जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

भारत बन्यो विश्व विजेता


श्रीलंकाका मालिङ्गाको आक्रामक बलिङमा भारतिय हस्तीहरु सचिन तेन्दुलकर र विरेन्द्र सेहवाग बाहिरिए पछि सुरुवाती छड्का भारतले बेहोरेको थियो । आफ्ना दुई खेलाडीलाई सस्तैमा गुमाए पछि भारतिय खेलाडीको आत्मविश्वास डग्मगाएको प्रस्टै थाहा हुन्थ्यो । तर, अर्का खेलाडी गौतम गम्भिरको सम्हालिएको खेलले भारतको आत्मविश्वास मात्र बढाएन खेललाई जित उन्मुख बनाईरहन सफल भयो । १०० रन बनाउँन ३ रनले चुकेका गम्भिरकै कारण वास्तवमा भारत खेलमा फर्किएको थियो । अन्त्यमा, खेलको सुरुवातमा देखिएका अनेक आशकांलाई तोड्दै भारत २०११को एकदिवसिय विश्वकप क्रिकेटको विजेता बन्न सफल भएरै छाड्यो । भारतलाई द्रोसो विश्वकप विजयको लागि बधाई छ ।

श्रीलंकाले दिएको २७५ को मध्यम चुनौतीलाई उसले खेल सकिन १० बल बाँकी रहदै ६ विकेटको जित हासिल गरेको थियो । उसको विजयमा कप्तान महेन्द्र सिहं धोनीले अविजित ९१ रन बनाए ।

क्षेत्ररक्षण (फिल्डिङ) र बलिङमा जम्न नसके पछि श्रीलंका उपविजेतामा चित्त बुझाउँन बाध्य भयो ।


0 comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।