जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

गल्ति सुधार्यो गुगलले, ‘बुद्धको जन्मस्थान नेपाल हो’

गौतम बुद्ध कहाँ जन्मिएका हुन् भनेर कसैले तपाईलाई सोधे तपाई के भन्नुहुन्छ ? पक्कै नेपाल भन्दा अर्काे ठाउँ तपाइ सोच्न पनि सक्नुहुन्न । तर भारतिय कुप्रचारले गर्दा संसारका धेरै मानिसहरु बौद्ध धर्मालम्बी समेत भारत नै गौतम बुद्धको जन्मस्थान हो भन्ने गर्छन् । पुर्ण जानकारी नलिकन हचुवाको भरमा विश्वका प्रसिद्ध लेखक तथा संस्थाहरुले पनि भारत नै बुद्धको जन्मस्थान भनेर प्रचार गरिदिएका कारण संसार भर नै यो गलत कुराले अधिपत्य जमाएको थियो । यसैको कारण विश्व प्रसिद्ध इन्टरनेट सर्च इञ्जिन गुगल (google) ले केहि समय अगाडि सम्म गौतम बुद्धको जन्म स्थान भनेर भारतको कुनै स्थान देखाउँने गरेको थियो । तर अब यो एउटा गलत इतिहास मात्र भएको छ । यो गल्तिलाई गुगलले सुधारेको छ । अहिले गुगलको नक्सा देखाउँने वेभसाइटले गौतम बुद्धको वास्तविक जन्मस्थान नेपालको लुम्बिनी भनेर देखाउँने गरेको छ ।
एउटा इन्टरनेट इन्साइक्लोपेडिया (wikipedia.org) मा लेखिएको छ, गौतम बुद्धको जन्म आज भन्दा करिब ३००० बर्ष पहिले तिलौराकोट (कपिलबस्तु) मा भएको थियो । उनको जन्म कपिलबस्तुका राजा शुद्धोदनको सुपुत्रको रुपमा भएको थियो । बर्षाैसम्म भएको उत्खनन, अध्ययन र खोजबाट पत्ता लागेको छ कि कपिलबस्तु नेपालको लुम्बिनीमा पर्दछ । यो कुरालाई नेपाल र भारतको सरकारका साथै युनेस्कोले पनि मान्यता दिएको छ । गौतम बुद्ध आफु २९ बर्षको हुञ्जेलसम्म कपिलबस्तुमा राजकुमार भएर बसेका थिए । उनको यसोधरासँग बिबाह भएको थियो र उनको राहुल नामको एउटा छोरो पनि थिए । संसारमा भएको दुख, बुढ्यौली र रोगको मुक्ति खोज्दै उनले कपिलबस्तु छोडे ।
तर सबै सन्दर्भहरुले यो सत्यलाई अंगालेको पाइदैन । भारतिय चलचित्रमा होस् या बिभिन्न वेभसाइट र सञ्चार माध्यममा अझै पनि गलत प्रचार कायम नै छ । यसको अतिरिक्त भारतिय पाठ्यपुस्तकमा समेत बुद्धको जन्मस्थान भारतमा हो भनेर लेखिएको छ ।
भारतले बनाउँन थालेको नक्कली कपिलबस्तु
यसलाई पुष्टि गर्न लुम्बिनीको २७ कि.मी. भारत तर्फ नक्कली कपिलबस्तु निर्माण गर्ने कार्य पनि निरन्तर रुपमा चलिरहेको छ । यसको जरो यत्ति लामो छ कि यसबाट साधुसन्तहरु पनि अछुतो छैनन् । योग शिक्षा दिन नेपाल आएको समयमा भारतिय योगगुरु रामदेवले नेपाल टेक्ने बित्तिकै बुद्ध नेपालमै जन्मिएको र भारतको कुप्रचार निन्दनिय भएको बताए पनि उनको नियत केहि दिनमै प्रष्ट देखियो । उनीबाट लिखित एक पुस्तकमा गौतम बुद्ध जन्मिएको देशमा जन्मिन पाएकोमा गर्व लाग्छ भन्ने लेखिएको पाइयो ।
यसरी इतिहास र धार्मिक आस्था माथी नागों अपब्याख्या भइरहेको छ । बुद्ध नेपालको इतिहास हुन् र नेपालको पहिचान पनि । यसलाई विश्वमा स्थापित गर्न हामी नेपालीको लडाई जारी रहेको छ । फेसबुकमा होस् या बिभिन्न ब्लग बनाएर सत्यको पक्षमा सबैले आवाज बुलन्द बनाइरहे । असख्य पत्र र निवेदनका आधार तथा गुगलको अध्ययनले गौतम बुद्धको वास्तविक जन्मस्थान नेपालको लुम्बिनी नै भएको पुष्टि गरिदियो । नेपालीहरुको अथक प्रयास र योगदानले आखिरमा एक ठाउँमा भएपनि सत्यको जित भएको छ । यसबाट भारतको कुनियत धेरै हदसम्म पछारिएको छ । यो लडाईमा हरतरहले सहयोग गर्नेहरुलाई हार्दिक धन्यबाद र बधाई ।।।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।