जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

यस्तो पनि SMS, यो पढ नत्र दुर्भाग्य होला !


sai ram

म सानै छदा एकपटक कता कताबाट मेरो हातमा एउटा पत्र आयो जसले मेरो बालमस्तिष्कमा निकै ठुलो दवाव दिएको थियो । पत्र धार्मिक प्रकृतिको थियो । लेखिएको थियो, एउटा मन्दिरमा सर्प आयो अनि पुजारीलाई चिठी बाड्नु भन्यो । पुजारीले बाड्यो । पुजारी धनि भयो । यही सिलसिलमा पत्रमा थपिएको थियो । एउटा व्यापारीले पत्याएन अनि चिठी पढेर फालिदियो । त्यही रात उसको पसलमा आगो लाग्यो अनि एक्कासी छोरो पनि म¥यो । यस्तो लेखेको पत्र मेरो हातमा कुन साथीले थमाईदियो, मैले थाहै पाइन । फाल्यो भने मरिन्छ भनेर मैले अरुलाई दिन अनेक उपाय लगाएँ तर पहिले नै बल्ल बल्ल सल्टाएर खुसी भएका कुन चै साथी फेरि फस्थ्यो र ? मैले कसै गरे पनि स्कुल छुट्टि हुँदासम्म पत्र मेरो हातमै रह्यो । किताबमा चेपेर रुदै घर हिडें । मेरो गाउको एकजना दाईले थाहा पाएर केहि हुदैन भन्दै त्यो पत्र फालिदिए । राती केहि भइहाल्छ कि भनेर त्यो रातभर म डराएर ननिदाई झर्लगं पारे । अहिले फेरि त्यस्तै सन्देश आएर हैरान पारिसक्यो, केहि सन्देशहरु यस्ता छन् । 




२७.४.२०११ साइबाबाको जन्मदिन । कृपया यो सन्देश नमेटाउनु होला । यो सन्देश रात पर्नु अगाडि १५ जनालाई पठाउँनुहोला । तपाईले शुभसमाचार सुन्न पाउँनुहुनेछ । यो सत्य हो ।
(27.4.2011 sai baba's birthday, plz don't delete this msg.send to 15 people, before night u'll hear good news. its true.)


साइबाबाले तपाईलाई कहिलै असफल पार्नुहुन्न । यो सन्देश १९ जनालाई पठाउँनुहोस्, तपाईले २४ घण्टा भित्र शुभसमाचार पाउँनुहुनेछ । यदि यसलाई बेवास्ता गर्नु भयो भने ९दिनमा दुर्भाग्य हुनेछ । यो सत्य हो । साइराम (original msg)
SaiBaba never fails U, Send this Msg to 19 person, U'll get Good News withn 24 hr. If U neglect it, Badluck within 9 days...Its true....sai ram.

साइबाबा सबैका मालिक एक । यो एसएमएस शिरडीबाट आएको हो । यसलाई ११ जनाकोमा पठाउँनुहोस् ३ दिनमा तपाईको मनोकामना पुरा हुनेछ ।(SAI BABA SAB KA MALIK EK. Ye sms shirdi se aaya hai. Ese 11 logoko forward karo 3 din me aapki manokamana puri hogi.)

जब ति दाइले त्यो पत्र फालिदिए उनलाई केहि भएन । अनि म कति मुर्ख रहेछु भनेर मैले पत्तो पाएँ । तर आजभोली मेरा मित्रहरु त्यहीबेलाको म जस्तै मुर्ख बनेर यस्तै कुरा पत्याएर प्रचार गरिरहेका छन् । सायद प्रविधिले गर्दा होला, एसएमएसको सहायता लिएका छन् । बितेका ५ दिन भित्र मैले ५० वटा भन्दा बढि यस्ता एसएमएस पाईसकेको छु । कुनै हितैषीको नाममा एसएमएस आउँछ, जब त्यो एसएमएस खोल्छु यस्तै प्रकृतिका सन्देशहरु हुन्छन् । म आजित भइसके । यो सबै भ्रामक कुराको पछी नलाग भनेर के सम्झाई रहनु ? नजान्ने अबुझ त तिनीहरु पनि कहाँ छन् र ?


तर यसलाई म एउटा सामान्य सन्देशका रुपमा चित्रण गर्दिन । सन्देशहरु सबैमा शुभसमाचारका कुराहरु मात्र छ्रैनन् । त्यहाँ नमिठो धम्की पनि लुकेको छ । कुनै निश्चित दिन भित्र यति मान्छेलाई नपठाए, दुर्भाग्य निम्तिन्छ या मर्न सक्छस् भन्नुको के अर्थ हुन्छ ? यो सरासर धम्की होइन ? कुनै बालबालिकाले यो सन्देश पाए उनीहरुको बालमस्तिष्कमा कस्तो असर पर्छ ? मोबाइलबाट यसरी एउटा सामान्य मान्छेलाई धम्क्याउँनुलाई शुभसमाचारको प्रेषण मान्न सकिने कुनै आधार छ ?

यसैले अन्तमा मेरा मित्रहरुलाई एउटा अनुरोध छ कि कृपया मलाई सञ्चो विसञ्चो सोध्नका लागि या कुनै भलाकुसारीका लागि मात्र एसएमएस गरिदिनुहोला । तपाईका मनमा भएका गुनासो सुन्न, पीर या खुसी बाड्न तपाईको यो साथी सँधै तपाईहरुका लागि उपलब्ध छ, तर यस्ता नचाइदा बकवास या कुनै किसीमका धम्की या चुनौति पढ्दा पढ्दा वाक्क भइसकेको मान्छे तपाईहरुको यो मित्रलाई अरु वाक्क नपारिदिनुहुन हार्दिक अनुरोध छ ।


6 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ठिक कुरो उठाउँनु भयो । म पनि हैरान भइसकेको छु । साथीहरुले धेरै पैसा कमाएछने र यस्तोमा उडाउँछन् भनेर चुप लागेको छु ।

ritika shrestha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

SaiBaba never fails U, Send this Msg to 19 person, U'll get Good News withn 24 hr. If U neglect it, Badluck within 9 days...Its true....sai ram.

nhuzaa said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Yesto sms.. pathaune haru murkha hun jo ajja pani andha biswas ma bachi raheka chan

अभिनव कसजु said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कहि नभएको जात्रा हाँडीगाउँमा । साइबाबा मरेको महिना दिन हुन लाग्दा पनि यी चै किन उफ्रेका होलान् ।

nanoo shrestha said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

I support abhinav

radesh said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

jpt sms hai

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।