जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

हेदाहेर्दै संविधानसभा मर्न सक्छ


हाम्रो सपना संविधान यहाँबाट मात्र फुल्न सक्छ । यसलाई बचाऔं ।
अब चौबिस घण्टा पनि बाँकी छैन । तर दलहरु आफ्नै डम्फु आफ्नै तालमा ठोक्न मग्न छन् । संविधानसभा बिरोधीहरुको खुसी बढ्दो छ । आफुलाई लोकतान्त्रिक शक्ति भन्ने नेपाली कांग्रेस संविधानसभाको विघटन गर्नमा लागिपरेको छ । उसले भनिसक्यो, म्याद नथपिएपछिको अवश्थाको हल हामीसँग छ । तर जान्नुपर्ने कुरा यो छ कि लोकतन्त्रको सबैभन्दा उच्च संस्थाको विघटन पछि जुन तरलताको सृजना हुन्छ, त्यो कसैले आंकलन गरे बमोजिम नहुन सक्छ । संविधानसभाको विघटन आत्महत्या भन्दा बढि अरु केहि होइन । यसैले संविधानसभाको कार्यकाल थप गर्नु निर्विकल्प हो । यसका लागि नियमित प्रक्रियाबाट जान अब सम्भव छैन । अब राजनीतिक सहमती अपरिहार्य छ । तर सहमती झन् टाढिदो छ । अब यो तरिकाबाट मात्र संविधानसभाको म्याद थपिन सक्छ । नत्र हेर्दाहेर्दै संविधानसभा मर्न सक्छ ।




नियमित प्रक्रियाबाट संविधानसभाको म्याद थपिनलाई सदनमा संविधान संशोधन विधेयक ७२ घण्टा अगाडी नै दर्ता भइसकेको हुनुपर्छ । संविधानसभाको म्याद थप्न पहिले आन्तरिम संविधानलाई संशोधन गर्नु पर्छ । तर कांग्रेस लगायत दलको बिरोधको कारण सो विधेयक सरकारले सदनमा प्रस्तुत गर्न पाएन । अबको बाटो भनेको चोरबाटो हो ।

कसरी गर्न सकिन्छ चोरबाटोबाट म्याद थप ?
संविधान संशोधन विधेयकमाथि संशोधनका लागि ७२ घण्टा समय दिन् नियमावलीको व्यवस्था निलम्बन गरि एकै दिनमा धेरैवटा बैठक गर्न सकिन्छ । नियमावली निलम्बनका लागि  संसदको कुनै एक सदस्यले अर्को सदस्यको समर्थनमा प्रस्ताव पेस गर्न सक्छ । यस्तो प्रस्ताव बहुमतले पारित गरेमा गतबर्ष झै संविधानसभाको म्याद थपिन सक्छ ।

तर के यो सम्भव देखिन्छ ?



माथिका सम्पुर्ण प्रक्रियाहरु पुरा गर्न सहमती चाहिन्छ । तर पाँच दिनदेखि कांग्रेस लगायत प्रतिपक्षी सभासदहरु आफ्नो आसनमा उभिएपछि सदनको नियमित प्रक्रिया अघि बढेको छैन । कांग्रेसले आफुले उठाएको १० बुँदामा सहमती नभइ म्याद थप्नुको तुक छैन भन्ने रटान छोडेको छैन ।

संविधानसभाको म्याद थपको बिषयलाई अन्य राजनीतिक मुद्दामा साटो फेर्न प्रयोग भइरहेको छ । म्याद थप्नैको लागि सत्तारुढ दलले आफ्नो प्रस्ताव मानिहाल्छ भन्ने प्रतिपक्षीको सोचाइ र संविधानसभा जोगाउँन प्रतिपक्ष लचिलो हुन्छ भन्ने सत्तारुढ दलको सोचाइका बिचमा अड्किएको छ संविधानसभाको म्याद । स्थिती यस्तै रह्यो भने हेर्दाहेर्दै संविधानसभाको म्याद नथपिन सक्छ ।


3 comments:

विकल्प said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

थपिन्छ म्याद त जसरी भएपनि । यो त यीनीहरुको नाटक मात्र हो ।

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

घुर्की लगाएको क्या नथप्ने भनेर त । छदाखाँदाको जागिर कसैले छोड्छ ?

सीमा लामा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

संविधान यीनीहरुले कहिल्यै नबनाउँने भएपछि किन थप्नु परेको कुन्नी ?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।