जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

मनकामनामा परेवा छोड्न नपाईने, ठिक कि बेठिक

आजदेखि गोरखाको मनकामना मन्दिर परिसरमा परेवा छोड्न नपाईने भएको छ । भाकलका रुपमा पुजा गरेर छोडिएका परेवाहरुको लागि उचित व्यवश्था नभएको र त्यसबाट मन्दिर परिसरमा फोहोर बढेको भन्दै मन्दिर व्यवश्थापन समितिले यो महिना देखि कसैगरे पनि परेवा छोड्न नदिने भएको जनाएको छ । समितिले आजदेखि केबलकार चढ्नु अगाडी नै परेवा फर्काइदिन्छ । आश्थाकी देवी मनकामनामा हजारौ दर्शनार्थीहरु जाने गर्छन् । भाकल पुरा गर्नलाई परेवा छाड्नै पर्ने अधिकांश दर्शनार्थीहरुको सोचाई हुन्छ । र, भाकल अनुसार परेवा नछाडे भविष्यमा नराम्रो हुने धार्मिकहरु विश्वास गर्छन् । बलिप्रथाको बिरोध गर्नेहरु पनि परेवा छाड्न चाहान्छन् । सोझै धार्मिक आश्थासँग जोडिएको यो बिषय राम्रो हो या नराम्रो विवादहरु पक्कै उठ्छन् । तर विवाद गर्नु भन्दा पहिले यस्तो निर्णय किन भयो वास्तविकता हेरौं ।




धार्मिकहरु धार्मिक बिषयहरुमा परिवर्तन चाहादैनन् । यस्ता बिषयमा परिवर्तन भए देउता रिसाउँने अथवा दोष पर्ने या अस्तित्व हराउँने उनीहरुको मान्यता हुन्छ । यसैले धार्मिक विश्वासमा सानातिना कुराले पनि ठुलो अर्थ राख्छ । यस्तो किन हुन्छ ? या यो गरे वा नगरे के हुन्छ ? यस्ता प्रश्नहरुको वैज्ञानिक उत्तर धर्ममा पाइदैन । यस अर्थमा हेर्ने हो भने धर्मलाई स्वायत्तता दिनै पर्छ ।

मनकामना मन्दिरमा पहिले देखि नै भाकल पुरा गर्न परेवा चढाइने गरिएकै हो । केबलकारको स्थापना पछि मनकामना पुग्ने दर्शनार्थीको संख्यासँगै भाकलको संख्या पनि बढ्न थाल्यो । र, दैनिक रुपमा बढि भन्दा बढि परेवाहरु छोडिन थालियो । यसले गर्दा परेवाहरुको उचित व्यवश्थापन हुन सकेन । या गरिएन ।
Photobucket
मनकामनामा भाकल पछि छोडिएका परेवाको दुरावश्था । फोटो :गणेश

अहिलेको परेवाको स्थिती हेर्ने हो भने एकदम दयालाग्दो छ । म भर्खरै मनकामना पुग्दा मरेका परेवा र बिरामी परेवाहरु जताततै छरिएका थिए । तिनबाट उत्पन्न फोहोर र गन्ध निकै नराम्रो थियो । जसका कारण जो सुकैले पनि या परेवा छोड्ने कार्य बन्द गर्न या उचित व्यवश्थापन गर्न जरुरी रहेको ठान्दथे । यस्तो स्थितीमा परेवाप्रति केहि निर्णय आउँनु पक्कै पनि सकारात्मक हो ।
Photobucket
मनकामनामा भाकल पछि छोडिएका परेवाको दुरावश्था । फोटो :गणेश
तर धार्मिक आश्थामाथि हस्तक्षेप हुने डर पनि यसले उब्जाउँछ । भाकल पुरा नभए दोष पर्ने र यसबाट अहित हुने मानसिकताले अझ गहिरो चोट पु¥याउँने मात्र होइन । भाकल पुरा हुदैन भने किन मनकामना जाने ? भन्ने प्रश्न पनि उब्जाउँन सक्छ । यसबाट अन्तत्वगत्वा, मनकामनाको पर्यटनलाई घाटा पुग्ने निश्चित छ ।



अतः केहि समयलाई परेवा छोड्ने कार्य स्थगित गरेर सकेसम्म चाँडो उचित व्यवश्थापन (खास गरि खोरको व्यावश्था, आहार पर्याप्त हुन्छ ।) गर्नु जरुरी छ ।

committee of Manakamana Temple, Gorkha Nepal have changed some rules.

4 comments:

Bishal said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

nice manakaman dherai durty va ko theo so, space compact chha ne. manakama ma parewa chodne patha katne nai garnu parchha ra??

Stha Pramesh said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

Auta sano panchi (santi ko dut)ko lagi sahi ghar banauna nasakne le hamro desh ko kasri bikhash garla kasri desh ma santi layla
laaj laag6 hamro desh ko sarkar dekher

sanjip said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

story writing is very good but include the wrong information.manakamana gorkha ma par6 दिपध्वनी g? पोखर ma hoina.

आनन्दराम श्रेष्ठ said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मन्दिर सफा राख्नु भनेको धार्मिक आस्थालाई हनन गर्नु हो र ? मलाई त त्यस्तो लाग्दैन । बबुरा परेवा भाकलका नाममा मर्नलाई छाडिदिनु चै अधर्म हो । मनकामनामा यो नियम २०६५ देखि सुरु भएको हो । तर विभिन्न कारणले भर्खर मात्र कडाईका साथ लागु हुने भएको छ । यो सकारात्मक कदम हो । अब पक्कै पनि धार्मिक आस्थाका लागि केहि अन्य विकल्प सोचिनेछ ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।