जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

अलकायदाले भन्यो, "ओसामा बिन लादेन मारिएकै हुन्"


अन्तत: अलकायदाले अमेरिकाका राष्ट्रपति ओबामाले लादेन मारिएको खबर संसारलाई दिएको छैटौं दिन अलकायदाले ओसामा मारिएको पुष्टि गरेको छ । ओसामा मारिएको बारेमा संसारभर नै द्धिविधा रहेको थियो तर आज अलकायदाले यो द्धिविधा हटाएको छ । उसले यो पुष्टिसँगै अमेरिकीहरुको यो खुसी दुखमा परिवर्तन हुने चेतावनी पनि दिएको छ । अलकायदा सम्बद्ध एउटा साइटबाट उसले आफ्ना नेता मारिएको पुष्टि गरेको हो । त्यसमा बताए अनुसार दोस्रो वरियताका अल जवाहरीले अलकायदा प्रमुखको जिम्मेवारी लिन सक्नेछन् ।




यो समाचारको स्वतन्त्र पुष्टि हुन भने बाँकी नै छ । तर पनि यो सुचनालाई पहिले अलकायदाले आफ्नो सुचना जहाँ राख्थ्यो त्यही नै राखिएको छ । यसैले पनि यो पुष्टि आधिकारिक हुने सम्भावना अधिकतम छ ।

उसले भनेको छ, "आफ्ना जिहादी नेताको रगतलाई त्यसै खेर फाल्ने छैन । पहिले जसरी नै अमेरिका र उसका सहायकलाई निसाना बनाइने छ ।"



संसारभर लादेनको मृत्युको बारेमा द्धिविधा रहेपनि चाँडै नै लादेनको शवको तस्विर सार्वजनिक नगर्ने अमेरिकाले निर्णय गरेको थियो । यो तस्विरबाट अमेरिकीहरुलाई नै अफ्ठ्यारो पर्ने उसको धारणा छ । तर अब उसले लादेनको मृत्युको पुष्टि गर्न नै भनेर तस्विर सार्वजनिक गर्नु पर्ने छैन ।


2 comments:

अनिल श्रेष्ठ said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

भने पछि अब चै पक्का भएछ । नत्र त ओबामाको पनि के विश्वास । त्यो पनि पाखण्डी नै हो । कुरा सँधै शान्तिको गर्छ । काम चै मान्छे मार्ने मात्र । नोबेल प्राइजको चै बेइज्जत नै गर्यो ।

अबकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यी बौलाहाहरु हुन्

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।