जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

पानीफोटो सुरु भयो है


पानीफोटोमा तपाईलाई स्वागत छ । आशा गर्दछु, यो ब्लग तपाईको Internet Surfing को साथी हुनेछ । यो खुल्ला मञ्च हो । तपाई पनि यसको साझेदार भइसक्नु भएको छ । कृपया नियमितता दिदै गर्नु होला है ।

 के हो पानीफोटो ?
हामी कतिका लागि पानीफोटो शब्द नयाँ लाग्न सक्छ । म आफुले पनि गुरुकुलमा यही नामको नाटक हेरे पछि मात्र पहिलोपल्ट यो शब्द सुनेको हुँ । यसका लेखक खगेन्द्र लामिछाने  हुन् । पानीफोटो नेपाली भाषाको शब्द हो ।
जसलाई हामी बोलचालको भाषामा नेगेटिभ भन्छौ जसलाई धुलाएर फोटो निकालिन्छ । जसरी एउटा पानीफोटोले असख्ंय फोटोहरु निकाल्न सक्छ, त्यसरी नै यो पानीफोटोले असख्ंय साझेदारहरु बनाउँन सक्छ र सबैमा केही न केही छाप छोड्न सक्छ भन्ने आशाको साथ सुरु गरेको छु । यसमा तपाई पनि साथ दिनु हुन्छ नि ।

 किन पानीफोटोमा सहभागी हुने ?
यसमा लेखिएका सम्पुर्ण कुराहरु मुलतः व्यक्तिगत हुन् । यो कुनै संस्था वा समाचारको वास्तविकता हुनै पर्छ भनेर ठोकुवा गर्ने आधारहरु नहुन सक्छन् । यसैले आधिकारिक धारणा बुझ्न यो ब्लग सहि नहुन सक्छ । तर, एक आम नागरिकका लागि दैनिक जीवनका साधारण तथा असाधारण बिषयहरुमा रहेका धारणाहरु यसले प्रकट गर्ने छ । यी धारणाहरुसँग सहमत हुने र असहमती हुने अनि प्रकट गर्ने तपाईको अधिकारको पानीफोटोले प्रत्याभुती गर्ने छ ।
यसैले कुनै विषयवस्तुमा खुल्ला छलफल चलाउँन यो ब्लगले तपाईको सहयोग गर्ने छ । तपाईले आफ्ना विचारहरुलाई सभ्य र श्लिल तरिकाले यहाँ प्रकट गर्न सक्नु हुनेछ ।

पानीफोटोमा के हुन्छ ?
पानीफोटोमा हामीले चाहेका सबै बिषयबस्तुहरुको लागि समान ठाँउ हुन्छ । कसै प्रतिको आग्रह तथा पुर्वाग्रह यसमा सकेसम्म कम गरिने छ ।(तर, सुनेको छु आग्रह र पुर्वाग्रह बिनाको मान्छे हुदैन रे ।) मुख्य कुरा यहाँ सबैका कुरा अटाउँन सक्छन् ।


1 comments:

bikas said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ok.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।