जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

हाम्रो सुरक्षा, भगवान भरोसा


केहि समय अगाडी लुटेराहरुले बडो हार्दिकता देखाउँदै पुर्व डिआईजीको घरमा लुटे अनि लौ आइयो, दुख दिईयो यस्तै हो माइन्ड नगर्नु होला भन्दै हात मिलाएर गएर अपराधीहरुको उच्च मनोबलको सन्देश दिएकै थिए । यसबाट हामीले हाम्रो सुरक्षा कति सम्म गए गुज्रेको छ अनि अपराधीहरु कतिको सबल छन् भन्ने आंकलन गरेका थियौ । आज त झन् अति भयो, कारागारमा सजाय काटिरहेका कैदीलाई कैदी भेट्ने बहानामा गएर गोली नै चलाईयो । यो देख्दा अब हाम्रो सुरक्षा भगवान भरोसा नभनेर के भन्ने ?

आज दिनदहाडै एक जना भारतिय नागरिकले नेशनल टि.भी. का सञ्चालक युनुस अन्सारीलाई कारगारमा गएर गोली चलाएका छन् । उनको छाती दागेर हानेको गोली उनको हातमा लागेको छ । भारतिय सुपारी किलर जसजीत सिहं (तस्विरमा हेर्नुहोस्)ले पन्ध्र लाख सुपारीमा उनको हत्या प्रयास गरेको रहस्य खुलेको छ । यी सुपारी किलरले भारतमा चार हत्या गरिसकेको पनि प्रहरीले बताएको छ ।

जसजीत सिंहले अर्का कैदी चाल्र्स शोभराजलाई भेट्ने निहु बनाएर कारागारको सुरक्षा घेरा नाघेका थिए रे । कैदीलाई भेट्न दुई ठाउँ चेक जाँच हुन्छ । खैनी, सुर्ति, मोबाईल आदि पनि लान नहुने ठाउमा एक अपराधीले कसरी पेस्तोल लिएर गए ? यो जटिल प्रश्न हो । ठुलो रकमको खेलवाड नभए सम्म त्यहाँ सम्म हतियार पुर्याउँन असम्भव छ । तर प्रहरी उनले गुप्ताङ्गमा पेस्तोल लुकाएर लगे भन्ने लज्जाजनक उत्तर दिएर बसेको छ ।

कारागारमा भएको पेस्तोल आक्रमणको खबर दिन पत्रकार सम्मेलन गरेका प्रहरीले निकै बेर अपराधीलाई बाहिर ननिकाले पछि पत्रकारहरुको व्यापक दवाव पछि मात्र उनलाई सार्वजानिक गरिएको थियो । यसबाट पनि अनुमान लगाउँन सकिन्छ, यो काण्डमा पैसाको निकै ठुलो खोलो बगेको हुनु पर्छ ।

युनुस अन्सारी कस्ता मान्छे हुन् ? या उनका के अपराध थिए ? यो अहिलेको प्रश्न होइन । हाम्रो सुरक्षा अवश्था कति टिठ लाग्दो भएको छ । अनि, प्रहरी कति अनुत्तरदायी भएको छ । यसको खोजखबर आजको मुल बिषय हो । कारागारमा नै गोली चल्नुले हाम्रो वास्तविक सुरक्षा अवश्था देखाएको छ । पैसाको आडमा जति सुकै ठुलो अपराध गर्ने जो कोहीलाई कानुनको दायरामा ल्याएर कारवाही गर्नु पर्छ । यो आजको माग हो ।

अन्सारीका बाबुले भने झै युनुस काण्डमा भारतिय दुतावासको हात छ भने त्यसको पनि अनुसन्धान गरिनु पर्छ । दुई जना जवानलाई कारवाही गरेर हनुमानले पर्वत बोके जस्तो बहादुरी देखाउँनु मुर्खता र अनुत्तरदायीत्व केहि होइन ।

हामीले बुझेका छौ । दुइ जना जवानलाई कारवाही गरिसक्यो । अब एउटा समिती बन्नेछ । जसजीत भारत तिर लाग्नेछन् । पैसा अगाडी सारा सत्य लुक्ने छ । आखिर कहिले सम्म यस्तो हुन्छ । के हाम्रो नियती नै यही हो ? के हामी हाम्रो सुरक्षा भगवान भरोसा भनेर नै बसिरहनु पर्छ ?


“युनिस अन्सारीलाई गोलि हानेको सम्बन्धमा प्रहरीको प्रेस विज्ञप्ति”

घटना विवरण :–
मिति २०६७।११।२६ गते, बिहान ११:३० बजे को समयमा जगन्नथदेवल स्थित केन्दीय कारागारमा खोटा चलन मुद्धामा कैद भुत्तान गरी रहेका युनिस अन्सारीलाई आफन्तहरुलाई भेटधाट गरीरहेको अवस्थामा अर्का कैदि चाल्र्स सोभराजलाई भेट्ने बाहाना गरी सोही स्थानमा गई रिवलवर द्धारा युनिस अन्सारी माथि गोलि प्रहार भई घाईते भएको हाल नार्भिक अस्पतालमा उपचार्थ ।

पक्राउ अभियुक्त:–
१ नाम :– विजय भन्ने जसजीत सिंह
उमेर :– ४२ बर्ष
बाबुको नाम :– सुखविन्द्र सिंह
ठेगाना :– ४७ सरोजनि नगर लखनउ, कानपुर रोड उत्तर प्रदेश भारत

(नोट :– निज भारतमा कन्ट्याट किलिङ्गको काम गर्ने गरेको हाल सम्म निम्न उल्लेखित ब्यक्तिहरु लाइ गोलि प्रहार गरेको) राम प्रसाद यादव (मृत्यु) ब्रिजेस सिंह (मृत्यु )पप्पु यादव (घाईते) सलिम मुस्तफा घाईते) र अनिल मेहता (घाईते)

फरार अभियुक्त
१. नाम:– सुरेस दुवेदि ( भारतिय नागरीक )
उमेर:– ३० बर्ष, ५.५ फिट, कालो वर्ण,दुब्लो
ठेगाना:– लखनउ उत्तर प्रदेश

२. नाम:– रामु दुवेदि ( भारतिय नागरीक )
उमेर:– ३५ बर्ष ५.२ फिट, कालो वर्ण,मोटो
ठेगाना:– लखनउ उत्तर प्रदेश

प्रारम्भीक अनुसन्धानबाट खुल्न आएका कुराहरु :–
1 February 2010 मा दुवै बाट अलि अध्यक्ष नाम गरेको ब्यक्तिले फोन गरी नेपाल गई कुनै ब्यक्तिको हत्या गर्न १५ लाख भारु अफर गरेको सो को २ दिन पछाडी भारतमा नै युनिस अन्सारीलाई मार्नको लागी सुपारी बापत एड्भान्स स्वरुप भारु सात लाख पचास हजार (७५००००) रुपयाँ बैंकमा पठाएको । यस कामको लागी भारतमानै भाथि उल्लेखित ब्यक्तिहरु संग भेट भएको ।
 मिति 5 February 2010 मा माथि उल्लेखित ब्यक्तिहरुले जसजित सिंहलाई कलङ्कीबाट लिई बोडे स्थित नारायण पाण्डे घरमा लगि राखेको ।
 २१ दिन पस्चात निजहरुले बोडे स्थित चन्द्रमाया खड्काको घरमा लगि राखेको ।
 काठामाण्डौ आए पस्चात निज जसजित सिंहले दैनिक केन्द्रीय कारागारमा आई चार्स सोभराजलाई भेटि सोही समयमा युनिस अन्सारीको सुराक गदै आएको ।

बरामद सामान
१ Made in England लेखिएको रिवलवर थान १ ।

२ Kf 325 & wl लेखिएको गालि थान ५ ।
३ Kf 325 & wl लेखिएको खोका थान १ ।


मिति २०६७।११।२६ गते ।

5 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हामी सुरक्षित हुनुको एउटै मात्र कारण छ, त्यो हो अपराधीहरुले अहिलेसम्म हामीलाई मार्न चाहेका छैनन् ।

nisha pradhan said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हामीलाई चाही एक छिन पनि बस्न नदिने उसलाई भने पेस्तोल नै लान दिने ।

Ran Bahadir Saru said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सुरक्षाको चोघेरा भित्रका सुरक्षित कैदिहरुलाई त खोजी खोजी मार्दा रहेछन भने हाम्रो के हालत ?होला धन्न हामीलाई कसैले दाग्दैननु र पो

Ran Bdr said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सुरक्षाको चोघेरा भित्रका सुरक्षित कैदिहरुलाई त खोजी खोजी मार्दा रहेछन भने हाम्रो के हालत ?होला धन्न हामीलाई कसैले दाग्दैननु र पो .

Ran Bahadur Saru said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हाम्रो सुरक्षा बयबस्था खत्तम छ भनेर भनि हाल्न पनि आफनै धोती खुस्केको जस्तो हुने तर बस्तबिकता भने त्यही हो ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।