जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

लम्बिदैछ तानातान र हानाहानको श्रृंखला

यो तीर हानाहान कहिले रोकिने हो !
हो पनि, पार्टी जीवित रहन संघर्ष हुनै पर्छ । संघर्ष, विवाद र असहमति बिनाको पार्टी लोकतन्त्रको सुन्दरता हुन सक्दैन । तर पार्टीभित्रका विवादहरु वैचारिक भन्दा बढि जुंगाको लडाई हुन थालेको छ अहिले नेपाली राजनीतिक पार्टीहरुमा । विचारलाई समस्या नमानेर विचार बोक्नेलाई नै समस्या देख्ने आँखाहरु राजनीतिमा हावी भइरहेका छन् । हो मा हो मिलाउँने कार्यकर्ताको तानातान चलिरहेको छ भने फरक विचार बोक्नेमाथि हानाहानको श्रृखंला पनि त्यही अनुपातमा बढिरहेका छन् । आफ्नो साख जोगाउँन मात्र पस्किएका विचारमाथि लोकतन्त्र, शान्ति र सिद्धान्तको लेपन घसिदिनाले सुन्नेलाई पनि द्धिविधाग्रस्त बनाएको छ ।

यस्तै तानातान र हानाहानको श्रृंखलामा अर्को श्रृंखला थपिएको छ, जुन यस्तो छ


माओवादीका उपाध्यक्ष मोहन वैद्यले पार्टी अध्यक्ष माथि कार्यकर्ता भेला गरेर केहि यस्ता आरोपहरु लगाएका छन्




१. दर्शनमा सारसंग्रहवादी ।

२. राजनीतिमा मध्यपन्थी अवसरवादी हुँदै दक्षिणपन्थी सुधारवादतर्फ उन्मुख र राष्ट्रिय आत्मसमर्पणवादतर्फ उन्मुख देखिएको ।

३. प्रधान अन्तरविरोध भारतीय विस्तारवादको दलाल पुँजीपति वर्गसँग भनिए पनि व्यवहारमा त्यसको विल्कुल कार्यान्वयन नगरिएको ।

४. राष्ट्रिय स्वाधीनताको नारालाई आन्दोलनको मूल केन्द्रबिन्दु बनाउनुपर्नेमा व्यवहारमा त्यसलाई ओझेलमा पार्ने गरेको ।

५. संयुक्त मोर्चा(वामपन्थी, देशभक्त र गणतन्त्रवादीहरूसँग गर्ने भनिए पनि व्यवहारमा भारतीय विस्तारवाद परस्त र तिनका दलाल वर्गसँगको सहकार्यमा जोडिदिने गरेको ।



६. कार्यदिशा जनविद्रोह र कार्यनीति शान्ति र संविधान बनाए पनि शान्ति र संविधानलाई नै सम्पूर्ण रणनीतिक कार्यदिशा बनाउने गरेको ।

७. संविधान निर्माणमा जनताको संघीय गणतन्त्र भनिए पनि व्यवहारमा लोकतान्त्रिक गणतन्त्रतर्फ केन्द्रित हुने गरेको । फलतः समितिहरूमा बहुमत प्राप्त मतलाई फरक मतको रूपमा अनुसूचीमा राखी सहमति भएका विषयहरूको एकीकृत छोटो मस्यौदा संविधान तयार गर्ने प्रस्ताव गरिएको ।

८. जातीय स्वायत्ततासहितको संघीय प्रणाली भनिए पनि व्यवहारमा एकात्मक र केन्द्रीकृत प्रणालीमा जोड रहने गरेको । आत्मनिर्णयको अधिकार, अग्रअधिकार र महिला दलितहरूको विशेषाधिकार आदि सवालहरूमा उपेक्षा गर्ने गरेको ।

९. राज्यका अंगहरूमा उत्पीडित जाति, महिला, मधेसी, दलित आदिको समानुपातिक प्रतिनिधित्व भनिए पनि व्यवहारमा कहींकतै लागू नगरिएको ।

१०. सार्वभौम जनताको मान्यताअनुसार जनप्रतिनिधि सभालाई अधिकारसम्पन्न गराउनुको सट्टा बुर्जुवाहरूको शक्ति पृथकीकरणको सिद्धान्तअनुसार क्षेत्राधिकार बिनाको दुई सदन बनाई राष्ट्रिय सभा बनाउने, कार्यकारी प्रमुखलाई शक्तिशाली बनाउने, न्यायपालिकाको स्वतन्त्रताको दुहाई दिँदै न्याय क्षेत्रमा जनप्रतिनिधिहरूको सहभागितालाई न्यूनीकरण गर्ने प्रवृत्ति देखिन्छ । जसअनुसार न्यायाधीशहरूको नियुक्ति सिफारिसमा संघीय जनप्रतिनिधि सभाको समितिमा जोड दिनुपर्नेमा न्यायिक परिषद्, जस्तै( न्याय सेवा आयोग र जनप्रतिनिधिविहीन संवैधानिक अदालतको समर्थन गर्न पुगेको ।

११. खुला सिमाना र बाह्य जनसांख्यिक अतिक्रमण बढिरहेको स्थितिमा विदेशीहरूलाई अंगीकृत नेपाली नागरिकता वितरण गर्ने व्यवस्थालाई खुकुलो बनाइएको छ ।

१२.  राज्यको यथास्थितिवादी संरचनाहरूलाई पुनर्संरचना गर्दै लानुपर्नेमा पार्टीद्वारा प्रस्तावित राष्ट्रपति, मन्त्रिपरिषद्, संवैधानिक अंगका पदाधिकारीहरू र सर्वोच्च अदालतका न्यायाधीशहरूको पुनर्नियुक्ति सम्बन्धी संक्रमणकालीन व्यवस्था हटाइएको ।

१३. सेना समायोजनका लागि राष्ट्रिय सुरक्षा नीति, खुला सिमानाको नियन्त्रण र सीमा सुरक्षा बलको व्यवस्था बिना पीएलएलाई विशेष समितिको मातहतमा लानुका साथै रिगु्रपिङको नाममा क्यान्टोनमेन्टलाई खाली गराउने र निःशस्त्रीकरण गराउन खोजेको ।

१४.  जनवादी क्रान्तिको चरणमा राष्ट्रिय स्वाधीन कृषि(आद्यौगिक अर्थतन्त्रलाई जोड दिनुपर्नेमा विदेशी एकाधिकार बहुराष्ट्रिय कम्पनी र विदेशी लगानी तथा दलाल(नोकरशाही पुँजीको बढावा दिने प्रकृतिका विधेयकहरू( लगानी बोर्ड, विशेष आर्थिक क्षेत्र कार्यक्रम, विद्युत् ऐन, घरजग्गा ऐन आदि थुप्रै विधेयकहरू सरकारमा हुँदा ल्याएको ।

१५.  माथिल्लो कर्णाली र अरुण तेस्रो लगायतका निर्यातमुखी जलविद्युत् परियोजनाहरूमा भारतीय कम्पनीहरूको लगानीमा जोड दिएको ।

१६.  पार्टीको अन्तर्राष्ट्रिय भाइचारा सम्बन्धलाई निषेध गरेको र वर्ग दुस्मन(विशेषगरी भारतीय विस्तारवादी खुफिया एजेन्सीसँगको सम्बन्धमा जोड दिएको ।

१७.  संगठन/ आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति देखिएको, भिन्न मतलाई निषेध गरी शत्रुतापूर्ण बनाउने र भौतिक आक्रमण तथा कुटपिटमा उत्रनेजस्ता सामाजिक फाँसिवादी प्रवृत्तितर्फ उन्मुख देखिएको ।

१८. आर्थिक/ आर्थिक आचरणमा भ्रष्टीकरणतर्फ उन्मुख देखिएको । पद, पैसा र प्रतिष्ठाका लागि नैतिक(अनैतिक जे पनि गर्ने प्रवृत्ति देखिएको । आर्थिक हरहिसाब र आयव्यय कमिटी प्रणालीविहीन बनाएको र पूरै व्यक्तिवादी ढंगले पार्टीको स्रोत/साधनको दुरुपयोग गर्ने प्रवृत्ति बढेको ।


केहि समय अगाडी केपी ओलीले झलनाथलाई ताकेर केहि आरोपका प्रस्ताव बैठकमा छलफल गर्ने भन्दै दर्ता गराएका थिए । त्यसलाई काउण्टर दिन झलनाथपक्षका सुरेन्द्र पाण्डेले ओलीलाई ताक्दै अर्को प्रस्ताव पनि सोही बैठकमा दर्ता गराए । त्यही दिन केहिबेर ओली कुर्ले । अन्त्यमा, तै चुप मै चुप को स्थिती बन्यो ।

अब हेर्न बाँकी छ, आफुलाई ताकेर हानेको बाणको जवाफ प्रचण्डले कसरी दिन्छन् !

5 comments:

शीला शर्मा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

राजनीति भनेको फोहोरी खेल हो । जतिसुकै सफा र पवित्र मानिस त्यहाँ झिरे पनि त्यस्तै फोहोरी र स्वार्थी भएर निस्कन्छ । नेपालमा त यो झनै भयानक भएको छ । हाम्रो दुर्भाग्य हो सायद । हामीकहाँ एउटा पनि नेता भएनन् जो आफ्नो स्वार्थ भन्दा माथि उठ्न सकोस् ।

यही कारण नेपालको राजनीतिमा घिनलाग्दो तानातान र हानाहान देखिएको छ ।

अशित बिक said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मोहन बैद्यको प्रहार प्रचण्डले कसरी फर्काउलान् ? हेरौं न रमाइलो त हुन्छ ।

रामजनम यादव said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

साला सबै नेतालाई देशबाट तडिपार गर्नु पर्ने । अनि केहि हुन्छ कि ।

खगेन्द पाण्डे said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

अठार वटा भयानक प्रहार । यो त व्यवहारिक रुपमा पनि र नैतिक रुपमा पनि जटिल कुरा हो नि । कम्युनिस्ट पार्टीमा पनि के भाको यस्तो ?

राजिव रेग्मी said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यही तानातान र हानाहानले नेपाल कस्तो भइसक्यो । कहिले बुद्धि फिर्ने यीनीहरुको ?

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।