जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

सूचना पछि पनि रोकिएन जनता ठग्ने विज्ञापन


Photobucket

मानिसमा भएको सपना र धर्मप्रतिको आश्थालाई नगदीकरण गर्न धेरैजसो टिभी च्यानलबाट प्रसारण गरिन थाल्यो, धनलक्ष्मी योजना । धनलक्ष्मी योजना एउटा विज्ञापन हो, जसमा एउटा लकेट र केहि सामग्री किनेका भरमा रातारात करोडपति बन्ने लालसा बाडिन्छ । फर्जी मानिसहरु देखाएर प्रमाण प्रस्तुत गरिन्छ । सोझासाझाहरुलाई झुक्याउँन कुनै कसर बाँकी राखेको छैन, सो विज्ञापनमा । र, विज्ञापनका प्रस्तोताका रुपमा छन्, नाम चलेका कलाकारद्धय निखिल उप्रेती र उषा पौडेल । तर सञ्चालक नखुलेको भन्दै सो विज्ञापन हिजो देखि नै बन्द गर्न सञ्चारमन्त्रालयले सूचना जारी गरिसकेको छ । तर पनि इमेज, एभ्यूनिजलगायतका च्यानलहरुमा निर्वाध चलिरहेको छ विज्ञापन आजसम्म पनि । सरकारी आदेश तत्काल लागु हुनुपर्ने होइन र ? धनलक्ष्मी विज्ञापन ठगीको सम्पुण विवरण थाहा पाउँन भित्र आउँनुहोस्

करौडोको लगानी गरेर नेपाली तथा अन्य विदेशी च्यानलबाट प्रसारित सो विज्ञापनले कतिलाई ठग्यो, त्यसको अत्तोपत्तो छैन । सञ्चालक नखुलेको सो बेवारिसे विज्ञापन हिजो शुक्रबारदेखि नै सो विज्ञापन प्रसारण गर्न नगराउँन सञ्चारमन्त्रालयले सूचित गरे पनि आज पनि टिभी च्यानलहरुमा विज्ञापन देखिइरहेका छन् ।
Photobucket
ठगीको विज्ञापनमा निखिल उप्रेती र उषा पौडेल
प्रश्न उठ्छ, साना माग पुरा गर्न सञ्चारमन्त्रालयमा लाम लाग्ने च्यानलहरु सञ्चारमन्त्रालयको आदेश मान्न तयार छैनन् ? नागरिकलाई सचेत पार्न भनि खोलिएका च्यानलहरु के नैतिकता, कानुन भन्दा पनि माथि छन् ? किन बन्द भएका छैनन् ति विज्ञापनहरु ? सुचना प्रकाशित गरेको भरमा सकिन्छ सरकारको दायित्व ?

झुठ पर्दाफास हुन्छ नै । टिभी न्यूज २४ का प्रेम बानियाले प्रस्तुत गरेको झुठको पर्दाफास यस्तो छ ।





औसत नेपालीका रुपमा तपाईँलाई पनि धनी बन्न मन लागेको होला । र, रातारात करोडपति बन्न सकिने कुनै उपाय छ भने पक्कै त्यसको प्रयोग गर्नुहुन्छ होला। अथवा तपाईँको कुनै ब्यवसाय बिग्रिएको छ भने तपाईँ त्यसबाट तत्काल मालामाल बन्न चाहनुहुन्छ होला। धनी मान्छे बन्न चाहनुहुन्छ भने तपाईँहरुका लागि भनेर अचेल नेपालका टेलिभिजनहरुमा बजिरहेको एउटा विज्ञापन पनि हेर्नुहुन्छ होला झण्डै आधाघण्टा लामो। र, त्यसमा बोल्छन् 'नायक निखिल उप्रेती र नायिका उषा पौडेल।' उनीहरु भन्छन्, 'रातारात धनी बन्नुछ भने धनलक्ष्मी यन्त्र किन्नुस्।'
तर, हामीलाई कैले कैले त खुबै आश्चर्य र हाँसो लाग्छ कि, 'नेपालीलाई के ठानेर विज्ञापन बनाइन्छ ? बुद्धू मानिन्छ शायद हामीलाई। त्यस्तै विज्ञापन हो त्यो, जसमा हठात् विस्वास गरिहाल्छन् नेपालीले भनेर खुब प्रचार भइरहेको छ। तर हामी सचेत गराउँदै छौं तपाईँलाई झट्ट बिस्वास गरेर फँस्नुहोला फेरि।
र, त्यस्तो विज्ञापनको शीर्षक हामीले राखेका छौं धनलक्ष्मी लुटयन्त्र। जो बजिरहेको छ।
मान्छेलाई उल्लू बनाउनुको पनि हद हुन्छ नि। यसमा त हद नाघेर नेपालीलाई उल्लू बनाइएको छ।
नेपाली टेलिभिजनमा बज्ने सबैभन्दा लामो विज्ञापन। ३० मिनेट भन्दा लामो। यसमा मुख्य भूमिकामा देखिन्छन् दुई पात्र- निखिल उप्रेती र उषा पौडेल। उनीहरुले खेलेको यो विज्ञापनले भन्छ- पैसा कमाउनु छ भने कामधाम केही गर्नु पर्दैन, यन्त्र किन्नुस्, रातारात धनी भइन्छ।यसबाहेक अरु केही मान्छे पनि अनेक भेषमा देखिन्छन् यो विज्ञापनमा। कोही टिभी अभिनेता भएर, कोही गरिब तर धनी नामांकित भएर। शीला शर्मा, अनिल धवनदेखि विराटनगरका गोविन्द, नेपालगन्जकी जमुना आदि/आदि।यसको मूल उद्देश्य त्यो धनलक्ष्मी यन्त्रको ब्यापार गर्नु हो। र, यसलाइ विश्वासिलो बनाउन अनेक कोशिस भएको छ यो विज्ञापनमा।
सप्तऋषि संस्थानद्धारा उत्पादित भनिएको यो धनलक्ष्मी यन्त्रको विज्ञापन सुरु हुन्छ पैसाकै प्रसङ्गबाट र टुङ्गिन्छ पनि पैसाकै प्रसङगमा।
भारतमा सुटिङ गरिएको यो विज्ञापनमा उद्धृत नाम र पात्रहरु काल्पनिक पाइएको छ र यो विज्ञापनमा भनिएजस्तो कुनै एक मानिसको जीवनमा पनि भएको छैन। सिर्फ पैसा कमाउनका लागि अति झुठ विज्ञापनको खेती भइरहेको छ अचेल नेपालमा।
विज्ञापनले भन्छ, यो यन्त्र धारण गरेपछि १५ दिनमै करोडपति भइन्छ।
माता धनलक्ष्मीको यन्त्र राखेपछि फलिफाप भएको बताइन्छ। तर, यो एक अति झुठो प्रचार हो भन्ने हामीले पुष्टि गरेका छौं।
झुठ नम्बर १ - यो विज्ञापनमा नेपालको पूर्वी भाग विराटनगरदेखि वीरगन्ज र नेपालगन्जका व्यक्तिका नाममा पत्र आएको र त्यसले धनलक्ष्मी यन्त्रको कारण फलिफाप भएको प्रचार गरिएको छ। तर यी सब नाम काल्पनिक भएको पुष्टि भएको छ। किनकी हामीले तिनीहरुलाई खोज्ने प्रयास गरेका थियौँ। तर उनीहरु कोही फेला परेनन्। विज्ञापनमा भनिएका श्रीपुर वीरगन्जका रेष्टुरेन्ट व्यापारी विराजलाई हामीले वीरगन्जमा खोजेका थियौँ। तर, उनी कतै फेला परेनन्।
त्यसपछि अरु कसैले चिन्छ कि भनेर सर्वसाधारण नागरिकलाई पनि हाम्रो प्रश्न थियो। तर, उनीहरु कसैले चिनेनन् को हो त्यो विराज र उसको रेष्टुरेन्ट कहाँ छ भनेररु
झुठ नम्बर २ - यो विज्ञापनले भन्छ स् सप्तऋषि संस्थानको मुख्य कार्यालय वीरगञ्जको आदर्शनगरमा छ। तर, वीरगञ्जको आदर्शनगरमा हामीले चौतर्फी यसको कार्यालय खोज्यौं तर कहीँ छैन। उनीहरुले भनेको स्थानमा कुनै किसिमको कार्यालय छैन। आन्तरिक राजश्व कार्यालय वीरगञ्जमा आयात/निर्यात गर्न भनी मिति २०६७ साल साउनमा वीरगञ्ज–१३ आदर्शनगर ठेगाना भएका अजयकुमार तामाङको नाममा चान्द दिया ट्रेडिङ प्रा.लि. दर्ता भएको पाइन्छ। तर उल्लेखित ठेगानामा त्यस्तो कुनै कम्पनी अर्थात् कार्यालय पनि छैन, न त अजयकुमार तामाङ नै फेला परे।
झुठ नम्बर ३ - विज्ञापनमा भनियो 'टिभीको स्क्रिनमा देखिएको नम्बर ९८५५०२५०३२ मा फोन गरेर तुरुन्त अर्डर गर्नुस्। हामीले फोन गर्‍यौं' रमेश चौधरीले आफूलाई यसको प्रमुख बताए।
फेरि अर्को दिन त्यही नम्बर ९८५५०२५०३२ मा सम्पर्क गर्‍यौं। तर त्यस दिन त्यो मान्छे नै नभएको बताइयो।
यसपछि हामीलाई यो ब्यापारप्रति पूरै शंका लाग्यो। विज्ञापनमा नायक निखिल उप्रेती र नायिका उषा पौडेलले भनेका नामहरु सबै काल्पनिक हुनु, यसको कार्यालय नै नहुनु, सरकारी कुनै आधिकारिकता पनि नहुनु। एकदम शंकास्पद ब्यापार र झुठ ब्यापार।
५ हजार ७ सय ६० रुपैयाँमा किन्नुस् अनि करोडपति बन्नुस्। यस्तो पनि कहीँ हुन्छरु तर, यो विज्ञापन भन्छ तुरुन्तै धनलक्ष्मी यन्त्र किन्नुस् तपाई मालामाल हुनुहुन्छ। यदि तपाईँ पनि यो खरिद गरेर रातारात धनी बन्न चाहनु हुन्छ भन्ने एनसेलबाट डायल गर्नुस्, ९८०१०३१९९२, ९८०१०३१००१ र नेपाल टेलिकमबाट ९८५५०२५०३१, ९८५५०२५०३२ मा सम्पर्क गर्न सक्नु हुन्छ भन्छ यो विज्ञापनले। नेपाली चलचित्रका नायक निखिल उप्रेती र नायिका उषा पौडेलले खेलेका यो विज्ञापनमा अनेकौँ पटक धन प्राप्त गर्न धनलक्ष्मी यन्त्र छिटो किन्न अनुरोध गरिन्छ।
आधिकारिक विक्रेता कोही छैन तर यी मोबाइल नम्बरहरु ९८०१०३१९९२, ९८०१०३१००१, ९८५५०२५०३१, ९८५५०२५०३२ को भरमा निर्वाध झुठको खेती भइरहेको छ। र, यसका लागि छुट छ नेपालमा। न कहीँ दर्ता, न कतै कार्यालयरु न कोही प्रमुखको आधिकारिक उपस्थितिरु न भ्याट, न कर, तर मासिक करोडभन्दा बढी पैसा विज्ञापनमा खर्च गरेर मोबाइलको भरमा ब्यापाररु तर पनि खुब बिकेको छ र रातारात धनी बनिएला भनेर पैसा हालेर किनिरहेका छन् नेपाली। बडा गजब छ यो ब्यापार।
त्यसपछि रातारात धनी बनाउने त्यो धनलक्ष्मी यन्त्र किन्न मन लाग्यो हामीलाई पनि र हामीले अर्डर गर्‍यौं फोनबाट। एउटा गेष्ट हाउसमा गोप्य क्यामेरा सेट गरेर हामीले फोन गरेपछि धनलक्ष्मी यन्त्र बोकेर आए एक एजेन्ट। हामीले पूर्वतयारी स्वरुप जसले धनलक्ष्मी यन्त्र लिएर आउँछ, उसलाई गोप्य क्यामेराबाट खिच्ने व्यवस्था मिलाइसकेका थियौं। आइपुगे उनी। उनको नाम परिवर्तन नगरिकन निरज आचार्य।
उनले हामीलाई शुरुमा धनलक्ष्मी यन्त्रमा के के हुन्छ र त्यसलाई कसरी राख्नु पर्छ भन्ने सिकाए।
हामी चाहीँ यस व्यवसायको बारेमा जान्न खाजिरहेका थियौं। भन्यौ स् यो लगाएपछि रातारात कसरी धनी हुन्छ त मान्छे ? हामीले उनलाई प्रश्नमाथि प्रश्न गर्दै गएपछि उनी केही असिन पसिन हुँदै गए र प्रसङग जोडे विश्वासको।
उनका अनुसार नेपालमा धनलक्ष्मी यन्त्रको बिक्री हुन थालेको १ वर्ष पुग्न लाग्यो।
उनी त कमिसनका लागि काम गर्ने एक कर्मचारी रहेछन्। र, उनले कमिसनका लागि काम गरेको प्रष्ट स्वीकार गरे।
नेपालको कुनै पनि ठाउँमा आधिकारिक कार्यालय नै नभएको यसले राजश्व चुहावट त गरेको छ नै भूमिगत शैलीमा तुच्छ व्यापारलाई निरन्तता दिइरहेको रहेछ। हामीले यो अर्को झुठ थाहा पायौं उनीसँग। तर, हामीले यो धनलक्ष्मी यन्त्र किनेनौं, किन्नु पनि थिएन। बेक्कार।
अनि यस्तोसम्मको झुठ ब्यापार गर्नेबाट कति मानिस पीडित होलान् भनेर खोज्न थाल्यौं शहरमा। जसले रातारात धनी हुने कल्पना गरेर धनलक्ष्मी यन्त्र किनेका थिए।
कीर्तिपुर मच्छेगाउँ–१ घर भएकी सरु मानन्धरले पनि यो प्रयोग गरिन्। इलेक्ट्रिक पसल गर्दै आएकी उनले आपनो पसलमा समेत धनलक्ष्मी यन्त्र लगेर राखेकी छिन्। तर विज्ञापनमा भने जस्तो शान्ति हुनुको सट्टा ठीक उल्टो अवस्था देखियो। अहिले त उनको विश्वासको बन्धन नै टुटिसकेको छ। उनी भगवानलाई विश्वास गर्छिन् तर धनलक्ष्मीलाई विश्वास गर्दिनन्।
धनलक्ष्मी यन्त्रको प्रयोगबाट पीडित भएका सन्त मानन्धरले पनि लामो समय यस्को प्रयोग गरे तर अवस्थामा के परिवर्तन आयो ? सन्त मानन्धर दिक्क देखिए। धनलक्ष्मीका अर्का पीडित बुद्धरत्न श्रेष्ठ। उनले पनि यो लामो समय लगाए तर यसबाट केही फाइदा पाएनन्।
विज्ञापन देखेकै आधारमा धनलक्ष्मी खरिद गर्ने हुन् सुमन थापा। टेकुका व्यवसायी उनले पनि छ महिना यस्को प्रयोग गरे। तर केही भएन। हुनु नै के थियो र ? धनलक्ष्मीकै कारण शरीरमा एलर्जी भयो बरु। र, उनले फयाँकिदिए। अहिले उनलाई लागेको छ, यो त विज्ञापनको नाममा ठगी पो रहेछ।
कस्तोसम्म हुन्छ यो देशमा ? कति बेवकुफ छौं हामी ? अनि कति सजिलो ब्यापारको रणनीति बनाउँछ त्यो ब्यापारी ? टीभीमा अनेकथरि भनाएर, त्यो पनि नेपाली सिनेमाका नायकनायिकालाई राखेर, कस्तो उदेकलाग्दो समाजमा छौं हामी ? र, तिनीहरु, अर्थात् भनिने नायक, नायिकाहरु, निखिल उप्रेती र उषा पौडेल। बिचरा कस्तो गोटी भएका हुन्रु आफैमा अलिकति विवेक थियो भने तिनले भारतको नयाँ दिल्लीमा यो विज्ञापन सुटिङ गरिरहँदा सम्झिनुपर्थ्यो आफ्ना नेपालीहरुलाई। केही पैसा पाए, अनि त बोलिहाले धनलक्ष्मीयन्त्रले नेपालीलाई करोडपति बनाउँछ। लज्जा। अनि नेपाली मिडिया ? तपाईँ पैसा तिर्नुस्, जे पनि बजाउन सक्नुहुन्छ भनेको हैन त यो ? भएको त यही हो नि।
र, अब आम नेपाली यसप्रति सचेत हुनैपर्छ कि यो महाझुठको खेती हो। त्यसबाहेक नेपाल सरकारको पनि दायित्व हो कि नेपालमा यसरी गैरकानुनी रुपमा, भूमिगत शैलीबाट जनतालाई खुलेआम ठग्नेहरुको जरो पत्ता लगाएर तिनलाई कारबाही हुनुपर्छ।

प्रेम बानियाँ न्युज २४ टिभीका प्रस्तोता हुन्। उनले यससम्बन्धी कार्यक्रम आफ्नो पावरन्युजमा बजाएका थिए। त्यो कार्यक्रमको भिडियो हेर्नुस्-








सबैले आफ्नो कर्तव्य बिर्से पनि आफुलाई आफैले जोगाऔं । रातारात धनि हुने प्रलोभनमा नफसौं ।


11 comments:

कैलाश लिम्बु said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

पत्रकारहरु स्वतन्त्र हुन्छन् र, हुनुपर्छ । पत्रकारिताको व्यवसायीकता छ । जसलाई पत्रकारहरु आफैले तय गर्छन् । सरकारले पत्रकारमाथि ठाडो हस्तक्षेप गरेको छ । विज्ञापन बजाउँन पाउँनु पर्छ । यो त पत्रकारको कमाउँन पाउँने अधिकारको हनन् भयो । मानिसहरु मुर्ख भएर आफै किन्न जान्छन् त के भयो ? मानिसहरु डुब्छन् भनेर विज्ञापन नै गर्न बन्द गर्नु ? बरु सरकारले यस्ता विज्ञापनबाट बँच्न चेतना फैलाउँने किसिमका महगां सन्देश हरु दिनु पर्छ ।

आशा वाग्ले said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

सरकारले यस्ता अटेरी मिडियाहाउसहरुलाई बन्द गर्नु पर्छ । नत्र अलिकति केहि हुने बित्तिकै चै सरकारको दैलोमा के के न भए जस्तो गर्दै पुग्ने जायज आदेश नमान्ने ? यो त पितपत्रकारिता होइन र ?

भवानी निरौला said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो विज्ञापन नेपाली च्यानलबाट मात्र बज्ने होइन, भारतिय च्यानलहरुमा पनि बज्छ र, त्यसको तल्लो भागमा नेपालमा सम्पर्कका लागि पनि नम्बर छाडिन्छ । यस्ता उत्पादकहरुलाइ कारवाही गर्न मिल्दैन ?

रविन्द्र दाहाल said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो पैसाको खेल हो सबै । जुन च्यानललाई विज्ञापन दिइदैन, तिनीहरुले यस्ता हल्ला फैलाउँछन् । तर यसपाली चै तिर निशानामै लागेको छ ।

govinda dhital said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

How people believe them ? We should be aware about all these nonsense think.

मौसम बजगाइँ said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

न्यूज २४ र यसका सम्पुर्ण खोजकर्तालाई सलाम । नत्र पहिले पनि चाउचाउका विज्ञापनमा यति र उति जिते भनेर वाहियात हल्ला फैलाएकै हुन् । तर त्यती खेर सबैले पैसाका लागि मुख बन्द गरेका थिए । अहिले कोकाकोलाले पनि यसरी नै ठक्दैछ । तर त्यती ठुलो कम्पनीसँग कसले टक्कर लिने ? त्यसैले सबै मुर्गा हुन बाध्य छन् ।

शितल गुप्ता said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

मान्छेहरु कति भाग्यवादी हुने है । यस्ता मुला कुरा के पत्याउँनु ? पैसा हुनेले बगाए, मलाई चै केहि लाग्दैन । गरिबले त कहाँबाट ल्याउँनु त्यत्रो रकम ।

सन्दिप क्षेत्री said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

कुनै दिन देउतालाई प्रत्यक्ष भेट्न यति रुपैया लिएर आउँनुहोस् । ब्रम्हालाई भेट्न यति, बिष्णुलाई भेट्न यति, शिवलाई यति भन्दै विज्ञापन बजाउँछन् । र, मानिसहरु गच्छे अनुसार देउता भेट्न टिकट काटेर जान्छन् । थुक्क मुर्खहरु ।

गौरव said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

छिटो पैसा कमाउँनेहरु कुनै न कुनै दिन फस्छन्, फस्छन् ।

आदि शर्मा said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यस्ता टिभी च्यानलहरुलाई कारवाही गर्नु पर्नेमा सरकार किन चुप छ ?

Anonymous said... Best Blogger Tips[जवाफ फर्काउनुहोस्]Best Blogger Templates

यो उत्पादन गर्ने विज्ञापन बनाउँने, खेल्ने र विज्ञापन बजाउँने सबै कारवाहीका हकदार हुन् । पैसाको लोभमा जानीजानी मानिसलाई ठग्ने हो ? मेरी हजुरआमा पनि तँ किनेर लगा भन्नुहुदैथ्यो । मैले सम्झाए । तर देउतामा आश्था राख्ने कति सोधासिधा फसे होलान् ।

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post.
तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।