जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

हलिउड अभिनेत्रीको सम्पत्ति नेपालीलाई


साँचो नेपाली मनको पुरस्कार
वर्षौंको सेवा र वफादारीको इनाम के हुनसक्छ? नेपाली मूलका अमेरिकी इन्द्र तामाङ उदाहरण बनेका छन्। पहिले घरायसी कामदार रहेका तामाङ अहिले आफै लगभग एक करोड डलर मूल्यको धनसम्पत्तिका मालिक भएका छन्। उनलाई यी सबै सम्पत्ति गत वर्ष ९८ वर्षको उमेरमा निधन भएकी हलिउड फिल्म अभिनेत्री रुथ फोर्डबाट प्राप्त भएको हो। रुथको महल न्युयोर्क सिटीका भव्य महलहरूमा गनिन्थ्यो। रुथको महलसँगै उनका भाइ लेखक तथा फिल्मकर्मी चार्ल्स हेनरी फोर्डको पनि घर छ। सन् २००० मा निधन हुनुअघि चार्ल्सले उक्त घर रुथलाई सुम्पेका थिए। ती दुवै महलका बगैंचा, भान्सा र बैठकमा तामाङले ३५ वर्ष सेवा गरेका थिए र अहिले दुवै महलको स्वामित्व उनमा आएको छ। ‘म एकदम खुसी छु, आफूलाई सम्मानित महसुस गर्दैछु र मालिकहरूको उदारतादेखि निकै प्रभावित छु,’ तामाङले भने। लगभग एक करोड अमेरिकी डलरको मूल्यांकन गरिएको सम्पत्तिमा दुई घर र ती घरभित्र झुन्डिएका दुर्लभ चित्रहरू समावेश छन्।
सन् १९३७ मा बनाइएको रुथकै मुहारचित्र गत महिना १० लाख डलरमा बिकेको थियो। आफूले आफ्ना मालिकहरूसँग स्थापित गरेको दरिलो सम्बन्धका कारण सम्पत्ति पाएकोमा तामाङलाई आश्चर्य भने लागेको छैन। उनल भने, ‘यो मेरो लागि दोस्रो परिवारजस्तै हो र उहा”हरूले पनि मलाई परिवारकै हिस्सा ठान्नुभएको थियो।’
तर, सम्पत्तिसँगसँगै तामाङमाथि लाखौं डलरको करको जिम्मेवारी पनि सरेको छ। त्यसैले उनले दुईमध्ये एक भवनलाई बिक्री गर्ने सोच बनाइसकेका छन् र उनले अपेक्षा गरेको मूल्य हो, ४५ लाख डलर। तामाङ अहिले क्विन्सको छुट्टै घरमा १० वर्षीया छोरी र पत्नीसँग बस्छन्। ‘जहाँ तिम्रो छाना, खाना र नाना छ, त्यहीँ खुसी हुनुपर्छ,’ तामाङले भने। तामाङ नेपालका एक किसान परिवारबाट २२ वर्षको उमेरमा अमेरिकामा प्रवेश गरेका थिए। ‘मैले मेरो बुबाको घर र दुई बच्चालाई घरमा छाडेर अमेरिकामा आई काम गर्न थालेको हुँ,’ उनले सुनाए।
हलिउडमा ५० वर्ष बिताएकी अभिनेत्री रुथ फोर्डको सन् १९४० को दशकमा अभिनेता पिटर भ्यान इकसँग पहिलो बिहे भएको थियो। तर, त्यो सम्बन्ध लामो समय नटिकेपछि उनले अर्का फिल्म कलाकार जाकारी स्कटसँग बिहे गरेकी थिइन्। स्कटको पनि १९६५ मा निधन भएको थियो। रुथले आफ्ना छोरी र नातिनातिना हुँदाहुँदै सबै धनसम्पत्ति तामाङको नाममा सुम्पिएकी हुन्। रुथले पहिलोपटक सन् १९३८ को ‘टुमच जोनसन’ र पछिल्लोपटक १९८५ को ‘टु स्केयर्ड टु स्क्रिम’मा अभिनय गरेकी थिइन्।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।