जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

कान्तिपुरले यो ठिक गरेन

सबै तथ्यहरु समाचार बन्न सक्दैनन् । झट्ट सुनेको भरमा या प्रभावका भरमा समाचार प्रकाशित गर्दा कतिको प्रत्युत्पादक हुन सक्छ । यसको उदाहरण डा. भक्तमान श्रेष्ठको अपहरणको समाचार होस् या भर्खर मात्र चर्चामा आएको अनुजाको ९१ लाख काण्ड नै काफी छ, जुन हाम्रो अगाडि ऐना सरि उभिएको छ । यसले वास्तवमा प्रकाशकको विश्वसनियता घटाएको छ । हचुवाका भरमा समाचार सम्प्रेषण गर्दा यसले प्रत्रिकाको विश्वसनियता घटाउँने मात्र होइन, समाजमा समेत नकारात्मक असर पर्दछ । यसकारण समाचारले समाजमा पार्ने असर विचारेर मात्र समाचार सम्प्रेषण गर्नु पर्दछ । तर भर्खर मात्र अनुजा प्रकरणमा गल्ति गरेर माफी मागेको कान्तिपुरले पुन समाजलाई पछाडी धकेल्ने कुप्रथालाई प्रश्रय दिदै बैशाख २५ गतेको अंकमा कुनै सकारात्मक कदमको प्रशंसा गरे झै समाचार प्रकाशित गरेको छ । हेर्नुहोस् पुरा समाचार





दाइजो प्रथा नेपाली समाजको भयानक विकृतिको रुपमा रहेको छ । अझ तराइमुलका नागरिकहरुमा यो कुप्रथा अझ व्यापक र गहिरो छ । दाइजो थोरै ल्याएको वा नल्याएको भन्दै महिलाहरु मारिने क्रम जारी छ । यही दाइजो प्रथाका कारण कतिपय नारीहरुको जीवन नरकतुल्य बनाएको छ । तर यही प्रथालाई प्रश्रय मिल्ने गरि कान्तिपुर द्धैनिकमा आज बैशाख २५ गतेको अंकमा यस्तो समाचार प्रकाशित गरेको छ ।
Photobucket


समाचारमा संवाददाता अहिलेको विवाहमा जिन्सी उपहार लानु नपरेकोले खुब सजिलो भएको बताउँछन् । साथै उनले दाइजोमा सेयर दिनु निकै ठुलो कामका रुपमा प्रमाणित गर्न तथ्य प्रस्तुत गर्दछन् । 

वास्तवमा दाइजो प्रथा निर्मुल गर्न कानुनी रुपमा मात्र नभए सामाजिक रुपमा पनि निकै कामहरु भइरहेका छन् । दाइजो प्रथालाई कुप्रथाका रुपमा व्याख्या गर्न कुनै कानुनी धाराको वर्णन आवश्यक छैन । यसलाई हाम्रै घरसमाजमा हेरे पुग्छ । यो अमानविय प्रथालाई रोक्न सबै जागरुक हुनु पर्ने हो । तर त्यसको विपरित दाइजोका रुपमा जिन्सी सामान नदिएर अझ सेयर दिन उक्साउँने खालको समाचार कान्तिपुरमा प्रकाशित हुनु खेदपुर्ण छ । 


3 comments:

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

हचुवाको भरमा समाचारहरु प्रसारण गर्ने कान्तिपुरको पुरानो बानी हो । हामीलाई अन्धकारमा राख्छ, उसको धारणा सुनाउँछ समाचारमा सँधै । जम्मा जनआन्दोलनमा फाईदा भयो उसको झुटले । तर पनि त्यो झुट थियो । ५० मान्छे भेला भए ५००० भन्थ्यो अनि मात्र मान्छे भेला हुन्थे । माओवादीका बारेमा पनि निकै झुट बोलेको छ कान्तिपुरले ।

drona said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

but kantipur is the most popular newspaper in nepal. people trust it.

narbada pande said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

kantipur always show his dadagiri

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।