जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

चिरन्जीवी वाग्ले खोरमा, भन्छन् "काठमाण्डौ चप्पल लाएर आ'को थेँ"

आठ बर्ष देखि शक्तिको प्रभावका कारण भष्ट्राचारमा परे पनि खुल्ला हिडिरहेका नेपाली कांग्रेसका नेता चिरन्जीवी वाग्ले अन्ततः खोरमा जाकिने भएका छन् । उनी पटक पटक मन्त्री भएका थिए भने नेपाली कांग्रेसको केन्द्रिय समितीमा २० बर्ष सम्म रहेका थिए । पदको दुरुपयोग गर्दै अकुत सम्पती थुपारेको अभियोगमा उनी कारवाहीमा परेका हुन् । उनलाई साथ दिने उनका छोरा देवेन्द्र वाग्लेलाई भने सर्वोच्चले रिहाइ दिएको छ । सर्वोच्चको त्यो फैसला पछि उनले हिजो राती बिबिसीमा आफु अन्यायमा परेको दावी गर्न भने छाडेनन् । के भने त वाग्लेले बिबिसीसँग ?


हिजो भष्ट्राचारको आरोप प्रमाणित गर्दै हर्जाना र बिगो सहित कैद गर्ने फैसला सर्वोच्चले दिए पछि उनले राती बिबिसी नेपाली सेवालाई अन्तर्वार्ता दिदै भने, "यो राजनीतिक प्रभावका कारण भएको फैसला हो । म अन्यायमा परेको छु । यो कानुनी राज्यको उपहास हो ।" उनले आफुले यो सम्पती कमाएको नभई छोराबुहारीले व्यापारबाट कमाएको भन्न छुटाएनन् । आफु देवतालाई विश्वास गर्ने भन्दै उनले देवताको नाममा आफु सफा रहेको पनि कसम खान भ्याए । तपाई पहिले नुवाकोटबाट चप्पल लगाएर आउनु भएको थियो रे भन्ने प्रश्नमा आफु चप्पल लगाएरै आएको अनि कहिलेकाँही खाली खुट्टा हिड्नु परेको पनि स्वीकार गरे । अब के गर्नु हुन्छ त भन्ने प्रश्नको जवाफ दिदै भने आफु अन्यायमा परेकै भए पनि सजाय काट्ने विकल्प नभएकाले जेलमा बस्ने बताए ।

हिजो प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठसहित न्यायाधीश खिलराज रेग्मीको इजलासले पटक पटक मन्त्री बन्दा अख्तियार दुरुपयोग गरी स्रोत नखुलेको सम्पति आर्जन गरे वापत् वाग्लेलाई १ वर्ष ६ महिना जेलमा हाल्ने सजाय सुनाएको हो । त्यति मात्र हैन, २ करोड ३ लाख जरिवाना र २ करोड ३ लाखबराबरको बिगो असुल गर्न पनि सर्वोच्चले आदेश दिएको छ । वाग्लेलाई १ वर्ष छ महिना कैद सजाय सुनाइएको भए पनि २०५९ सालमा अनुसन्धानका क्रममा एक महिना पाँच दिन हिरासतमा बिताइसकेको हुनाले अब १ वर्ष ४ महिना २५ दिन मात्रै जेलमा बसे हुने भएको छ । यो सर्वोच्चको अन्तिम फैसला हुनाले उनलाई खोरमा जाकिनु भन्दा अर्को विकल्प प्राप्त हुने छैन । उनले यही असोजमा मात्र अर्को बिहे गरेका थिए ।

यो फैसलाको असर कस्तो होला ?
जति भष्ट्राचार गरे पनि पावरका आडमा उन्मुक्ति पाउँने क्रम बन्द हुने हो कि भन्ने आश यसले देखाएको छ । पदमा हटेको एक बर्ष भित्र उजुरी पर्नु पर्ने भन्दै ढिलो उजुरी परेकाले खुल्ला भएका पूर्वमन्त्री गोविन्दराज जोशी, पूर्वप्रहरी महानिरीक्षकद्वय मोतीलाल बोहरा र अच्युतकृष्ण खरेललाई पनि कारवाही हुने बाटो खुलेको छ । आश गरौं, अब अझै भष्ट्राचारीका पोलहरु खुल्दै जानेछन् ।

अन्तमा सर्वोच्चको यो निर्णयको हार्दिक स्वागत ।

0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।