-हरिहर शर्मा-
केही महिनाअगाडि टमी मर्यो । मेरो कुकुरको नाम टमी थियो । मेरो जन्मस्थानमा ऊ मरेको खबर यता मेरो कर्मस्थलनमा डेढ हप्तापछि मात्र सुनाइयो । तुरुन्त सुनाउँदा म विक्षिप्त हुन्छु भन्ठानी मलाई यो खबर ढिलो सुनाइएको रहेछ । यो कुरा दस वर्षे आयु बाँचेको कुकुरलाई मैले गर्ने मायासँग जोडेर हेर्न मिल्छ । म आफ्नो मूलघर वर्षमा एकदुईचोटी जान्छु । घर गएका बेला टमीको पक्ष लिएर बोल्ने, उसलाई पिट्न नदिने, बाँध्न नदिने आदि काम गर्दा अरुको प्रतिक्रिया हुन्थ्यो, ‘तँ केही समयको लागि घरमा आउँछस् र यसलाई बढी माया गर्छस् ।’ त्यसो त सबैबाट टमीले उति नै माया पाउथ्यो । मेरो भने पारा बेग्लै हुन्थ्यो ।
अक्सर कुकुरहरु वर्षायामको झरी होस्, चैतवैशाखको गर्मी वा पुषमाघको शीत; हरेक मौसममा गेटमा, आँगनमा वा अन्त कतै पत्तै नहुने गरी बस्छन्, सुत्छन्, भुक्छन् । टमी भने, न वर्षाको झरीमा भिज्यो, न ऊ शीतलहरमा कठ्याङ्ग्रिनु पर्यो, न चैतवैशाखको घाममा तात्तिनु पर्यो । घरमा हामी जसरी बस्छौँ, ऊ त्यसरी बस्यो । उसको छुट्टै ओछ्यान हुन्थेन, कहिले सोफामुनी बस्थ्यो, कहिले खाटमुनी, कोही नभएको मौका पारेर सोफामा समेत बस्थ्यो । यस्तै बेला ऊ गाली खान्थ्यो । जाडोमा उसको लागि पराल कोचिएको बोराको ओछ्यान बन्थ्यो । भैसीलाई खुवाउन स्टक राखिएको परालमा प्वाल बनाएर पनि बस्ने गथ्र्यो ऊ कैलेकाही ।
हाम्रो देशमा कति मान्छे यस्ता छन्, जसले दुईछाक खान पाएका छैनन्, नचुहिने छानामुनी सुत्न पाएका छैनन्, जीउ ढाक्न एकसरो लुगा पाएका छैनन् । यसरी हेर्दा टमीले औसत नेपालीभन्दा उपल्लोस्तरको जीवन व्यतित गरेको थियो । यो यथार्थले मलाई घोच्थ्यो पनि । उसलाई हामीले गर्ने माया र उसले देखाउने वफादारिताको बदलामा यी सुविधाहरु भने कमै थिए । टमी दुब्लो थियो, मजस्तै । ख्याउटे र अग्लो थियो, उसको जातै त्यस्तै थियो । उसलाई मांशाहारी खाना मन पथ्र्यो । उसकै नाममा हामी धेरै मासु खान पाउथ्यौँ ! भान्छामा सधैँ मासु पाक्थेन, मासु नभए ऊ भातै खान्थेन । वुवा भन्नुहुन्थ्यो, ‘अनसन बस्न जानिसक्यो यल्ले ।’ अमलेटमा भात मुछेर दिँदा उसले अनसन त तोड्थ्यो । तर अमलेट छानीछानी खान्थ्यो, भात खान्नथ्यो ।
टमी मरेको खबर पाएपछि उसको मृत्युकथाबारे जिज्ञासा राख्दा थाहा पाएँ, ऊ मर्दा घरमा नरुने कोही भएनन् रे । सबैभन्दा बढी घरमा काम सघाउने सहयोगी रोएको थियो रे । जबकि ऊ नै थियो, ज्यूँदो छँदा टमीलाई सबैभन्दा बढी गाली गर्ने । मरिसकेपछि, मर्नेलाई बाँच्नेलाईभन्दा बढी सम्मान र इज्जत दिइन्छ भन्ने कुराको प्रमाण पनि हो यो तथ्य । टमी मरेपछि घरको विरालो एक्लो भएको छ रे । कुकुर र विरालोलाई नमिल्ने जात मानिन्छ । हामीकहाँ भने दुई प्राणी यति मिलेका थिए कि, तिनको मित्रता र सहनशीलता अचम्म्लाग्दो थियो । कुकुरलाई मासु चाहिने, विरालोलाई दुध–दही । त्यसैले पनि दुईबीच झगडा हँदैनथ्यो ।
आजको आधुनिक मान्छे, ‘प्रकृतितिर फर्क’ भन्दै प्राकृतिक जीवन बाँच्न प्रयासरत छ । वातावरण र वन्यजन्तु जोगाउने अभियान विश्वव्यापी रुपमा चलिरहेका छन् । जङ्गली जनावरको समेत संरक्षण हुनुपर्छ भन्ने आवाज उठिरहेको छ भने, घरपालुवा जनावरको पालन र संरक्षण प्राथमिकताको विषय हुने नै भयो । खासमा, घरपालुवा जनावरले हाम्रो दैनिकीलाई सन्तुलनमा राख्न ठूलो भूमिका निभाएका हुन्छन् । गाईभैसीले दिने पोषण, राँगागोरुले दिने श्रम, कुकुर र विरालोले दिने सुरक्षा र शोभा; सबैको विशेष महत्व छ । यस्तो अभ्यास सहरीयाभन्दा ग्रामीण क्षेत्रमा बढी देखिन्छ । घरपालुवा जनावरसँग गाँसिएको भावनात्मक सम्बन्धको महत्व झन् विशिष्ट छ । तिनले हाम्रो मानसिक स्वास्थ्य चुस्त राख्न अहम भूमिका खेलेका हुन्छन् ।
हरेक वर्ष जब म आफ्नो घरमा दसैँतिहारताका जान्छु, वुवाआमासहित परिवारका सबै बरण्डामा बसिरहनु हुन्छ, मलाई स्वागत गर्न । म गेटबाट मुस्कुराउँछु, वहाँहरु बरण्डाबाट मुस्कुराउनुहुन्छ । तर मेरो कुकुर टमी वरण्डामै सीमित रहन्नथ्यो । फलामे गेट खोल्दा आउने आवाज सुन्नेवित्तिकै ऊ ममाथि झम्टिन आइपुग्थ्यो । उसको झम्टाइमा म स्नेह र सम्मान पाउँथेँ । म पनि उसलाई सुमसुम्याउथेँ । मलाई गेटदेखि वरण्डासम्मको पचास मिटर दुरी तय गर्न डेढदुई मिनेट लाग्थ्यो । ‘टमी ! भयो, अब भयो’ भन्दै म थप्पड हानेको अभिनय गर्थे, ऊ हच्किन्थ्यो । म अगाडि बढ्थेँ, ऊ फेरि लुडिबुडी गर्दै आइहाल्थ्यो । अब उप्रान्त पचाँस मिटरको दुरी पार गर्ने क्रममा टमी मेरो साथ हुनेछैन । र पनि, म केही छिन उभिनेछु र उसलाई सम्झिनेछु । वरण्डामा परिवारका सबै सदस्य हुनेछन्, आँसु खसाल्न म सक्नेछैन । तर मेरो मन पक्कै रुनेछ ।
आज कुकुरतिहार । कुकुरतिहारको दिन म मेरो प्यारो कुकुरलाई करुणापूर्वक सम्झदैछु । यो पटकको मेरो तिहार मेरो वफादार कुकुरविना बित्दैछ ।
कुकुरको कला हेर्न तल क्लिक गर्नुहोस्

2 comments:
हरिहरजी तपाईको लेखहरु म विभिन्न पत्रपत्रिकामा तथा पानीफोटोमा पनि हेर्दछु । तपाईको लेख निकै राम्रो लाग्छ । यो लेखमा तपाईले जनवारको प्रति देखाउँनु भएको माया थप उदाहरणिय र प्रेरक लाग्यो ।
सबैले जनवारहरुलाई यसरी नै माया गरे पशुबध र बली हट्ने थियो ।
कुकुरहरु साँच्चै नै प्रिय हुन्छन् । कुकुर तिहारमा कुकुरको पुजा गर्दा मलाई हाम्रो संस्कतिप्रति थप गौरव लाग्छ । हरिहरजीको लेख पढ्दा मलाई त्यस्तै मानवताको झल्को लाग्यो । किप इट अप है ।
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।