जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

सुडान घोटालाका 'भीआइपी' अभियुक्तहरुको लिस्ट

बहुचर्चित सुडान घोटालाकाण्डमा मुछिएका अभियुक्तको नामावली सहित 'भ्रष्टाचार भएकै हो' भन्ने निर्णयका साथ अख्तियारले विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ । राष्ट्रसंघीय शान्ति अभियानमा सुडानमा खटिएका प्रहरीका निम्ति करिब ५० करोड रुपैयाँको हतियार तथा उपकरण खरिद गर्दा ३४ करोडको घोटाला भएको अनुसन्धानले देखाएको छ । यो काण्डमा राजनीतिक व्यक्तिहरुलाई मुछ्ने कि नमुछ्ने भन्नेमा पटक पटक बैठक बस्दै र अनिर्णित हुदै आएको थियो । तर घटनामा प्रहरी तथा राजनीतिक 'भीआइपी'हरु मुछिएका भएपनि अख्तियारले अभियुक्तमा तत्कालिन गृहमन्त्रीको नाम राखेको छैन । यसबाट भ्रष्टाचारको जरा रहन दिएर हाँगामात्र छिमल्ने अख्तियारको नियत प्रस्ट भएको छ । चिन्नुहोस् सुडान घोटालाका भीआइपी अभियुक्तहरुलाई


कसरी भयो सुडान घोटाला ?
आम्र्स पर्सनल करिअर ९एपीसी० र पाटपुर्जा खरिद सम्बन्धमा ०६४ भदौ ६ मा बसेको प्रहरी कल्याण कोषको सञ्चालक समिति बैठकले अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको सीआईएफ मापदण्डअनुरूप खरिद गर्ने निर्णय गरेको थियो । तर तत्कालीन गृह मन्त्रालय र प्रहरी नेतृत्वले एफओबी मापदण्डमा सम्झौता गरेको तथ्य खुलेको हो । सीआईएफअन्तर्गत आयातकर्ताले तोकेको स्थानसम्मै सामान पुर्याउँदा हुने सबै प्रकारका जोखिमको जिम्मेवार ढुवानीकर्ता हुन्छ भने एफओबीअन्तर्गत सम्बन्धित मुलुकको भन्सारसम्म पुर्याइदिएपछि ढुवानीकर्ता जिम्मेवारी मुक्त हुन्छ ।



तत्कालीन अतिरिक्त महानिरीक्षक श्यामसिंह थापाको अध्यक्षतामा डीआईजी सुरेन्द्रबहादुर पाल, एसएसपी रमेशविक्रम शाह (हाल डीआईजी), एसपी रविप्रताप राणा (हाल एसएसपी) लगायत सदस्य रहेको सञ्चालक समितिले मापदण्डबाहेक पनि ढुवानीकर्तासामु थुप्रै सर्त राख्ने निर्णय गरेको थियो । त्यसविपरीत तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला र प्रहरी महानिरीक्षक ओमविक्रम राणाका पालामा ती सामग्री खरिदका लागि ठेकेदार शम्भु भारतीसँग सम्झौता भएको थियो ।

सो प्रकरणमा २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर यसअघि अख्तियारले गरेको  थियो ।

यस्ता छन् अख्तियारले भ्रष्टाचारमा मुद्दा चलाएका अभियुक्तहरु
पूर्व आइजीपीहरुस्
ओमबिक्रम राणा
हेमबहादुर गुरुङ
रमेश चन्द ठकुरी
एआइजीपीहरुस्
मदन खड्का
अर्जुनजंगबहादुर शाही
पूर्व एआइजीपीहरुस्
दीपक थाङ्देन,
श्यामसिंह थापा
दीपेन्द्र बहादुर बिष्ट
डीआइजीपीहरुस्
रमेशबिक्रम शाह
टोपेन्द्रध्वोज हमाल
पूर्व डीआइजीपीहरुस्
दीपक श्रेष्ठ
निरज पुन
सुरेन्द्र पाल
एसएसपीहरुस्
रविप्रताप राणा
श्यामबहादुर खड्का
शिव लामिछाने
अजितकुमार गुरुङ
रमेशकुमार पाण्डे
विजय लाल कायस्थ
पूर्व एसएसपीस्
नरेन्द्र खालिङ्
एसपीहरुस्
मनोज न्यौपाने
निरजबहादुर शाही
गुप्तबहादुर श्रेष्ठ
कृष्ण प्रसाद गुरागाई
सञ्जयसिंह बस्नेत
पिताम्वर अधिकारी
कामु एसपीस्
डा। रामकृष्ण राजभण्डारी
डिएसपीहरुस्
विद्याराज श्रेष्ठ
प्रकाश अधिकारी
दिनेश केसी
पूर्व डीएसपीस्
हरिरह श्रेष्ठ
इन्सेक्टरहरुस्
अर्जुनप्रसाद तिमिल्सिना
लालगोविन्द श्रेष्ठ
गिरीधारी शर्मा
ठेकेदारहरुस्
माइकल रिडर– असुरड रिस्क लण्डनका डाइरेक्टर
सम्भू भारती– भगवति ट्रेडर्सका प्रोप्राइटर

विवादरहित छ त अख्तियारको निर्णय ?
अख्तियारको यो निर्णय भ्रष्टाचारको हाँगा छिमल्ने किसिमले मात्र आएको प्रस्ट देखिन्छ । अख्तियारले एपीसी खरिदका बेला गृहमन्त्री रहेका कृष्ण सिटौला, त्यसपछिका बामदेव गौतम र भीम रावललाई भने छोएका छैन । साथै बिशेष अदालतले यसअघि नै मुद्दा दायर गर्दा नै अभियुक्तहरुलाई पक्राउ गरी ल्याउन भनेको भएपनि मंगलबार अभियुक्तहरुलाई पक्राउ नगरी मुद्दामात्र दायर गरेको छ ।



यसबाट अख्तियारको निर्णय पनि राजनीतिक शक्तिको आडमा प्रभावित भएको थाहा हुन्छ । आफ्नो मातहतमा रहेका कार्यालयबाट आधिकारिक रुपमा भएका काम कारवाहीको नैतिक जसअपजस उपल्लो पदमा हुने गर्दछ । यसैले तत्कालिन गृहमन्त्री कृष्ण सिटौला र त्यसपछिका गृहमन्त्रीहरुलाई पनि अनुसन्धान र कारवाहीको घेरामा ल्याउँनु पर्दछ ।

सँधै यस्तै हुन्छ । टाउकेहरु कुनै न कुनै बहानामा कानुनका उपधाराहरुसँग खेल्दै उन्मुक्ती पाउँछन् । यसैकारण भ्रष्टाचार मौलाउँदो छ ।

सुडान घोटला काण्डको बारे थप समाचारहरु

अख्तियारलाई राजनीतिक दबाब, फेरि पनि मुद्दा दर्ता भएन




5 comments:

Sagar Raj Kunwar said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो कस्तो अधुरो News राखेको मित्र, यहाँ मुख्य मतियार ३ भुत्पुर्ब मन्त्री अनी २ सचिबको नाम पनि राख्न नु पर्ने होइन र? के नेताले जे गरेपनी उनिहरुलाई छुट दिन्छ कानुन अनी अख्तियार्ले।

kedar jee said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अख्तियार त बुझेकै लौरो हो जो बाँदर को पुच्छर काटेर बनाएको:- ठडिनु पर्ने र घोच्नु पर्ने ठाउँ देख्नासाथ लथ्रक्का परिहाल्ने! बाँकी हामि पो नपुंशक त? जुत्ताको माला लगाएर देश निकाला गर्नु पर्ने अपराधीहरुलाई नेता मानेर फुलको माला छिराउन जाने! हामि जस्ता बबुरा र मुर्ख रैती भएको ठाउँमा चोरले पनि राज गरिहाल्छ नि/!!!!
किन अख्तियारको मुख ताक्ने?–अपराधि यहि हो भन्ने चिनेपछि त्येसैको घर घेरेर त्येसको बाउको बिहे देखाउन हामीलाई कसले रोकेको छ?भारतमा रामदेवलाई भाटा लगाउँदा यहाँ जुलुस निकाल्ने हामीहरु आफ्नै देशको यो स्तरको समस्यामा मजाले “हैबर्नेट”मा बसिदिन्छौँ! अनि कसको के पो लाग्छ र?रो, भैरे रो…………….मजाले रो……………घुंक..घुंक…सिंक सिंक………..

deepak said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अपराधी लाई कारवाही हुनु पर्छ तर प्रक्रिया निस्पक्ष हुनु पर्छ/ नेपालमा यत्रो भ्रस्टाचार काण्ड बिना राजनैतिक संग्लनता भयो होला भनेर पत्याउन सकिन्न/ त्यो बेला ती नेता र मन्त्रीका कुरा नमानेको भए त्यसैबेला जागीर जान्थ्यो, त्यसैले बाध्य पारियो होला/ अहिले आएर ती टाउकेहरु पानी माथिका ओभानो भए/ सर्पले सर्पको खुट्टा देख्छ भन्याजस्तै यी नेताहरु कसैको बिरुद्ध कोहि बोल्दैन अहिले/ अरुलाई आरोप लगायो भने फर्केर आफैं तिर फर्किने डरले तैं चुप मै चुप को रणनीति लिएका छन् यीनीहरुले/ अख्तियार पनि किन जान्थ्यो त्यति माथि सम्म? अहिले त यीनीहरुले कोहि पदाधिकारी नियुक्त पनि गरेका छैनन् र कर्मचारी बाट नै अख्तियार चलाउने प्रपन्च मिलाएका छन् जसलाई आफु खुसि चलाउन पाइयोस/ यसरि माथिका लाई पुरै छोडेर तलका लाई मात्रै मुद्दा पेश गरेर के गर्न खोजेको हो अख्तियार ले? यो देशलाई पुरै सखाप पार्ने यी त्यस्ता असक्षम, नैतिक हराम, मुलुक पिपाशु नेता भनाउदाहरु अनि त्यस्तालाई मुक्ति दिन खोज्ने अख्तियार का पदाधिकारी बिरुद्ध अब आम नेपाली एक भई घेर्ने दिन आयो/ सबै जना अब स्वत: स्फुर्त रुपले निस्कौं र त्यस्ताहरु को नींद हराम पारौं/ कि कसो हो दाजु भाई दिदी बहिनी हरि हो? अब सबैभन्दा पहिले नेपाली भएर निस्कौं कांग्रेस, एमाले, माओबादी, मधेसे भएर होइन/

Trilok Sharma said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

जब सम्म नेताहरुलाई कसैले छुन सक्दैन, तब सम्म नेताहरुलाई कसैले छुन सक्दैन|

अख्तियार नेताहरु भन्दा माथि हुनु पर्यो| अख्तियारको कर्मचारीलाइ नेता हरुले नियुक्त अनि सरुवा गर्न पाउनु भएन|| USA मा judicial, executive र legislative branch हरु छन् जसले एक अर्कालाइ check गर्छन| नेताहरुलाई कसले check गर्ने? अख्तियारको management पनि जनताले चुनेर पठाउने प्रावधान संबिधानमा राखे कसो होला?

Basanta Sharma, Meryland, USA said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

भ्रस्टाचार ,कमिशन ,चन्दा ,तस्करी ,आतंक ,अपराध ,अपहरण ,हत्या ,अराजकता ,अशान्तिका मूल आधार र कारण नेता हुन् \ जब सम्म हरेक पार्टीमा जरा गाडी बसेका यस्ता नेतालाइ उखेलेर फालिदैन तब सम्म हाँगा र पात छ्टानी गरेर मात्र पुग्दैन भन्ने यथार्थता आज सबैले बुझ्नु जरुरि भैसकेको छ \

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।