जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

विश्वविद्यालयमा अब आगो लाग्दैन कि !


त्रिभुवन विश्वविद्यालय अन्तगर्तका एम.ए. अंग्रेजी बिषयका विद्यार्थीहरुले केहि बर्ष अगाडी आफ्नै केन्द्रिय विभागमा आगो लगाए । आगो लगाउँनेहरुको आरोप थियो, भेदभाव र पुर्वाग्रहका कारण कसैलाई पनि नियतबश उचित अंक दिइएन । वास्तवमा, त्यो घटना नयाँ र नौलो भने पक्कै थिएन । प्राक्टिकलमा जात बिशेषमा नपरेको कारण अंक कम दिइयो वा व्यक्तिगत इवि साधियो भनेर क्याम्पस भित्र तोडफोडका घटनाहरु भने हरेक नतिजामा सामान्यतया हुने गर्दछन् । तर अंग्रेजी केन्द्रिय विभागमा भएको घटनाबाट भने यसले बिशलता कायम गर्न पुग्यो ।




त्रिचन्द्रमा एक विद्यार्थीको प्राप्ताकंको कथा पनि ताजै छ ।

यही बर्ष भौतिकशास्त्र अन्तगर्तको एम.एस्सी. प्रथम बर्षको क्वाण्टम बिषयको विवाद अझै कायम छ । स्मरण रहोस्, भौतिकशास्त्र अन्तगर्तको एम.एस्सी. प्रथम बर्षको क्वाण्टम बिषयमा केन्द्रिय विभाग भन्दा बाहिर एकदम कममात्र पास भएका थिए । र, पास हुनेहरुको पनि कमैको मात्र ४५ कटेको छ । अब कपि नै आफैले हेर्न पाउँने भएपछि सायद यस्तो घटना हुदैन ।

आग्रह र पुर्वाग्रहमा बहकिनु मानिसको प्राकृतिक स्वभाव हो । तर यही स्वभावको विवरण दिदै कसैको भविष्य माथि खेलवाड भइरहेको तथ्य हामी सबैलाई थाहा छ । हामी मध्ये कतिले यसको अनुभव पनि गरेका छौ । सर्वोच्चको यो फैसला पक्कै पनि विद्यार्थीको लागि निकै माने राख्ने फैसला हो ।




आफुसँग सुमुधुर सम्बन्ध भएको, नाता पर्ने या आफुसँग ट्यूसन पढ्ने विद्यार्थीलाई बढि नम्बर दिनेहरु बाँधिने छन् । त्यसो त, ए मैले त राम्रै गरेको थिएँ, कपि चेक गर्नेले डुबाएछ भनेर घरबाट सहानुभुति पाउँने विद्यार्थीका पनि दिन ढल्नेछन् अब । यसैले स्वच्छ कपि चेक हुनेमा अब धेरै हदसम्म ढुक्क हुन सकिन्छ । एउटा बिद्यार्थीको नातामा यसलाई हार्दिक स्वागत गर्नु पर्छ ।




3 comments:

अज्ञात said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मुख्य कुरा विश्वविद्यालयमा आगो लाग्छ या लाग्दैन भन्ने होइन । विद्यार्थीको भविष्यमा खेलवाड हुन्छ कि हुदैन । यो याद राख्नु पर्छ ।

bikas said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

त्रिचन्द्रमा एक विद्यार्थीको प्राप्ताकंको कथा पनि ताजै छ ।

rabin manandhar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

भौतिकशास्त्र अन्तगर्तको एम.एस्सी. प्रथम बर्षको क्वाण्टम बिषयमा केन्द्रिय विभाग भन्दा बाहिर एकदम कममात्र पास भएका थिए । र, पास हुनेहरुको पनि कमैको मात्र ४५ कटेको छ । अब कपि नै आफैले हेर्न पाउँने भएपछि सायद यस्तो घटना हुदैन ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।