जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

म पूर्व मन पराउँछु


-रोजर गिरी-

पाँच बर्षको लामो अन्तराल पछि उसले मलाई पत्र पठाएछ । मैले त बिर्षीसकेको पनि थिएँ । उसले भने बिर्सेको रहेनछ । उसको पत्रले मलाई फेरि एकपल्ट स्कूल जीवनको सम्झना गरायो । मेरो स्कुल जीवनको एउटा भावुक, एकान्त प्रेमी र आस्तिक साथी थियो उ । कविता पनि लेख्ने गथ्र्यो । उसका कवितामा भुकम्पले ग्रसित वस्तीका कथाहरु अनि पहिरोले पुरिएका कलिला आत्माका व्यथाहरु हुन्थे । चित्रकारीतामा पनि उसको राम्रो हात बसेको थियो । उसले कोरेको चित्रभित्र कतै युद्ध मोर्चामा घाइते भएका सिपाहीका तस्विर हुन्थे भने कतै बुद्ध र जनकका तस्विर हुन्थ्यो । 





उसले एकदिन मलाई भनेको थियो, बुझिस् रोज, म मान्छेको विश्वास गर्दिन किनकी यिनै मान्छे हुन् एउटा पानामा हिरोसिमा र नागासाकीको इतिहास लेख्ने अनि यिनै मान्छेहरु हुन्, जसले अर्को पानामा आफ्नै सुन्दर वस्तीको छातीलाई युद्ध मोर्चा घोषित गरेर आफ्नै सन्ततीका मुटु माथि लडाकु विमानले आक्रमण गरेको समाचार छाप्ने । म त रोज, त्यो मान्छेको विश्वास गर्छु जसको व्यवहार बुद्धको जस्तो होस् अनि उसले बोल्ने शैली कवि या कलाकारको जस्तो होस् ।

रोज, मसँधै स्वतन्त्र भएर बाच्न चाहन्छु । म आफ्नै बाटोमा यात्रा गर्छु । मेरो यात्रा सँधै शान्तिको हुनेछ किनकी शान्तिमा नै माया, ममता, दया, स्नेह, धर्म र भक्ति, क्षमा र दान सन्निहित हुन्छ ।

रोज म सँधै पूर्व मन पराउँछु, पश्चिम होइन । किनकि पूर्वमा बुद्ध र जनक जन्मेका छन् र पश्चिममा नेपोलियन र हिटलर ..........।

उ यस्तै यस्तै कुरा गरिरहन्थ्यो मसँग । उसको कुरामा म पनि सहमत हुन्थें र त उसले मलाई साथी बनाएको थियो । 



उसलृ मलाई पत्रको साथमा आफ्नो एउटा तस्विर पनि पठाएछ । गेरु रंगको कपडा लगाएको, गलामा रुद्राक्षको माला लगाएको, दाह्री पालेको झट्ट हेर्दा कुनै योगी वा दार्शनिक जस्तो देखिने त्यो मेरो साथीको तस्विरलाई मैले धेरैबेरसम्म एकानासले हेरिरहें ....... ।


2 comments:

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

waaaah yes le ta kata kata mero future po dekhao

pratap rajbanshi said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

What is the meaning of this story? i didnot understand.

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।