जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

राजिनामा नै अन्तिम दण्ड नबनोस्


अन्तत: छानविनमा 'सजिलो बनाउँनका लागि राजिनामा दिएको' भन्दै तिन देशका नागरिक अर्थराज्यमन्त्री ल्हारक्याल लामाले पदबाट राजिनामा दिएका छन् । लामाले तिनदेशबाट नागरिकता त लिएका थिए, थिए । अमेरिका गएकाबेला एक अमेरिकन महिलाको पचास हजार अमेरिकी डलर चोरेको, स्वतन्त्र तिब्बतका क्रियाकलापमा सहभागी भएको तथा चिन र तिब्बतको लागि दोहोरो सुराकी गरेको आरोप पनि छ । आरोप प्रमाणित भइसकेको नभए पनि उनका पाँच वटा आधिकारिक नामहरु सार्वजानिक भइसकेका छन् भने उनले तिन देशबाट नागरिकता लिएको प्रमाणित नहोला भन्ने सम्भावना पनि एकदमै न्यून छ यसबाट उत्पन्न चौतर्फी दवावबाट उनले राजिनामा दिएका हुन्, यो कुरामा कुनै द्धिविधा छैन । खाली द्धिविधा यो कुरामा हो कि उनले अपराध गरेका हुन् भने उनले दण्ड पाउँने हुन् कि होइनन् । हामी भर्खर लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका छौ । यसलाई संस्थागत गर्न हरेक अपराधीले सजाय पाउँनै पर्छ । राजिनामा दिनु या गराउँनु नै अन्तिम दण्ड नहोस् । पद, पैसा र शक्तिको आडमा कोही कानुनबाट बच्न नसकुन् । के उनको आरोप प्रमाणित होला ? आरोप प्रमाणित भए कारवाही होला ? तपाईको विचार के छ ? लेख्नुहोस्




4 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

नेपालमा अपराध बढ्नुको मुख्य कारण नै दण्डहिनता हो । लामाको ब्यकग्राउण्ड हेर्दा उनको पावर मज्जाले देखिन्छ । र, नेपालमा पावरको अगाडी कसैको केहि चल्दैन । उनले राजिनामा ठोके यही सजाय हो ।

nabin rijal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

jasko sakti usko vakti. kasaile kehi garna sakdaina lama lai. chor fataha lama. yaslai ta desdrohi ghosana garnu parne

राजाराम पाण्डे said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मेरो विचारमा लामालाई कारवाही हुदैन । उनको अपराध प्रमाणित नै नहुने हुन्छ । नेपालमा सँधै यस्तै हो । ठुलाबडालाई कहिले पो कानुन लागेको थियो र ? माओवादीको जनअदालतमा बाहेक ।

अर्जुन बस्नेत said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राजिनामा दिए यही ठुलो कुरा हो साथी । लामासँग टन्नै पैसा छ । तिनलाई कसैले केही गर्दैन ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।