जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

राकेश सुद तह लागेकै हुन् त ?

paniphoto rakesh sud
-सूर्यनाथ उपाध्याय-
भारतिय राजदुत महोदयले बल्ल परराष्ट्र मन्त्रालय मार्फत प्रधानमन्त्रीलाई भेट्ने कुटनीतिक मर्यादाको पालन गर्नुभएछ । प्रधानमन्त्री वा मन्त्रीले आफ्नो मर्यादामा बसिदिए अरुले पनि बाध्य भएर मर्यादा भित्र बस्नुपर्दो रहेछ भन्ने उदाहरण पनि यस भेटले प्रस्तुत गरेको छ । आशा गरौं अबदेखि यस्तो मर्यादा राजदुत महोदयले र हाम्रा मन्त्रीहरुले पालना गर्नेछन् । (अरुबेला कुर्लिएर सबैका सामु पर्ने सुदले यो भेटमा भने गन्गन गरेको समाचार मार्फत थाहा भएको छ । कुटनीतिक मर्यादा बाहिर गएर व्यबहार देखाएको भनेर नेपाल र उनकै देश भित्र पनि विवादमा तानिएका राजदुत सुदको उनको देशले मन नपराएको सरकारको प्रधानमन्त्रीसामु गरेको गन्गनको कारण यस्तो थियो ।)




राजदुत महोदयले प्रधानमन्त्रीसितको भेटमा आफुलाई विभिन्न भागमा कालो झण्डा देखाएको र माओवादी कार्यकर्ताले विरोध गरेकोमा गुनासो गर्नुभएछ । वास्तवमा कुनै पनि विदेशी कुटनीतिक नियोगका प्रमुखलाई यस्तो गर्नु अभद्र व्यवहार हो । यस्तो गर्नु हुन्न । तर एकछिन विचार गरौ, यस्तो किन भइरहेछ ? यस्तो हुनुमा स्वयम् भारतिय राजदुतको काम गर्ने तौरतरिका पनि जिम्मेवार छ । दुई राष्ट्रबीचको कुटनीतिक सम्बन्ध राज्यबीचको औपचारिक सम्बन्ध हो । त्यस सम्बन्धलाई औपचारिक रुपले राज्य राज्यबीच राखिनु पर्छ । तर, भारतिय राजदुत महोदय यहाँका राजनीतिक दल र त्यसका नेताहरुसित विशेष सम्बन्ध राख्नुहुन्छ । उहाँलाई कुनै दल प्यारो छ र, कुनै छ्रैन । उहाँको देशका विशेष प्रतिनिधी यहाँका केही दलका नेता र केही वर्गका नेताहरुलाई एउटा समुह मानेर तिनीहरुलाई राजदुतावासमा बोलाएर विशेष मन्त्रणा गर्नुहुन्छ । र, सायद निर्देशन दिनुहुन्छ । यहाँको आन्तरिक राजनीतिमा प्रत्यक्ष हात हाल्नुहुन्छ अनि त्यसको परिणाम स्वभाविक रुपमा त्यस्तै नै हुने भयो ।

जब भारतिय राजदुत राकेश सुद गाउँगाउँमा आफुलाई मनपरेका विकास योजना बाँड्दै हिड्नुहुन्छ, कसैलाई काखा र कसैलाई पाखा गर्नुहुन्छ । सरकारले गर्नुपर्ने शिलान्यास र उद्घाटन आफै गर्दै हिड्नुहुन्छ अनि त्यसबेला कुटनीतिक मर्यादाको कुनै ख्याल गर्नुहुदैन भने त्यसको परिणाम यस्तै त हुन्छ ।



के उहाँको देशमा विदेशका राजदुतलाई यस्तो छुट छ ? बाहिरबाट देख्दा यो सहयोग नै हो तर यस्तो अमर्यादित सहयोगले जनताको मन जित्न र स्वभिमान खरिद गर्न सकिदैन । जहाँसम्म नेपाल सरकारको कुरा छ, उहाँको सरकारको दबाबको सामुन्ने एउटा गरिब र कमजोर देशको सरकारले के नै गर्नसक्छ र ? तर जनता त जनता नै हुन्, स्वभिमान त हुन्छ नै । भारतिय राजदुत महोदयले आफ्नो बानी सुधार्ने अनि सरकारले विदेशी राजदुतहरुलाई कुटनीतिक मर्यादा भित्र राख्ने गरेमा भारतको सम्बन्धलाई समुधुर बनाउँन सकिन्थ्यो कि !


6 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो लफडा त्यसै कहाँ सुरु भएको हो र ? सबैलाई हिरो हुनु पर्ने अनि । सबैले आफ्नो भुमिकामा रहेर काम गरे के नै हुन्थ्यो र ?

aasa bc said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

i hate indians just becouse of rakesh sud

रीना बिष्ट said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो सुद इन्डिया चै कहिले जान्छ ?

Rabin Aryal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

galiko fohora chhodnu parne sudlai ta. khai kina koe gali gardainan. dhanna maobadile garechhan khusi lagyo. runu parne rakesh shud ta

जीवन लामा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यसले त नेपाली नागरिकता नै लेला जस्तो पो छ त । नेपालको नेता जस्तो मोरो ।

Sarita Niroula said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ko dhoti taha lagne? bara barsa kukurko puchhar dhungroma rakhe jasto ho babai !!!

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।