जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

बिबाहले गर्दा घरै छाडिन् बालिकाले

बालबिबाहको कारणले नेपालमा धेरै खालका समस्याहरु देखिन्छन् । सामाजिक सभ्यताको लागि यो एउटा कलकं हो भने बालबिबाहबाट ति बालबालिकाको मनस्थिती, जीवन र स्वास्थ्यमा पर्ने असर त अपुरणीय हुन्छ । यो विसङ्गतीबाट अहिले पनि प्रताडित हुनेको संख्या निकै नै ठुलो छ । भर्खर मात्र सुर्खेतमा यस्तै सभ्यतालाई चुनौती दिने घटना भएको छ । आफ्नो असामयिक बिबाहको तयारीबाट बच्न एउटी बालिकाले गरेको प्रयास तारिफ योग्य छ । तर उनको जस्तो समस्यालाई कसरी समाधान गर्ने समस्या हामीहरुको पनि हो । उनको यो ‘विद्रोह’लाई हामीहरुले समर्थन गर्न सकेमा र यसलाई सही हो भनेर समाजमा स्थापित गराउँन सकेमा मात्र यसले सही समाधान पाउँने छ ।

बालविवाहको दबाबमा परेपछि सुर्खेतकी एक बालिकाले घर नै छोड्नुपरेको छ। सुर्खेत बाबियाचौर–४ तिलकपुरकी १३ वर्षीया लक्ष्मी नेपाली बालविवाहको दबाबमा परेपछि घर छोडेर वीरेन्द्रनगरमा आई आफन्तकहाँ शरण लिन बाध्य भएकी छन्। आफ्नै गाउँका १९ वर्षीय विनोद विकले उनलाई विवाहको प्रस्ताव राखेको र त्यो प्रस्ताव अस्वीकार गर्दा जबर्जस्ती विवाह गर्ने धम्की आएपछि लक्ष्मी घर छोड्न बाध्य भएकी हुन्।


कक्षा ५ मा अध्ययनरत लक्ष्मीले पढेर ठूलो मान्छे बन्ने इच्छा भए पनि जबर्जस्ती विवाह गरिदिन लागेपछि आफू अन्योलमा परेको दुःखेसो गरेकी छिन्। उनले आफूलाई विवाहको प्रस्ताव राख्ने केटाले आफूलाई जहाँ गए पनि नछोड्ने चेतावनी दिएकाले आफूलाई सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गरेकी छिन्।


यता सोलीघोप्टे बाल नेटवर्कले उनलाई सहयोग गर्न समाज जागरण स्याकसँग आवश्यक पहल गरिरहेको जनाएको छ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।