![]() |
यो कल्पनामा आधारित छ |
ओसामा बिन लादेनको मृत्युमा अझै पनि शंका गर्नेको संख्या निकै ठुलो छ । कतिले त अमेरिकी र पाकिस्तानी जासुसी संस्थाको कारणले भएको ट्विन्स टावर आक्रमणमा लादेन मोहोरा मात्र भएको भन्दै अब मोहोराको काम नभएर जानाजानी लादेनलाई मरिसक्यो भनेर लुकाएको पनि बताइरहेका छन् । यो पब्लिसिटी स्टन्ड मात्र पनि हुन सक्छ । जे भएपनि ओसामाको मृत्युमा शंका गर्ने अझै बाँकी छन् भन्नेकुराको यसले पुष्टि भने गर्दछ । ओसामाको मृत्युलाई धेरैले स्पाम फैलाउँने आधार बनाएको तपाईलाई थाहा छ, छैन । अहिले फेसबुक, ट्विटर, युट्युब जस्ता सामाजिक सञ्जालका वेभसाइटहरुमा लादेनको मृत्युको भिडियो भनेर लिंकहरु छ्यास्छ्यास्ती भेटिन थालेका छन् । अमेरिकाका केहि अधिकारीहरुले पनि ओसामाको मृत्युको भिडियोको सार्वजनिकरण गर्ने बारेमा केहि बताएका छन् । लादेनको मृत्युको भिडियोको सत्यता भने यस्तो छ
सामाजिक सञ्जाल साइटमा ओसामाको मृत्युको भिडियो
लादेनको मृत्यु हुने बित्तिकै देखि कतिपय सामाजिक सञ्जालका साइटहरुमा लादेनको भिडियो हेर्ने हो ? भनेर लिंक दिने गरेका छन् । ति लिंकहरुमा विकिलिक्सले सार्वजनिक गरेको, सीएनएनको भिडियो भन्दै प्रमाणित गर्ने कोशिस पनि गरिएको हुन्छ । तर ति सबै फेक हुन् । यसबारे थप बुझ्न यहाँ क्लिक गर्नु होला ।
बिन लादेन मारिएको एनिमेटेड भिडियो
हिजो धेरै साइटहरुले लादेनको मृत्युको एनिमेटेड भिडियो बनाएर आफ्नो साइटमा राखेका थिए । त्यस्ता भिडियोहरु watch laden death, laden death video, killed usama, killed osama, video of osama death जस्ता नाम दिएर राखिएका छन् । त्यसमध्ये हिजो खुबै हेरिएको यो भिडियो यहाँ राखिएको छ । यसलाई ताइवानको एनएम टिभीले बनाएको हो ।
अमेरिकाले के भन्छ
ओसामाको मृत्युदेखि अन्त्येष्टिसम्मको भिडियो ह्वाइट हाउससँग सुरक्षित रहेको भने पुष्टि भइसकेको छ । तर यसलाई सार्वजनिक गर्ने या नगर्ने अमेरिकाले अझै धारणा बनाउँन सकेको छैन । कुनै पनि अमेरिकी अधिकारीहरु यसबारे प्रस्ट रुपमा बताउँन चाहादैनन् सक्दैनन् । यसैले भिडियो बारे अहिले नै केहि भन्नु हतार हुन सक्छ । तर अमेरिका लादेनको मृत्यु भइसकेको पुष्टि गर्न चाहान्छ । लादेनको मृत्यु बारे अलिकति पनि शंका नराख्नका लागि उसले निकट भविष्यमा भिडियो सार्वजनिक गर्न सक्छ । तर त्यो बिशेष सतर्कताका साथ हुनेछ । मुख्य अंशहरु छाँटकाँट गरेको भिडियो निकट भविष्यमा हेर्न सकिने सम्भावना छ ।
4 comments:
But where is video?
म पनि हिजो निकै नै झुक्किएँ । मुर्ख भइयो जस्तो त हिजो नै लागेको थियो हो रैछ । धन्यवाद पानीफाटो
@santosh niroula
read the full story plz
better job
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।