-इश्वर खनाल-
समूहमा विश्वास गर्नेले 'अब हामी केही त गरौं न' भन्ने गरेको पाइन्छ थेगो जस्तै । तर, समस्या एउटै सबैको के र कसरी गर्ने ? जब आफुले के गर्ने र आफ्नो योजनालाई कसरी समन्वय गर्ने भन्ने द्धिविधा आउँछ, आश्वासनको मात्र बाढी लाग्छ, तब सुरु हुन्छ 'कन्सल्टेन्सी'हरुको ढोका चहार्ने क्रम । अनि 'म केही गर्छु' भन्ने एउटा युवाशक्ति पलायन हुन्छ ।
'आज एउटा अन्तर्वाता दिन गएको, ठीक छ, हामी पछि कल गर्छौ भनेर फर्काइदियो यार,' एउटा साथीले चियाको चुस्किसँगै साथीभाइको जमघटमा सुनाउँछ । काम पाउँन पनि गार्हो छ यार, सोध्दै तपाईले पहिला कँही काम गर्नुभएको छ ? भनेर सोध्छन् । छैन भन्यो भने तपाईको तलबको अपेक्षा कति छ भन्छन् । ८/१० हजार भन्यो भने चै उनीहरु ५/६ हजारको कुरा गर्छन् । यत्रो पढेको साला ५ हजारको लागि हो ? उ आक्रोशपुर्ण प्रश्न साथीहरुसामु तेस्र्याउँछ ।
रत्नपार्क होस् या कुनै सभासम्मेलनमा, भेला भएका युवा, चोभार वा गोदावरीको डाँडामा भेटिने जोडी अथवा कुनै रेस्टुरेन्टमा चिसो पेयसँगै गफमा रमिरहेकाहरु । सोध्यो भने जवाफ फरक फरक । तेत्तिकै, कामै छैन, कलेज बन्द छ, टाइम पास गर्न, यस्तै यस्तै । तर चुरो कुरो एउटै छ समयको महत्व नबुझ्नु । पहिलो कुरो उनीहरु कहि संलग्न छैनन् वा अवसर पाएका छैनन् । दोस्रो कुरो हामी अवसर अरुले नै सृजना गरिदिओस् भन्ने हामी सोच्छौ । फेरि हामीसँग अनेक बहाना पनि छन् । ट्राफिक जाम थियो, बिर्सिए, फुर्सदै भएन आदि । हामी यस्तै बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पञ्छिन खोज्छौ पनि ।
प्रश्न त यही नै हो, यस्तो गैरजिम्मेवारीले अन्ततः घाटा कसलाई पुर्याउँछ ? फेरि हामी अरुलाई दोष लगाउँन पनि माहिर नै छौं । परिक्षा फेल भयौं भने भन्छौ पढाउँने राम्रो भएन । घरको फोहोर सडकमा फाल्छौ र भन्छौ नगरपालिकाले फोहोर उठाएन । सभासदले समयमा संविधान बनाएनन् भनेर त भन्छौ तर सबै सभासद आफैले पठाएका हौ भन्ने हामी सोच्दैनौं । गैर जिम्मेदार सभासद पठाउँने हाम्रो पनि दोष छ भनेर हामीले सायदै सोच्यौ ।
हामी ठुला नारासाथ कहिले बाग्मती र कहिले एयरपोर्ट सफा गर्न गइरहन्छौं । विशेष योजनाबिना गरिएको एकदिने कार्यक्रमले कुनै ठुलो परिवर्तन ल्याउँने पनि होइन । त्यस्ता कार्यक्रमा मिडिया र मन्त्री पनि पुग्ने नै भए । कार्यक्रममा मन्त्रीले बोलेको कुराले मिडियामा महत्व पाउँछ । र, सम्पुर्ण कार्यक्रमको उद्देष्य नै छाँयामा पर्छ । अर्को कुरा हामी आफु बसेको कोठा, घर, अफिस वा वरपरको चोक वा टोल चाँही कत्तिको सफा छ त ? तर हरेक कुराको सुरुवात त व्यक्तिबाट हुनुपर्छ भन्ने कुरा हामी कमै सोच्छौ । हामी शिक्षित त धेरै नै छौ तर सचेत कम छौ । परिवर्तनको ठुलो कुरा गर्दैगर्दा हामी स्वयं चाही कति परिवर्तन भयौं भन्ने कुरा हामीले मनन् गर्नु जरुरी छ । हाम्रो सोच, व्यवहार अनि दृष्टिकोण कमजोर छ । हामी सुन्न भन्दा धेरै बोल्छौ वा बोल्न मन पराउँछौ । तर, बोल्नु र सुन्नु त भात खानु र पकाउँनु जस्तै हो । जब हामीलाई खाना बनाउँन आउँदैन भने हामी कहिलेकाही भोकै रहने सम्भावना रहन्छ अर्थात दुख हुन्छ । त्यसैले हामीले बोल्ने प्राथमिकताभन्दा सुन्ने क्षमता बढाउँने हो कि ।
ट्राफिकलाई गाली गर्नुभन्दा जामबाट मुक्त हुन हामी आफैले ट्राफिक नियमको पालना गर्ने हो कि । काम सानो ठुलो हुन्न भनेर आफ्नो लागि कामको आफैले सृजना गर्ने हो कि । अरुको दोष नियाल्नु भन्दा आफैलाई नियाल्न र आफ्नो सामथ्र्य खोज्नु र चिन्न कसरत गर्ने हो कि ।
6 comments:
सुन्दा त राम्रै लाग्छ, भन्न त झन् कति सजिलो । आफ्नो लागि आफैले कामको सृजना गर्नु पर्छ । तर कामको सृजना भनेको के हो? कसरी हुन्छ त्यो ? तरकारी रोपौ बारीमा ? मल भनेको समयमा कसले दिन्छ ? बजार खोइ ? बजार भएपनि लाने बाटो खोइ ? साइबर खोलौ ? कतिवटा चल्लान् एउटा टोलमा ? काम खोज्नका लागि उद्योग हुनुपर्दैन ? हराको काम हो र ?
एउटाले भनेछ, मेरो फेसबुक छ, ट्विटर छ, अर्कुट छ । तेरो के छ ?
दोस्रोले भन्यो, मेरो काम छ ।
समग्रमा हामी फेसबुक भएका धेरै छौ ।
What can we do , If we dont have money and chineko manchhe?
mero pani din yasai gareera katchha, ma ke garau. ma sanga na paisa chha, na maile chineko kohi chha. sala saudi nai janu parne vo.
नेपाल , हाम्रो नेपाल
its very easy to tell and more than very hard to face. We are facing this.
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।