जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

मारिए बिन लादेन, रोकिएला मृत्युमा हास्ने कुचक्र ?

बिन लादेन, जतिसमय बाँचे भयानक भएर बाँचे । उनको मृत्यु पनि उस्तै भयानक रह्यो । खास गरि अमेरिकीहरुका लागि र कट्टरपन्थी मुसलमानका लागि उनी एकैसमय राक्षस र देवता थिए । सन् २००१ को सेप्टेम्बर ११ मा उनका समर्थकहरु ट्विन्स टावरमा मानिस मारिएपछि नाचेका दृष्यहरु धेरै समय टिभीका स्क्रिनमा दोहोरिरहे । आज बिन लादेनको मृत्युको खबरले अमेरिकीहरु नाचेको दृष्य उसैगरि दोहोरिरहेको छ, टिभी स्क्रिनमा । कसैको मृत्युमा रमाउँनु पक्कै पनि मानविय होइन । प्रश्न उत्तिकै गम्भिर छन् । के यसले रोक्न सक्ला, पुन कसैको मृत्युमा निस्कने कहालीलाग्दो हासोलाई ? लादेन त मारिए, के रोकिएला मृत्युमा हास्ने कुचक्र ? जसले अर्थ जे लगाएपनि सामान्य मानिसका लागि ति दुबै हासो उत्तिकै भयावह छन् । 

हाम्रो इच्छा यत्ति हो, कसैको मृत्युमा खुसी मनाउँने यो चक्रको अन्त्य होस् । तर के यो सम्भव होला ?





कसरी मारिए बिन लादेन ?
पाकिस्तानको राजधानी इस्लामावादबाट करिब सय किलोमिटर उत्तरमा छ अब्बोत्ताबाद। त्यहाँको बिलाल क्षेत्रमा एउटा घर थियो जहाँ धेरैअघिदेखि जासुसी संयन्त्रले चियो गरिरहेको थियो। तीन तला अग्लो र वरपरका घरहरुभन्दा यो आठ गुणा अग्लो यो घर वरपर १८ फिट अग्लो पर्खालहरु थियो र माथि काँडेतार पनि लगाइएको थियो। त्यहाँ दुई सुरक्षा गेट थिए तर कुनै फोन र इन्टरनेट चलाइएको थिएन।
यही घरमा बसेका थिएन बिन लादेन आफ्नो परिवारसहित। ओबामा प्रशासनले जासुसी जानकारी पाकिस्तानलाई पनि बाँडेको थिएन। अमेरिकी सरकार कै थोरै मान्छेलाई मात्र लादेनलक्षित आक्रमण हुन लागेको बारे थाहा थियो।

त्यहाँ रहेका व्यक्ति बिन लादेन नै हो भन्ने पुष्टि भएपछि ओबामाले आक्रमण गर्न आदेश दिए। चार वटा हेलिकप्टरले आकाशबाट साथ दिएको थियो भने कतिको समूह भनिएको छैन तर सानो अमेरिकी समूह घरभित्र छिरेको थियो। ४० मिनेट भिडन्त भयो। लादेनले प्रतिकार गरे। टाउकोमा गोली लागेपछि लादेन मारिए। लादेनसँगै उनका छोरा पनि मारिए। पाँच जना त्यहाँ मारिएको पाकिस्तानी अधिकारीले बताएका छन्। मारिएका मध्ये एक महिला छिन्। केहीलाई बन्दी बनाइएको छ। छापा मार्ने क्रममा एउटा अमेरिकी हेलिकप्टर प्राविधिक कारणले दुर्घटना भएको थियो। पछि त्यसलाई सुरक्षाको कारण जनाउँदै अमेरिकी सेनाले नै नष्ट गरिदियो।


अमेरिका किन खुसी छ ?
उसकै राष्ट्रपतिको शब्दमा एक दशक लामो युद्धले सफलता पाएको छ । बिन लादेन अमेरिकाको मोस्ट वान्टेडको सूचिमा नम्बर एकमा थिए । उनलाई खोज्न भनेर अमेरिकाले अरबौं डलर मात्र बगाएन । त्यसको बदलामा अफगानिस्तान र पाकिस्तानका हजारौं निर्दोषहरुको मुल्यहिन मृत्यु भयो । नसोचिएको तरिका अपनाएर लादेनले अमेरिकालाई नराम्रो झट्का दिएका थिए । उसले भन्ने गरेको उच्चतम् सुरक्षा संयन्त्रलाई बेकम्मा बनाईदिएका थिए । यसैले आफ्नो नागरिकको मृत्युको बदला भन्दा पनि बढि आफ्नो राजनीतिक र सामरिक सामथ्र्य पुष्टि गरेको छ भने उसको दशक लामो युद्धले सफलता हाशिल गरेको छ । यसैले पनि उ खुसी छ ।

अमेरिकाको बुझाईमा लादेनको मृत्युसँगै अलकायदाको शक्तिमा ह्रास आएको छ । अमेरिकाका लागि संसारभर खतराको मुख्य कारण बन्दै आएको अलकायदाको शक्ति क्षिण हुनु अमेरिका लागि अर्को ठुलो सफलता हो । यसैले पनि उ खुसी छ ।

ओबामाको पुष्टि भिडियोमा हेर्नुहोस्

के अलकायदाको शक्ति घट्यो त  ?
यसका लागि एक वरिष्ठ अफगान आतंकवादविरोधी कार्यका अधिकारीको भनाई काफी छ । उनले बीबीसीमा अन्तवार्ता दिदै भनेका छन्,  यो ९लादेनको मृत्यु० सन् २००४, २००५ वा २००६ मा भएको भए बढी महत्त्वपूर्ण हुन्थ्यो होला( अहिले त निकै ढिला भइसक्यो। अब त प्रत्येक सडकमा एक जना बिन लादेन छ । यसैले अलकायदाको खतरा अझ बढेको छ । उनीहरु यति धेरै शक्तिशाली भइसकेका छन् कि अब उनीहरुलाई लादेनको त्यती ठुलो अभाव नखड्किन सक्छ । अहमद रसिदले बीबीसीलाई भनेका छन्( अल कायदाको अहिलेको नीति एक मान्छे एक बम छ। अमेरिका र युरोपका सबवे वा रेल स्टेसनहरुमा आत्मघाती आक्रमणको खतरा निकै बढी छ। विमान अपहरण, पश्चिमी सैन्य केन्द्रहरुमा बम आक्रमण र मध्यपूर्वका अमेरिकी दूतावासहरुमा पनि आक्रमण हुनसक्छन्। सुपरमार्केटमा भर्खरको जिहादीले बम राखेर पड्काउन पनि सक्छ । यसैले संसारमा कोही पनि सुरक्षित छैन । अमेरिकाले नै उसका सबै नागरिकलाई सतर्कता अपनाउँन निर्देशन दिइसकेको छ । यसबाट पनि बुझिन्छ, अमेरिकामा खतरा अझ बढि रहेको छ ।



अब के हुन्छ ?
लादेनले गरेको काम घोर निन्दनिय त छदै थियो । उनले बाँचुञ्जेल जुन संरचना र विचारका लागि काम गरे त्यो आगामी दिनका लागि झन् बर्बर र भयानक हुनेछ । तर अमेरिकाले लिएको बाटोले यसको कुनै अन्त्य दिन सक्ने छैन । ओसामा बिन लादेन मारिए पनि उनको ठाउँ अलकायदामा पक्कै रित्तो नरहला । यसैले युद्ध र मात्र युद्धबाट समाधान खोज्नु भन्दा अरु कुनै उपायले संसारलाई आतकंवादबाट बचाउँने छ । 


7 comments:

नवराज said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

लादेन मरेर बेठिक चै भएन तर नाच्नै चै नहुने, नाची हालेछन् छोडिदिम् ल ।

naran said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

लादेनले गरेको काम घोर निन्दनिय त छदै थियो । उनले बाँचुञ्जेल जुन संरचना र विचारका लागि काम गरे त्यो आगामी दिनका लागि झन् बर्बर र भयानक हुनेछ । तर अमेरिकाले लिएको बाटोले यसको कुनै अन्त्य दिन सक्ने छैन । good one

kabita lama said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

aruko mrityuma ramauna hunna kasaile pani. e american ta manchhae nai hainan

Nirmala Ghimire said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

teti ni tha 6ina ganesh kal aayera mariye ni bin laden.

Jivsin Mansingh Basnyat said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Dude the news are all over the world but not confirm yet..... and next thing ZIHAD never dies ... there is always next laden waiting for the massacre..............Stay safe.....................JMB

Sagar Raj Kunwar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

आज एउटा बिन लादेन मरेर के भो र? भोली अर्को बिन लादेन जन्मिहाल्छ। यहाँ बिन लादेन को शरीर पो छैन, उस्को आत्मा त कतै न कतै कुनै न कुनै रुपमा कसैमा पसेको होला। आखिर मान्छे मारेर मात्रै शान्ती हुदैन । मान्छे भित्रको शैतान लाई नै सखाप पर्नुपर्छ, अनी मात्र मान्छे शान्तिले बाँच्न पाउछ।

कर्मठ सुवेदी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

बिन लादेनले बिषको बोट रोपेर गएका छन् । शान्तिको नाममा शक्तिको अगाडि शिर निहुराउने कि प्रतिकारको नाममा निर्दोशका ज्यान लिरहने ? यो प्रश्न पनि हाम्रो सामु राखेर गएका छन् ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।