जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

जित्यो 'युद्ध' इन्डियाले


यसै त विश्वकपको सेमीफाईनल अनि त्यसमाथी भारत र पाकिस्तानको । जब क्रिकेट भारत र पाकिस्तानको बिचमा हुन्छ तब क्रिकेट एउटा खेल मात्र रहदैन । यसले खेलको परिधी नाघ्न थाल्छ । परम्परागत प्रतिद्धन्दीका रुपमा परिचित भारत र पाकिस्तानको खेल एउटा युद्धको सिमा भित्र छिरेको मानिन्छ । जित्नै पर्ने मानसिकताको बिच यी दुई मुलकुको खेल प्रतिष्ठाको लडाई बन्न पुग्छ । यसैले विश्वभरका क्रिकेटप्रेमी दुई भागमा बाँडिन थाल्छन् । मैले पनि यो खेल पाकिस्तानको तर्फबाट हेरेँ । किनभने मलाई लाग्छ, पाकिस्तानी खेलाडीहरुमा जुन क्षमता छ त्यसलाई विभिन्न खराबीहरुको कारण सँधै आघात पर्छ । ति असल, मिहिनेती र लगनशिल खेलाडीलाई आफ्नो देशलाई विजेताको लाईनमा उभ्याउँन र विश्व क्रिकेटमा आफुलाई सम्मान दिलाउँन यीनीहरुलाई जीतको खाँचो छ । यसैले यो हारले म चै दुखी छु । तर भारतले प्रदर्शन गरेको खेलको स्तरले भारतलाई हक लाग्थ्यो जितको । यसैले जित्यो । आज तपाईको अनुभव चै कस्तो रह्यो त ?



0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।