जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

आम्मामा ! एकै महिनामा यत्रो बन्द !


Photobucket
अस्ति देखि बन्दको आवहान भएपनि बन्द हुदैन है मात्र भन्ने कसम नै खाएको छु । हेरौं कतिञ्जेल निभाउँन सक्छु । भन्नलाई त कसम भनेकै तोड्नका लागि हो भन्ने पनि उत्तिकै छन् । जति बिरोध गरेपनि आखिर बन्द बाहेक मगजमा केहि नभएकाहरुले बन्द गरेरै छाड्छन् । यीनैको मारमा परेका हामी बन्दमगजमाराहरु, बन्दमा आफैलाई बन्द गरेर बस्न बानी परेका छौं । अंग्रेजीको मे महिनामा मैले कतिपल्ट बन्द भयो भनेर रेकर्ड राखें । सूचि यति लामो भयो कि मलाई यो महिनाको अन्त्य पर्खिने इच्छा नै भएन । मात्र यति चाहना छ, कम्तिमा यो महिना चै बन्दको सूचि अब नबढोस् । तपाईलाई थाहा छ, यो महिनामा हामी कति पटक बन्द भयौं ? हेर्नुहोस् ।




मे महिनाको १ तारिखदेखि २४ तारिखसम्म ठुला बन्द यति भएः

Photobucket
अब त पात्रो पनि यही खालको बनाउँने बेला हुन लाग्यो ।


मे १ भरतपुर बन्द
मे २ भरतपुर बन्द
मे ४ मेचीमा यातायात बन्द
मे ५ मेचीमा यातायात बन्द
मे ६ मेचीमा यातायात बन्द र महेन्द्रनगर बन्द
मे १० उपत्यकामा यातायात बन्द
मे ११ गण्डकी, लुम्बिनी, धौलागिरि र बर्दिया बन्द
मे १२ तराई तथा कर्णाली, सुर्खेत र दैलेख बन्द
मे १३ नेपाल बन्द
मे १५ मेची राजमार्गमा यातायात बन्द, आदिवासी तथा क्षत्री समाजले १० विभिन्न शहर बन्द
मे १७ मेची, कोशी बन्द
मे २० लुम्बिनी, गण्डकी र धौलागिरि बन्द
मे २२ उपत्यका बन्द
मे २४ नेपाल बन्द
यी सबै बन्दको विवरण मैले विभिन्न समाचारका स्रोतबाट लिएको हुँ । समाचारमा नपरेका सानातिना बन्द त अझ कति भए होला ? तपाईलाई थाहा छ ? लेख्नुहोस् ।




6 comments:

Rabindra said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अचम्मै छ !

आकाश रेग्मी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

एकैदिनमा कति बन्द खप्टिएका होलान् । हिसाब गर्ने हो भने नेपालमा एकमहिनामा चार महिना जति बन्द हुन्छ ।

ललिता बिष्ट said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

घरमा लोग्नेले कुटेछ । श्रीमतीले सारा मानिसलाई गुहारिछिन् तर यीनीहरुको सँधै यस्तै हो भनेर कोही आएनन् । अनि रिसले चोकमा निस्किएर जताततै श्रीमतीले ढुगां हान्न थालिन् । चोकमा भएका सबै तीनवटा पसल बन्द भए, आधा घण्टा जति । कोही बोलेनने । खाली सबै हास्दै हेर्दै मात्र गरे । यो कुरा हाम्रो गाँउको हो ।

रमा उपाध्याय said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कुखुराको चल्ला डोकोले थिचेर मरेपनि मानिस बन्द गर्दै सडकमा आइपुग्छ । सरकार लुरुलुरु हेरेर बस्छ । यस्तो देशमा यति बन्द त सामान्य हो । धन्न महिनामा ३२ दिन भन्दा चै कहिले पनि बन्द भएको छैन ।

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सानातिना बन्द हिसाब गर्ने हो भने त कुन दिन पो खुलेको होला र पुरै नेपाल त ?

nepali said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

go to hell

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।