगीले फैलिनका आकाश पाए जस्तो लाग्नु आफ्नो ठाउँमा छदै नै छ. मलाई एकदम खुसि लगेर आउछ जब मेरा भतिजाहरु बाटामै मेरो झोला लिन आइपुग्छन, कसैबाट आधि बाटैमा हात समाउदै आफ्नो प्यारो घर लगिनुको खुसि म कसै गरेपनि लेख्न सक्दिन.

मेरो घरमा सबै जना आज बिहानै देखि बाटामा आखा फिजाएर बसी रहेका हुन्छन, मेरो दाई, भाउजु, ममी, बुबाको आत्मियता. मलाई कति बेला घर पुगेर फेरी एक पटक यो अनुभव लिउ जस्तो भैरहेको छ.
<!-- AddToAny Share Button By www.emasta.com -->
<br/><a class='a2a_dd' href='http://www.addtoany.com/share_save'><img alt='Share/Bookmark' border='0' src='http://static.addtoany.com/buttons/share_save_171_16.png' width='171' height='16'/></a><p class='a2a_linkname_escape' style='display:none'><data:post.title/></p><script type='text/javascript'>var a2a_config = a2a_config || {};a2a_config.linkname_escape=1;a2a_config.linkurl="<data:post.url/>";</script><script src='http://static.addtoany.com/menu/page.js' type='text/javascript'></script>
<!-- AddToAny Share Button By www.emasta.com -->

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।