जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

'प्रभावशाली' ओलीले 'प्रभाव' देखाइदिए


एमालेका केपी शर्मा ओलीलाई संकेत गर्दै सुरेन्द्र पाण्डेद्धारा दर्ता गराएको प्रस्ताव आज पाण्डेले आत्मालोचना सहित फिर्ता गरेका छन् । केपी ओली संविधानसभाको र पार्टी अधिवेशनको दुबै चुनावमा पछारिए पनि पार्टीभित्र र बाहिर एमालेका 'प्रभावशाली नेता' भनेर प्रचारित हुने गर्दछन् । उनले आज भने साच्चै आफ्नो 'प्रभाव' देखाइदिएका छन् । बैठकको सुरुवातमै पाण्डे र उनको प्रस्ताव माथि केपी ओली खनिए पछि पाण्डे निरिह भएर आत्मालोचना सहित प्रस्ताव फिर्ता लिन बाध्य भए । केपी ओलीले प्रस्ताव फिर्ता गराएपनि यसबाट एमाले भित्रको गुटबन्दी फस्टाउँन यसले मलजल गर्ने भने पक्का छ । प्रस्ताव दर्ता हुनु र फिर्ता हुनु बिचमा भएको घटनाक्रम यस्तो छ



के थियो प्रस्तावमा ?



पाण्डेको प्रस्तावमा पार्टीभित्र गुण्डा संस्कृतिलाई बढवा दिएको, अपराधीलाई संरक्षण दिएको, ठेक्कापट्टा कब्जा गरेको, भन्सार नाकाबाट तस्करी गराउने गरेको, अपहरणकारीलगायतका अपराधीहरुसँग मिलेर आर्थिक भागबण्डा गरेको र अदृश्य ढंगले स्रोत संकलन गरी पार्टी हितबिरुद्ध दुरुपयोग गरेर पार्टीको प्रतिष्ठालाई आघात पुर्याउने काम गरेका भन्दै  त्यसको अविलम्ब छानबिनको माग गरिएको थियो ।

मदन भण्डारी फाउन्डेशन, मदन भण्डारी स्पोर्टस् एकेडेमी, अरु विभिन्न नाममा समानान्तर गतिविधि गरेको, गुटगत भेलाहरु गरेको, अदृश्य स्थानबाट आर्थिकस्रोत प्राप्त गरी पार्टीबिरुद्ध गुटबन्दीको लागि प्रयोग गरेकोको पनि पाण्डेको प्रस्तावमा थियो ।

माओवादीको विरोध गर्ने नाममा पार्टीलाई कांग्रेसको पछिलल्गु बनाउने प्रयत्न गरेको र महाधिवेशनको फैसलाअनुसार पार्टीको सही क्रान्तिकारी कार्यदिशालाई कुल्चिदै पार्टीलाई दक्षिणपन्थी भासमा पुर्याएको आरोप थियो ।

पार्टी निर्णय, पद्धति र अनुशासन उल्लंघन गर्दै सडक र मिडियाबाट पार्टी अध्यक्ष र पार्टी नेतृत्वबिरुद्ध विषबमन गर्दै हिंडेको,  पार्टीको स्थापित पद्धति, परम्परा र विधानबिरुद्ध अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागेकाले अनुशासनको कारबाही गर्नुपर्ने माग पनि थियो । पार्टी कार्यक्रममा गुटगत गतिविधि गर्न विभिन्न जिल्लामा हेलिकप्टरबाट भ्रमण गरेको र विभिन्न विद्यालय, संघसंस्था, व्यक्ति आदिलाई आर्थिक सहयोग गराउँदै आएको, त्यस्तो खर्चको स्रोत पार्टीलाई कहिल्यै नदिएकोले तत्काल छानबिन गर्नुपर्ने माग पनि गरिएको थियो ।

जनआन्दोलनका बिरुद्ध उभिएको, गणतन्त्रबिरुद्ध राजतन्त्रको पक्षमा वकालत गरेको, गणतन्त्र स्थापना गर्नुलाई ठेलागाडामा चढेर अमेरिका जानुजस्तै हो भनेर उपहास गरेको आरोप पनि पाण्डेको प्रस्तावमा थियो । उनले आफूले पेश गरेका प्रस्तावमा  छलफल गरी  त्यस्ता गतिविधिमा संलग्नहरुलाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।

किन आयो पाण्डेको प्रस्ताव ?



संविधानसभाको म्याद थप्दा भएको सहमति अनुसार झलनाथ खनालले प्रधानमन्त्रीबाट राजिनामा दिनु पर्ने भन्दै छलफलका लागि अघिल्लो दिन ओलीले प्रस्ताव दर्ता गराएका थिए । त्यसैलाई काउण्टर दिनका झलनाथ पक्षका पाण्डेले सो ११ बूँदे प्रस्ताव दर्ता गराएका थिए । तर ओलीलाई काउण्टर दिन दर्ता गरिएको प्रस्ताव ओलीकै प्रभावका कारण लज्जास्पद रुपमा फिर्ता गर्न बाध्य भए ।

बैठकमा के भयो ?
रिसले रन्थनिँदै पार्टी कार्यालय पुगेका ओली बैठकको शुरुमै पाण्डेमाथि खनिए । उसै त ओलीको बोली, त्यसमाथि रीसले रातो र तातो भएको अनुहार पाण्डेमाथि खनिंदासम्म अरु सबै एकोहोरो भएर सुनिरहे । आफूलाई निकै अमर्यादित ढंगले लाञ्छना लगाएको भन्दै ओलीले निकै आक्रोश पोखे । ‘४०र५० वर्षको राजनीतिक जीवनमा सत्रुले पनि यस्तो आरोप लागाएन्’ ओलीले भने(’यो म माथिको मात्र हैन, सिङ्गो एमालेमाथिको प्रहार हो ।’

ओलीले लगातार पाण्डेको उछितो काडेपछि उनकै लाइनमा उभिएर भानुभत्त ढकाल, कर्णबहादुर थापा लगायतले पनि पाण्डेको आलोचना गरे । उनीहरुले ओलीविरुद्धको आरोप गम्भीर षड्यन्त्र भएको भन्दै कारवाहीको मागसमेत गरे । ओली र उनका सहयोगीहरु पड्कँदासम्म पाण्डे चूँ पनि बोलेनन् ।
पार्टी अध्यक्ष भलनाथ खनालले पनि व्यक्तिगत लाञ्छना र टीकाटिप्पणी गर्न नहुने भन्दै पाण्डेलाई नै दोषी देखाए । त्यसपछि निरीह भएर पाण्डेले आत्मालोचना गरे र प्रस्ताव फिर्ता लिए ।

तर फाईदै भयो संस्थापन पक्षलाई 
लज्जास्पद रुपमा फिर्ता लिनु परे पनि सो प्रस्तावका कारण संस्थापन पक्षलाई भने फाइदै भएको छ । सो प्रस्ताव पछि भएको बैठकमा अबको बैठकमा व्यक्तिगत लाञ्छनाका बारेमा छलफल नहुने निर्णय भएको छ । जसबाट झलनाथ माथि उठ्ने व्यक्तिगत सवालहरुबाट झलनाथले मुक्ति पाएका छन् ।


5 comments:

अखिलेश यादव said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

केपी ओलीको टाउकोमा सँधै इन्डियाको हात छ । त्यो भारतको दलाललाई कहाँ सजिलै तह लगाउँन सकिन्छ र ? त्यसलाई कम आँकेर झलनाथले यो कदम उठाउँनु गम्भिर भुल थियो । त्यसकै परिणाम हो यो ।

विकाश said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

विचरा पाण्डे बेकारमा बलिको बोको बनेँ ।

सन्देश मुरारी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

ओली जस्ता मान्छे नभए त जे पनि गर्न सक्छन् । धन्न ओली छन् र सबैलाई तह लगाएका छन् ।

सन्दिप मिश्र said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

वास्तवमा केपी ओलीको वितण्डाबाट एमालेमात्र होइन सम्पुर्ण देश नै प्रताडित छ । केपी ओलीलाई किन मान्छन् मानिसहरु ?
१. उनी सँधै असन्तुष्टको फौज बोकेर हिड्छन् ।
२. उनी माथि भारतको आशिर्वाद छ ।
३. उनी माओवादीको बिरोध गर्ने निहुँमा परिवर्तनको नै बिरोध गर्छन् । जसलाई अघि बढाउँन व्यक्तिवादीहरु उनको पछि लाग्छन् ।
४. उनको बोली कडा छ । पत्रकारहरु ओलीको बोलीलाई छाप्न आतुर हुन्छन् ।
५. मुख्य कुरा उनले पालेका डनहरुसँग सबै डराउँछन् ।
यस्ता धेरै कारण छन् । जसका कारण उनको प्रभाव डरलाग्दो छ ।

Bhim Joshi said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

yo ta rajniti ko raj nai ho yasma prabhab le k garnu yo yeuta khel ho jaha janta lai darshak banaye ka hun6n khelma darshak le majja lin6n testaye nepalbarbadh hudako khelma pani hami nepali le thapadita bajaune holani ...................................

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।