जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

साला ! नौटंकीलालहरु, नौटंकी देखाउँछन्

-लोकतान्त्रिक नेपाली-
कोनी के गरिसक्यो अनि दैलो देख्यो भने जस्तो नौटंकीहरु आजभोली कान्तिपुर शहरमा जताततै देख्न सकिन्छ । बर्ष दिन भरि कुम्भकर्ण निदाए जसरी निदाएका यी नौटंकीलालहरु बेला घर्किएपछि जुरुक्क उठेर आवाज बुलन्द बनाएको नाटक गर्नमा मस्त छन् । प्रस्ट थाहा हुन्छ, यीनीहरुको यो चेतना (?) संविधान बनोस् अथवा मुलुकले निकास पाओस् भन्ने भन्दा बढि अरु नै स्वार्थबाट प्रेरित भएका छन् । डलरको खेती पो हो कि ? यी नौटंकीलालहरुलाई थाहा छ, अब समय बितिसक्यो, जसैगरे पनि यो बर्ष अब संविधान बन्न सक्दैन । यसैले जनतामा आक्रोस र असन्तुष्टि अति नै धेरै छ । सहानुभुति बटुल्ने र चर्चामा आउँने यो भन्दा उत्तम समय बर्षभरि कुन चै थियो र ? अतः फेसबुक प्रयोगकर्ताको छद्म नामदेखि धमला क्लबसम्म संविधानका लागि विशेष सक्रियता देखाए झै नाटक गरिरहेछन् । के म्याद सकिन दुई हप्ता अगाडी देखि सडकमा प्लेकार्ड बोकेर चिच्याउँदा यही बर्ष संविधान जारी हुनसक्छ ? किन ल्याउँन सक्दैनन् एउटा स्पष्ट खाका ?




नेताहरुले पद र सत्तामा अभिसप्त भएर दुई बर्ष र त्यसपछि थपिएको एक बर्ष समय खेर फालेकै हुन् । जति भत्र्सना गरे पनि कम हुने स्थिती भएकै हो । तर यसमा दोष नेताहरुको मात्र पनि त होइन । हामी पनि त दोषी छौ । हामीले कहिले चै निष्पक्ष भएर संविधानको वकालत गरेका छौ र ? अहिले पनि माउ पार्टीले जे भन्यो त्यसकै लागि त वकालतमा व्यस्त छौ नि हामी । अहिले जति संविधानका बिषयमा एकबर्ष भित्र कति चासो देखायौं ?

संविधान समयमा बनेन । यो खेदजनककार्यको सुरुवात कहिले भयो हामी सबैलाई थाहा छ । हामी त्योबेला चुपचाप बसिरह्यौ । जब म्याद सकियो, अब कुनै हालतमा संविधान जारी हुन सक्दैन, भन्ने प्रस्ट भयो । हामी सडक भरि छरियौं । के गाली गरेर चै बन्छ संविधान ? के दुइ हप्ता अगाडी मात्र हो हामीले खबरदारी गर्ने ? अब संविधान समयमा जारी गर भनेर कराउँदा जेठ १४ मा जारी हुन्छ संविधान ? संविधान बनिसकेर यी नेताहरुले लुकाएका हुन् र, आजको भोली संविधान जारी गर्नलाई ?

तमाम् प्रश्नहरुले पक्कै पनि हामी अहिले जे कुरामा चिच्याउँदै छौ । त्यही कुरा माग्दैनन् । अहिले संविधान समयमा जारी गर भन्ने नारा लाउँने समय नै होइन । त्यो समय र त्यो नारा लगाउँने हक त तीन महिना अगाडी नै सकिसक्यो । नारा लगाउँने नै हो, र, देशमा संविधान छिटो चाहिने हो भने नारा लगाऔं कि संविधानसभाको म्याद थप भनेर या संविधानसभा विघटन गरि आयोगबाट संविधान देउ भनेर । संविधान समयमा जारी गर भनेको भरमा वर्तमान स्थितीको निकास सम्भव केहि गरे पनि सम्भव छैन ।



यसैले आफ्नो मगजको प्रयोग नै नगरि शक्ति खर्च गरेर गलत आवाजलाई बुलन्द नगरौं । यदि लोकतन्त्र मान्ने हो भने संविधानसभाबाट नै संविधान बन्नुपर्छ भन्ने कुरालाई बुलन्द पारौं । संविधानसभाको म्याद थप्न यो यो पुर्वाधार तयार पार भनेर बानेश्वरको संविधानसभा भवनको एउटा गेट अगाडी मात्र होइन । शहर र देश भरि नै धर्ना दिऔं । यसले मात्र निकास दिन सक्छ । व्यर्थमा समय गुज्रिसकेको औषधीको मार्केटीङ नगरौं ।

हामी लोकतन्त्रमा विश्वास गर्छो भने संविधानसभाको म्याद थपौं र, आफुलाई लोकतन्त्रको ठेकेदार सम्झिने तर लोकतन्त्रको सबैभन्दा उच्च संस्था संविधानसभा नै भंग गर्न चाहने नौटंकीलालहरुलाई देखाइदिऔं ।

5 comments:

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

its not only who have questions dude. dont make your assumptions. whekehi n you had such knowledge about constitution drafting why didnt you do anything about it in time??
timi raamro kaamko birodh yesari naramro bhasama garna khojne euta asavya Nepali hau.. ra aruko barema aafno adhuro gyaanko aadma niskarsa nikalne maha murkha hau..

facebook ma ahile Nepalunites ma matra 5500 bhanda badi supporter chan.. yeti article lekhepachi timro yo kasaile napadne blogsko free advertisement bhaihalchani hoina?? aru k huna saklara yeti sasto comments gariyeko articleko..
hasyaspad cha timro yo article..

ma timro yo article kina

mausam said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

i like अतः फेसबुक प्रयोगकर्ताको छद्म नामदेखि धमला क्लबसम्म संविधानका लागि विशेष सक्रियता देखाए झै नाटक गरिरहेछन् । के म्याद सकिन दुई हप्ता अगाडी देखि सडकमा प्लेकार्ड बोकेर चिच्याउँदा यही बर्ष संविधान जारी हुनसक्छ ?

खगेन दहाल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

warning bell lage pa6i copy khosne melo gareka holan?

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Good one dude, True fact written...Facebook campaign mutthibhar manche haru ko ek prakar ko nautanki matrai ho...garnu kehi 6ena time ma, aahile aayera unites re...pakkai yesma teska leader haru ko swartha cha.Uniharu le jati hoena bhanepani, herdai jau na time le sabai dekhaehalcha ni......

Suvash Joshi said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

thats very true,well said

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।