जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

अनुजा बानियाँ, गायत्री शाह र 'पब्लिसिटी स्टण्ड'

आजको एक द्धैनिकमा छापिएको एउटा प्रतिक्रिया हेरौं ।
आफुले भेटाएको ९१ लाख रुपैयाँ फिर्ता गरेर उदाहरणीय काम गर्ने अनुजालाई धेरै धेरै धन्यवाद । मूल्य र मान्यता ह्रास हुँदै गएको कलियुगमा पनि लोभ मोहबाट मुक्त भएका यस्ता ईश्वरीय मान्छेहरु रहेछन् भन्ने जानेर धेरै खुसी लाग्यो । युगलराज भण्डारी, नेपालगञ्ज
अब त्यही द्धैनिकको त्यही पानामा प्रकाशित अर्को प्रतिक्रिया हेरौं ।
पहिले खुसी लागेको थियो कान्छी सभासद गायत्री शाह अनि विश्वास थियो युवाले युवाका लागि धेरै गर्न सक्छन् भनेर । तर आफ्नो हुर्मत आफै लिँदा पनि अफ्ठ्यारो नमान्ने, कौडीका लागि इज्जत बेच्ने सभासदको चर्तिकला देख्दा लाग्यो हामी कस्तो संस्कार भएका मान्छेलाई संविधान बनाउँने जिम्मा दिइरहेका छौ । घिन लाग्छ, देश र जनतालाई लुट्न पल्केकाहरु देख्दा । अब फेरि आफैलाई धिकार्न मन लाग्यो कि हामीले संविधान बनाउँन पठाएका मान्छेहरुको चरित्र कति तलसम्म गिर्न सक्दोरहेछ । पुण्य भण्डारी, काठमाण्डौं
दुई प्रतिनिधी पात्रहरु अनुजा बाँनिया र गायत्री शाहका लागि व्यक्त यी प्रतिक्रियाले समाजमा रहेका असल र खराब पात्रहरुको बारेमा प्रष्ट अन्तर देखाउँन काफी छ । संयोग यस्तो छ कि दुबैजना महिला हुन्, लगभग उही उमेर समूहका । तिनका क्रियाकलाप माथि प्रतिक्रिया जनाउँने दुबै पुरुष हुन् । तर दुई नारीले समाजमा दिएको सन्देशको अन्तर आकाश र जमिन भन्दा विशाल छ । र, यही अन्तरले जन्माउँछ असंख्य प्रश्नहरु । तिनै प्रश्नहरुको जवाफ र तिनीहरुको प्रयोगले दिशानिर्देश गर्न सक्छ सम्पुर्ण समाजलाई । तर कोसँग खोज्ने यस्को जवाफ ?



मानव विकाशक्रममा प्रत्यक्ष असर पार्ने कुरा हो मानवको सोचाई । समाजलाई कुन दिशा तिर लैजाने यसको निर्धारक पनि मानिस नै हो । मानिसको सोचाईलाई असर पार्ने धेरै कुराहरु होलान् । भन्नलाई त भनिन्छ, मानिसमा यति लोभ बढ्नुको मुख्य कारण पुँजीवादी सोचाई नै हो । मानिसहरु जुनसुकै बेला पैसाको पछि दौडिरेका छन् । कति पैसा चाहिने ? त्यो पैसाको आफुलाई कति उपयोगिता रहन्छ ? बाचुञ्जेल खर्च गरेर त सकिन्छ ? यी कुनै प्रश्नको जवाफ कोही चाहदैन । जसरी हुन्छ, सक्दो बढि पैसा आफ्नो बनाउँनुछ । यही धुनमा मानिस गिरेर कहाँबाट कहाँ पुगिसक्यो ? लेखाजोखा कोसँग माग्ने ? कुनै योगीको अन्तर्वातामा मैले पढेको थिएँ, सबै कुरा सन्तोषमा निर्भर छ । सन्तोष मान्न सके दिनमा ७ घरमात्र मागेर पनि खुसीसाथ बाँच्न सकिन्छ । असन्तोषीलाई त संसार भरिका पैसा उसको मात्र पारिदिए पनि खुसी हुदैन । यन्त्रको यो युगमा आत्माको यो आवाज त्यसै बिलाएर जान्छ, र गयो पनि ।

हामी सबै उस्तै छौ । हामीलाई सत्यको परिणामले मात्र असर गर्दैन । हामीलाई सत्यको परिमाण पनि चाहिन्छ । अनुजा भन्छिन्, मैले ठुलो काम केहि गरेको छैन । मलाई अरुको सम्पतीले लोभ उत्पन्न गराउँन सक्दैन । मैले पहिले पनि यस्ता धेरै काम गरिसकेको छु । तर हामीलाई यो घटनाले हामीबिच निकै चर्चा पायो । कारण, परिणाम थिएन । परिमाण हो । हामी लोभी छौ । हामीलाई अझै पनि पत्यार लाग्न गा¥हो भइरहेको छ । कसैले यति धेरै पैसा भेटेर पनि फिर्ता गर्छ ? कुनै पब्लिसिटी स्टण्ड होला ।




धन्य, अनुजा कुनै चिरपरिचित नाम थिएन । कुनै चिरपरिचित नामले यसो गरे हामी कुनै हालतमा पनि यसलाई 'पब्लिसिटी स्टण्ड' भन्दा माथिल्लो कोटीमा राख्न दिने थिएनौं सायद । यसको एक मात्र कारण हो, हाम्रो लोभ । हाम्रो गुमेको नैतिकत । हाम्रो लोभले हामीलाई यो पत्याउँन दिइरहेकै छैन । कतिलाई त लागेको होला, मैले कस्तो नभेटेको । त्यही बसमा यात्रा गरेका अरुलाई कस्तो थुकथुकी लागिरहेको पनि हुन सक्छ । अनि, यस्तो समाजका उत्पादनहरु गायत्री शाह जस्ता नभएर अनुजा जस्ता हुन्छन् त ? अनुजालाई यसैले हामी इश्वरीय भन्छौ । खासमा यो मानविय हो । मानवले नै अर्को मानवलाई पर्ने असर विचार गरेर यति उत्तम कदम उठाउँन सक्छ । आजभोली हामी मानव रहन छोडेका छौ । यसैले कुनै मानवलाई देख्यौं भने हामी इश्वरिय मान्न थाल्छौं । उदाहरणस्वरुप अनुजा हाम्रो अगाडी छिन् ।


4 comments:

sharmila bhattarai said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

there is vast different between anuja baniya and gayatri shah, like aakash and patal.
god blesh anuja

राघव नकर्मी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अनुजा बानियाँ देशको शान हुन् भने गायत्री शाह देशको दलाल बन्ने हैसियत राख्ने महिला ।

Bikram Baral said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

different..............dherai different.

अर्जुन बस्नेत said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यस्तो पनि कँही हुन्छ ? ९१ लाख पनि कसैले फिर्ता दिन्छ ? म त पत्याएदिन यार।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।